Sajhamanch Archive

शिवसताक्षी नगरपालिकाद्वारा १ अर्ब १ करोड बढीको बजेट सार्वजनिक, कृषि र स्वास्थ्यलाई प्राथमिकता

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकाद्वारा १ अर्ब १ करोड बढीको बजेट सार्वजनिक, कृषि र स्वास्थ्यलाई प्राथमिकता.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आर्थिक बर्ष २०७७।७८ का लागी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार छैटौ नगरसभामा १ अर्ब १ करोड ७५ लाख ६५ हजारको बजेट सार्वजनिक गरेको हो । नगरले कृषि स्वास्थ्य क्षेत्रलाई प्राथमिक्तामा राख्दै आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नगरपालिकाको कार्यालय ब्याङ्डाँडामा आयोजित नगरसभामा उपप्रमुख भोजकुमारी […]

बिर्तामोडको बजेट एक अर्ब १५ करोड ४ लाख ८८ हजार

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on बिर्तामोडको बजेट एक अर्ब १५ करोड ४ लाख ८८ हजार.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को बजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख पबित्रा महतरा प्रसाईंले पाचौं नगरसभामा आज एक अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँको अनुमानित आय व्ययको बजेट सार्वजनिक गरेकी हुन् । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा सुरु भएको पाँचौं नगरसभामा शिक्षा, स्वास्थ, कृषि तथा मेयर पकेट […]

झापाको शिवसताक्षीमा थपिए कोरोना संक्रमित

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापाको शिवसताक्षीमा थपिए कोरोना संक्रमित.

शिवसताक्षी । यहाँस्थित झर्ना प्राविको क्वारेन्टिनमा राखिएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । असार ८ गते भारतको चेन्नईबाट नेपाल आएका ४१ वर्षीय ती पुरुषको सोही दिन स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको थियो । ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टिनबाट उपचारका लागि अस्पताल÷आइसोलेसनमा लैजाने कुरा भइरहेपनि समाचार तयार […]

विर्तामोडमा पनि भेटियो कोरोना

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on विर्तामोडमा पनि भेटियो कोरोना.

विर्तामोड । झापाको बिर्तामोडका दुई जना युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बिर्तामोड ५ का ३६ वर्षीय र ७ का ४६ वर्षीय पुरुष रहेका प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाले पुष्ठि गरेको हो। उनीहरुको असार ७ गरे नमुना संकलन गरिएको सामाजिक बिकास मन्त्रालय प्रदेश १ ले जनाएको छ । यसबारे स्वास्थ्य मन्त्रालयले […]

कनकाई नगरक्षेत्र आजदेखि ७ दिन सिल

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कनकाई नगरक्षेत्र आजदेखि ७ दिन सिल.

कनकाई । कोरोना भाइरस संक्रमण देखिएका एकजनाको समुदायमा पनि सम्पर्क देखिएकाले आजदेखि कनकाई नगरपालिका सील गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले संक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङ गर्नुपर्ने भएकाले जोखिम व्यवस्थापनका लागि सात दिनका लागि नगरक्षेत्र बन्द गर्ने निर्णय गरिएको बताए । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी असार १३ गतेसम्म बजार कलकारखाना र सम्पूर्ण […]

सडक स्तरीकरणको कामको गुणस्तरमाथि प्रश्न उठ्यो

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on सडक स्तरीकरणको कामको गुणस्तरमाथि प्रश्न उठ्यो.

भद्रपुर । सघन सहरी विकास योजना अन्र्तगत भद्रपुर नगरपालिका क्षेत्रमा निर्माण भइरहेका सडक स्तरीकरणका कामको गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ । पहिलो, दोश्रो र तेस्रो चरण गरी तीन खण्डमा भइरहेका अधिकाम्स सडक स्तरीकरणका काम निर्माण ठेकेदार कम्पनीले कन्ट्राक्ट ठेकेदारका भरमा जिम्मा लगाउँदा निर्माण गुणस्तरमाथि प्रश्न उठेको हो । निर्माण सम्पन्न भएका सडकका नाली चर्कने, ग्राभेलिङ […]

कमल गाउँपालिकामा ३४ जनाको पिसिआर परिक्षणका लागी नमुना संकलन

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकामा ३४ जनाको पिसिआर परिक्षणका लागी नमुना संकलन.

कमल । झापाको कमल गाउँपालिका वडा नं.३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका नागरिकको आज पिसिआर परिक्षणका लागी नमुना संकलन (स्वाव) गरिएको छ । भारत लगायत बंगलादेश, मालदिप्स, कुवेत र मलेशियाबाट आएर क्वारेन्टाईनमा बसेका २८ जना र क्वारेन्टाईन सुरक्षामा खटिने ६ जना सुरक्षाकर्मी लगायत जम्मा ३४ जनाको स्वाव संकलन गरिएको र परिक्षणका लागी विराटनगर […]

नीति कार्यक्रम र बजेटमा के राखौं ? सहकारीकर्मीसँग बिनपाको छलफल

Published: in सहकारी, स्थानीय तह by . Leave a Comment on नीति कार्यक्रम र बजेटमा के राखौं ? सहकारीकर्मीसँग बिनपाको छलफल.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपूर्व नगरका सहकारी प्रतिनिधिसँग छलफल गरेको छ । आइतवार कार्यालयमा बोलाएर नगरपालिकाले झापा जिल्ला सहकारी सङ्घसहित अगुवा सहकारीकर्मीसँग छलफल गरेको हो । सहकारी अभियानलाई उत्पादनसँग जोड्दै साझेदारी गर्ने सम्बन्धमा नगरपालिकाले बजेट ल्याउनु पूर्व छलफल गरेको उपप्रमुख पवित्रा महतराले बताइन् । ‘सहकारी र नगरपालिकाबीच साझेदारी कार्यक्रम सञ्चालन गरेर […]

सांसद राईद्वारा आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित योजनाको अनुगमन

Published: in प्रदेश तह, स्थानीय तह by . Leave a Comment on सांसद राईद्वारा आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित योजनाको अनुगमन.

कमल । झापा निर्वाचन क्षेत्र नं. ५ (१) का प्रदेश सांसद अर्जुन राईले कमल गाउँपालिकामा सञ्चालिन विभिन्न योजनाको आज अनुगमन गरेका छन् । प्रदेश निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रम र प्रदेश निर्वाचन क्षेत्र विकास कोषबाट आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालनमा रहेका योजना अनुगमन गरिएको हो । अनुगमन गरिएका योजनाहरुमा समाधिस्थल जाने बाटोको ५० लाख रुपैयाँको लागतमा […]

बिर्तामोड १ मा एक कारेडका योजना पास

Published: in स्थानीय तह by . Leave a Comment on बिर्तामोड १ मा एक कारेडका योजना पास.

बिर्तामोड । बिर्तामोड नगरपालिकाको वडा नम्बर १ ले एक करोड रुपैयाँको योजना पारित गर्दै वडासभा सम्पन्न गरेको छ । आइतबार वडा कार्यालयमा भएको सभामा भौतिक पूर्वाधारतर्फ ९० लाख र प्रवद्र्धनात्मक विकास कार्यक्रमतर्फ १० लाख रुपैयाँको योजना नगरपालिकामा पेस गर्ने निर्णय गरिएको वडा अध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए । ग्रामीणमुखी बजेट विनियोजन गर्नेगरी नगरमा पठाइएको योजनामा […]