मेचीनगर । विभिन्न सातवटा विधेयक सर्वसम्मत पारित गदैं मेचीनगर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । २६ फागुनमा प्रदेशसभा सदस्यत्रय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र राधा थापाले संयुक्तरुपमा उद्घाटन गरेको नगरसभा १० दिनसम्म चलेर आज सकिएको हो । सम्बन्धित विधेयक समितिका संयोजकहरुले उद्घाटन समारोहमा प्रस्तुत गरेका सातवटा विधेयकहरु माथि बृहत छलफल पश्चात सर्वसम्मतले पारित गरेको […]
बिर्तामोड । बिर्तामोड नगपालिका वडा नं ९ दुर्गाचोकमा महिलाका लागि स्वालम्बन सम्बन्धी १० दिने उद्यमशीलता लालिम शुरु भएको छ । नवदुर्गा युवा क्लब र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिममा बिर्तामोड ९ का ५० जना महिलाको सहभागिता रहेको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले तालिमका प्रशिक्षक प्रनिता भण्डारीलाई सामग्री […]
झापा । बिर्तामोड नगरपालिका पशुपन्छी विकास शाखाको आयोजनामा फागुन २८ गतेदेखि चैत्र ३ गतेसम्म नगरका सबै वडाहरुमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ८ हजार ८७० वटा पशुका लागि औषधी वितरण गरिएको तथा ८४८ वटा पशुपन्छीहरुको उपचार गरिएको जनाइएको छ । आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत क्लिनिकल उपचार सेवा शीर्षकबाट पाँच लाख ५० […]
संवैधानिक विषयवस्तुको व्यवस्थापन अन्तरगत न्याय सम्पादनको क्षेत्रमा चर्चाले ह्वात्तै चुलिएको नाम हो, कृष्णाकुमारी निरौला पोखरेल । सामाजिक न्याय सम्पादनका अतिरिक्त स्थानीय जनआकांक्षा अनुरूप विकास निर्माणका विषयहरूमा खह्रो उत्रने हक्की स्वभावकी उनले संघीय सरकार र प्रदेश सरकारका घोषित योजनाहरूलाई समेत यसको प्रभावकारी कार्यान्वयनका लागि निकै सुक्ष्म ढंगले सहजीकरण गर्ने गरेकी छन् । निर्वाचित हुनुपूर्व राजनीतिक संलग्नता, […]
झापा । झापाका गाउँ तथा नगरपालिकाहरुले नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, प्रशोधन तथा बिक्री बितरण सम्बन्धी सरकारी नीति नियम र निर्देशन नमानेको बताइएको छ । जिल्ला अनुगमन तथा समन्वय समिति झापाले कात्तिक १५ गतेदेखि आज फागुन ३० गतेसम्म गरेको अनुगमनअनुसार नीति, निर्देशन एवम् निर्णयहरु कार्यान्वयनमा पालिकाहरुले अटेर गरेका हुन् । नदीजन्य तथा खानीजन्य पदार्थ […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा जग्गा प्लटिङलाई व्यवस्थित गर्न तथा कृषियोग्य जमिन खण्डीकरण नियन्त्रणका लागि नगरपालिकाद्वारा गठित समितिले प्रारम्भिक प्रतिवेदन तयार गरी सरोकारवाला पक्षहरुको सुझाव लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट २०७५ पुष ३० मा कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्ने सम्बन्धमा जारी भएको निर्देशन बमोजिम जग्गा खण्डीकरण हुनबाट रोक्नका लागि समितिले […]
मेचीनगर । मेचीनगर नगरपालिकाको तेस्रो नगरसभा आइतबारबाट शुरु भएको छ । १ नम्बर प्रदेशको गाउँ र नगरसभा सञ्चालनको लागि व्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ३ को उपदफा १ अनुसार मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले तेस्रो नगरसभाको कार्यसूचीसहित सूचना आव्हान गरेका थिए । मेचीनगर वडा नम्बर १४ को सभाहलमा प्रदेशसभा सदस्यत्रय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १ सूर्यनगर टोलको विभूतिमार्गमा ढलसहित कालोपत्रे गर्ने कार्यको आज शिलान्यास गरिएको छ । अर्जुनधारा नगरपालिका वडा नं. ५ र बिर्तामोड नगरपालिका वडा नं. १ को सिमानाबाट ८०० मिटर सडक कालोपत्रे गरिने भएको हो । अधिवक्ता तेजप्रसाद कट्टेलको संयोजकत्वमा गठित ९ सदस्यीय उपभोक्ता समितिले आज विशेष कार्यक्रमको आयोजना गरी प्रतिनिधिसभाका सदस्य […]
मेचीनगर । मेचीनगर नगरपालिका कार्यलयमा आउने सेवाग्राहीको हितलाई ध्यानमा राखेर कार्यलयलाई ‘फ्रि वाईफाई जोन’ घोषणा गरिएको छ । मेचीनगर नगरपालिका कार्यलय परिसर भित्र सेवाग्राहीहरुलार्इ सेवा प्रदान गर्न अझ सहज बनाउन मेचीनगर नगरपालिकाले निःशुल्क वाईफाई सञ्चालनमा ल्याउने कुराको जानकारी कार्यलयका सुचना प्रविधि अधिकृत अशोककुमार भेटवालले बताए । मेचीनगर नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ यसअघिनै नगरका विभिन्न […]
हल्दिबारी । समृद्धिका पालक, हल्दिबारीका बालक अभियान अन्तरगत हल्दिबारी गाउँपालिका वडा नं. १ गोलधापमा आजदेखि बालबालिकाको क्षमता अभिवृद्धिका लागि तीन दिने तालिम सुरु गरिएको छ । सो वडाका ९ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी रहेको उज्यालो गोलधाप बालक्लबको आयोजनामा ३ दिने भित्तेपत्रिका तयारी, समाचार लेखन तथा प्रकाशन सम्बन्धी तालिम शुरु भएको हो । बालबालिकाको मनोविज्ञान […]