सुरुङ्गा । कनकाई नगरपालिकाका क्वारेन्टाइनमा रहेकाहरुलाई शारीरिक व्ययाम र मनोरञ्जनका लागि डान्स र योग अभ्यास गराउन सुरु गरिएको छ । कनकाई नगरको कनकाई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा डान्स तथा योग अभ्यास गुरु गरिएको छ । योग अभ्यासलाई नगरका सबै क्वारेन्टइनमा गराईने कनकाई नगरपालिकाले जनाएको छ । कनकाई बहुमुखीमा मात्रै ५६ जना क्वारेन्टिनमा रहेका छन । […]
भद्रपुर । नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्न विशेष अस्पतालका रूपमा मेची अस्पतालको निर्माणाधिन भवन प्रयोग गर्ने विषयमाथि बहस चलिरहेको छ । प्रदेश १ सरकारका अधिकारीहरु, झापाका राजनीतिक दलको नेतृत्व, भद्रपुर नगरपालिकाका प्रमुख–उपप्रमुख, जिल्ला समन्वय समिति झापाको टोली, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, चिकित्सकहरु, रेडक्रसको टिमले सो भवन कोरोना उपचारका केन्द्रका रुपमा विकास […]
भद्रपुर । रोटरी क्लव अफ भद्रपुरले भद्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । भद्रपुर नगर अन्तर्गत रहेका स्वास्थ्य चौकीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठलाई प्रदान गरिएको हो । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई पिपिई सेट, मास्क, ग्लोव्स आदि अत्यावश्यक सामग्री प्रदान गरिएको छ । रोटरी क्लव अफ भद्रपुरका पे्रसिडेन्ट टिकाराज ढकाल, प्रेसिडेन्ट […]
बिर्तामोड । लकडाउनको पालना नगरी सहरमा भिडभाड बढेको भन्दै अघोषित कफ्र्यु रहेको बिर्तामोड नगरपालिका क्षेत्रमा भोलिदेखि संघीय सरकारको निर्णयानुसार हुने भएको छ । मंगलबार नगरपालिकामा भएको छलफलको निश्कर्ष र आज बुधबार उद्योगी व्यवसायीको आग्रह पछि नगरपालिकाले आफ्नो निर्णयमा पुनःविचार गरेको हो । जसअनुसार भोलि जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि पालो मिलाएर अत्यावश्यक वस्तु तथा […]
झापा । झापा गाउँपालिकाको डिल्लीराज मावि क्वारेन्टिनमा कोरोना संक्रमण पुष्टि भएका पुरुष भारतीय नागरिक भएको खुलेको छ । ३३ वर्षीय ती पुरुषमा जेठ १० गते कोरोना संक्रमण पुष्टि भएको हो । हाल उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ती परुषको घर सीमावर्ती भारतको किसनगञ्ज जिल्लास्थित महामारी ग्राम पञ्चायतमा पर्छ । […]
कैलाली । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा […]
बिर्तामोड । यहाँस्थित बिएण्डसी टिचिङ हस्पिटलमा उपचाररत बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको स्वास्थ्य अवस्था सामान्य रहेको तथा आज दोस्रो दिनको खानामा सफ्ट–डाइट दिन सुरु गरिएको छ । हिजो शल्यक्रिया गरी अस्पतालमा सघन उपचारकक्षमा उपचाररत नगरप्रमुख शिवाकोटीको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालका जनसम्पर्क प्रमुख प्रोमिश गिरीले आज अपरान्ह प्रेस नोट जारी गरेर अवगत गराएका हुन् ।
बिर्तामोड । ढाडको नशा च्यापिएर गर्धन दुख्ने समस्या भागिरहेका बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको पाँच घण्टा लगाएर शल्यक्रिया गरिएको छ । बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचारका लागि भर्ना भएका शिवाकोटीको सर्भाइकल स्पाइनल क्यानल स्टेनोसिस शल्यक्रिया गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. निराजनप्रसाद पराजुलीले जनाएका छन् । मेडिकल डाइरेक्टर डा. पराजुलीको हस्ताक्षरमा ेअस्पतालले जारी गरेको प्रेसनोटमा […]
बिर्तामोड । ढाडको नशा च्यापिएको समस्या लिएर यहाँस्थित बि एण्ड सी अस्पतालमा उपचारार्थ हिजो भर्ना भएका बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीको अहिले शल्यक्रिया शुरु भएको छ । ‘ढाडको नशा च्यापिएर घाँटीसम्म असर पुगेपछि नगरप्रमुख शिवाकोटी हिजो अस्पताल भर्ना हुनुभएको हो’ बि एण्ड सी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले भने, ‘ आज सोमबार मध्यान्हदेखि उहाँको स्पाइनल […]
भद्रपुर । नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्न विशेष अस्पतालका रूपमा मेची अस्पताललाई विकास गर्ने सरकारी तयारी विवादित बनेको छ । विपन्न समुदायको भरपर्दो उपचार केन्द्रका रूपमा रहेको सो अस्पतालमा कोरोना विशेष उपचार केन्द्र थप्ने निर्णयप्रति वडाध्यक्षसहित स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका हुन् । स्वास्थ्य बीमा सेवा, न्यून शुल्कमा उपचार लिने नागरिकहरूले अब उपचार पाउने […]