Sajhamanch Archive

बिर्तामोड नगरपालिकामा बालक्लब गठन, प्रशिक्षण कार्यक्रम शुरु

Published: (Updated: ) in शिक्षा, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकामा बालक्लब गठन, प्रशिक्षण कार्यक्रम शुरु.

झापा । बिर्तामोड नगरपालिका भित्र संचालित विद्यालयमा बालक्लब गठन तथा प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । नगरपालिका भित्र संचालित ७५ वटा सामुदायिक र संस्थागत विद्यालयमा बालबालिका लाई नेतृत्व स्थानीय गराउने उदेश्यले क्लब गठन गरिएको नगर शिक्षा प्रमुख तिलचन भण्डारीले बताए । नगरपालिका र बालबालिका तथा शिक्षा संञ्चार मञ्च नेपालको सहकार्यमा बिर्तामोड २ स्थित वीर अमरसिंह […]

इटहरीका सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्तिको व्यवस्था

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on इटहरीका सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्तिको व्यवस्था.

सुनसरी । इटहरीमा लैङ्गिक हिंसा न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाउन सबै सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्तिको व्यवस्था गरिएको छ । प्रत्येक विद्यालयका शिक्षकहरुमध्ये एक जनालाई लैङ्गिक सम्पर्क व्यक्ति तोकिएको हो । इटहरीका ३६ वटा सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्ति रहेका छन् । उनीहरुले विद्यालय तथा आसपासको समुदायसँग जोडिएका लैङ्गिक हिंसाका घटनालाई कानुनी दायरामा ल्याउन भूमिका […]

प्रधानमन्त्री ओलीद्वारा प्रदेश गौरव भिलेजको चावी हस्तान्तरण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on प्रधानमन्त्री ओलीद्वारा प्रदेश गौरव भिलेजको चावी हस्तान्तरण.

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड ७ मा नवनिर्मित प्रदेश गौरव भिलेजका बसोबासीलाई आज घरको चावी हस्तान्तरण गरेका छन् । सन्थाल समुदायका लागि बसोबास गर्न विभिन्न दाताहरुले प्रदान गरेको जमिनमा ३७ वटा घर बनाएर आज हस्तान्तरण गरिएको हो । सो टोल विकास समितिका पदाधिकारीहरुलाई एकमुष्ठ चावी प्रदान गरिएको हो । सिमान्तकृत समुदायका बसोबासीलाई चावी […]

शिवसताक्षी मेयर कपः ट्राइवेकरमा वडा नं. ९ लाई हराउँदै ७ विजयी

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी मेयर कपः ट्राइवेकरमा वडा नं. ९ लाई हराउँदै ७ विजयी.

शिवसताक्षी । शिवसताक्षीमा आजबाट सञ्चालित मेयर कपको उद्घाटन खेल वडा नं. ७ ले जितेको छ । वडा नं. ९ लाई ट्राइबेकरमा ४– ३ गोल अन्तरले हराउँदै वडा नं. ७ विजयी भएको हो । निर्धारित समयमा दुवै पक्षबाट गोल बराबरी भएपछि खेल ट्राइबेकरमा धकेल्किएको थियो । पहिलो हाफ कुनै पनि गोल हुन सकेन । खेलको दोस्रो […]

काठमाडौं महानगरपालिका कार्यालय अगाडि नागरिक आन्दोलनको धर्ना

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on काठमाडौं महानगरपालिका कार्यालय अगाडि नागरिक आन्दोलनको धर्ना.

काठमाडौं । विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् । बृहत नागरिक आन्दोलनको अगुवाइमा सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि आज धर्ना दिइएको हो । धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरु पनि सहभागी थिए । धर्नामा बसेकाहरुले ‘नागरिकलाई सडक छाप बनाउने कस्तो नीति […]

आर्मीलाई हराउँदै जलथल एफसी फाइनल प्रवेश

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on आर्मीलाई हराउँदै जलथल एफसी फाइनल प्रवेश.

झापा । झापा गाउँपालिकाको मदरगाछस्थित जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा जलथल एफसी प्रवेश गरेको छ । आज शनिवार भएको खेलमा जलथलले श्रीनयाँ नाथ गण चारआलीलाई पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । समूह बि अन्तरगत सेमीफाइनलको खेलमा ब्रदर्स युनाइटेड चन्द्रगढी र रेडस्टार बिर्तामोडबीच भोलि आइतबार हुने खेलका विजयीसँग […]

शिवसताक्षीमा चार वडा कार्यालय भवन निर्माणको चरणमा

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on शिवसताक्षीमा चार वडा कार्यालय भवन निर्माणको चरणमा.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा चार वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेका छन् । नगरको वडा नं. १, ३, ५ र ६ नं. वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको हो । प्रदेश सरकार र स्थानीयतहको बजेटबाट वडा कार्यालय भवनहरु धमाधम निर्माण भैरहेका छन् । भाडाको घरमा वडा कार्यालयको काम गर्दै आएपनि कोठाहरुको अभाव […]

उपमहानगरपालिकाको आठौं नगरसभा सुरु

Published: in समाज, स्थानीय तह by . Leave a Comment on उपमहानगरपालिकाको आठौं नगरसभा सुरु.

इटहरी । इटहरी उपमहानगरको आठौं नगरसभा सुरु भएको छ । नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख द्वारिकलाल चौधरीले कोभिड १९का कारण पुरक वजेट ल्याउन वाध्य हुनु परेको बताएका छन् । उनले सातौं नगरसभाले स्वीकृत गरेको वजेट नीति तथा कार्यक्रमलाई कार्यावन्यन गर्ने क्रममा कोभिड १९ का कारण राजश्वमा परेको प्रभावले स्वीकृत योजना तथा कार्यक्रम प्रभाव परेको बताए । […]

बुद्धशान्तिमा ४१ हजारलाई हात्तीपाइलेको औषधी खुवाइने

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बुद्धशान्तिमा ४१ हजारलाई हात्तीपाइलेको औषधी खुवाइने.

बुद्धशान्ति । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिकाले ४१ हजारभन्दा बढीलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने भएको छ । यही फागुन २९ गते शनिबारदेखि हात्तीपाइले रोग विरुद्धको औषधी र जुकाको औषधी एकसाथ खुवाउने कार्यक्रम तय भएको हो । गाउँपालिकाका पदाधिकारी, महिला स्वयंम्सेविका, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई अभिमुखीकरण गरी औषधी खुवाउने तयारी भएको गाउँपालिका […]

पथरिया माविका विद्यार्थीलाई कर्णाली र आरएमडिसिको ब्याग

Published: in मुख्य समाचार, शिक्षा, सहकारी, स्थानीय तह by . Leave a Comment on पथरिया माविका विद्यार्थीलाई कर्णाली र आरएमडिसिको ब्याग.

कचनकवल । कर्णाली बचत तथा ऋण सहकारी संस्था र आरएमडिसि लघुवित्त वित्तीय संस्थाले करिब ४५० विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । आज बुधबार कचनकवल गाउँपालिकाको पथरिया माध्यमिक विद्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा त्यहाँका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो । सो विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका ४५० जना विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरिएको […]