काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सडकबाट सरकारमाथि प्रहार गर्नुभन्दा निर्वाचनबाट परास्त गरेर सत्तामा आउन चुनौती दिएका छन्। तत्लालिन नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी र नेकपा माओवादी केन्द्रको संगठन प्रेस सेन्टरले नेपाल कम्युनिस्ट पार्टीको मुख्यालय धुम्बराहीमा गरेको भेलालाई सम्बोधन गर्दै ओलीले सरकारलाई निर्वाचनबाट अपदस्त गर्ने कांग्रेसलाई चुनौती दिएका हुन्। उनले जनयुद्धका […]
काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले सत्तापक्षलाई बहुमतको दम्भ नदेखाउन चेतावनी दिएका छन् । नेपाल प्रेस युनियन डोटीले दिपायलमा सोमबार गरेको कार्यक्रममा बोल्दै सिंहले प्रधानमन्त्री ओलीलाई कांग्रेस एजेन्डाविहीन भयो भन्नुपूर्व एकपटक बिगत सम्झन आग्रह गर्दै ०४४ सालमा गणेशमान सिंहले बमपन्थीहरुको एकता गराएर बाममोर्चा बनाइदिएको सम्झन र प्रचण्डलाई कांग्रेस सकियो भन्नुपूर्व शान्ति प्रक्रियामा कसले ल्यायो […]
काठमाडौ । प्रा डा गोविन्द केसीको अनशन २४ दिनमा चलिरहँदा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई स्वर्ग नजाने सुँगुरसँग तुलना गरेका छन् । सोमबार काठमाडौँमा भएको ४० औँ स्मृति दिवसलाई सम्बोधन गर्दै दाहालले कांग्रेसले गोविन्द केसीको फेरो समातेर अराजकता मच्चाउन खोजेको आरोप लगाएका हुन् । प्रत्येक ठुला क्रान्तिपछि पराजित भएको शक्तिले टाउको उठाउन खोज्ने […]
काठमाडौं । नेपाली कांग्रेसको विधान परिमार्जनका लागि गठन गर्ने भनिएको विधान मस्यौदा समिति वरिष्ठ नेता रामचन्द्र पौडेलले समूहबाट समितिमा बस्नेको नाम नदिँदा अन्योलमा परेको छ। गत बुधबार बसेको शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता पौडेलले बिहीबार नै आफ्नोतर्फबाट नाम दिन तयार भएका थिए। तर उनले अहिलेसम्म आफ्नो समूहबाट समितिमा बस्नेको नाम पठाउन नसक्दा मस्यौदा समिति अन्योल […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने अभियानमा सहभागी हुन पुराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आह्वान गरेका छन्। अध्यक्ष दाहालले देश र जनताको ऐतिहासिक आवश्यक्ता परिपूर्ति गर्न र विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन पनि बाँकी रहेका सबै पुराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकताको […]
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफूले बोलेको विषय सञ्चार माध्यममा सम्प्रेषण भएकोमा ध्यान आकर्षण भएको बताएका छन्। मन्त्री तामाङले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्षमा याचना समेत गरेका छन्। ४ साउनमा काठमाडौंको एउटा विद्यालयले आयोजना गरेको कार्यक्रममा मन्त्री तामाङले नेपालबाट बंगलादेश एमबीबीएस पढ्न जाने नेपाली छात्राहरूले सर्टिफिकेटका लागि शरीरसँग […]
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अनशनरत डा गोविन्द केसीका माग सरकारले वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार रहेको बताएका छन् । यहाँ आज आयोजित कार्यक्रममा उनले संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता हुन नहुने भन्दै वार्ताबाट डा केसीको जायज माग समाधान गर्न सरकार तयार रहेको बताए। उनले अहिलेसम्म अनशनबाट मात्रै […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अधिनायकवादी सरकारको नेतृत्व गरेको कम्युनिष्टसँग लड्न तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अधिनायवादी कम्युनिष्ट शासन विरुद्ध लड्न तयार रहन निर्देशन दिए । उनले डाक्टर केसीका […]
काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाईंदैछ । वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरेर मनाउने गर्दछन् । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले नेपालमा राष्ट्रियता, […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको खाका अनुसार जनशक्ति व्यवस्थापन गर्न सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको बताएका छन्। त्रिभुवन विश्व विद्यालयको ५९ औं वार्षिक दिवस बैठकलाई शनिबार कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए। प्रधानमन्त्री ओलीले कुनै अध्ययन अनुसन्धान बिना विश्वविद्यालयहरुले कलेजको सम्बन्धन दिइरहँदा देशमा बेरोजगारहरु बढेको प्रधानमन्त्रीको भनाइ छ। पढेका मान्छे […]