काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने नेविसंघका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विश्व विद्यालयको ५९ वार्षिक दिवस र सिनेट बैठकलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताले शनिबार कालोझण्डा देखाउने प्रयासको आरोपमा नेविसंघ त्रिभुवन विश्व विद्यालयका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले डा. गोविन्द केसीका माग पूरा गर्नैपर्ने बताएका छन् । यसअघि आफ्नो सरकारले तयार पारेको अध्यादेश जस्ताको त्यस्तै विधेयकका रुपमा ल्याए डा. केसीका सबै माग पूरा हुने उनले बताए । २१ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालमा पुगेर देउवाले भेटेका थिए । भेटपछि पत्रकारहरुसँग […]
काठमाडौं । सप्तरीको मलेठ घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदनप्रति आपत्ति जनाउँदै सरोकारवालाहरुले राष्ट्रिय मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण गराएका छन्। सरोकारवालाहरुले मानव अधिकारको दृष्टिले समेत गैरजिम्मेवार ढंगबाट प्रतिवेदन तयार पारेको भन्दै शुक्रबार ज्ञापनपत्र मार्फत् आयोगको गम्भिर ध्यानाकर्षण गराएका हुन्। ललितपुरको हरिहर भवनमा रहेको आयोगको कार्यालयमा पुगेका उनीहरुले आयोगले सो घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदन संकुचित, […]
काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरिब जनताको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउन जोड दिनुपर्ने बताएका छन्। उपप्रधानमन्त्री यादवले गरिब जनताको उपचारका लागि स्थापना हुने स्वास्थ्य संस्थाहरूलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए। शुक्रबार ललितपुरस्थित बी एण्ड बी अस्पतालले स्थापना गरेको अत्याधुनिक सुविधासहितको बी एण्ड बी कार्डियाक केयर सेन्टरको उद्घाटन गर्दै उनले […]
काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणका लागि विधेयकहरू छिटोभन्दा छिटो संसदमा पेश गर्न सरकारलाई आग्रह गरेका छन्। सभामुख महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण गरेर मात्रै संघीयता कार्यान्वयनमा देखिएका समस्यालाई हल गर्न सकिने बताए। उनले संघीयता कार्यान्वयनका लागि कानुन तर्जुमा गरेर प्रदेश र स्थानीय तह संचालन तथा केन्द्र सरकारको सहजीकरणको कामलाई […]
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको लागि काम गर्नुभन्दा पनि सरकारले आफ्नो सर्वसत्तावादी शैलीलाई बढावा दिँदै गएको आरोप लगाएका छन् । कैलालीको धनगढी विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले कांग्रेसले भन्दै आएको सर्वसत्तावादको कुरा विस्तारै पुष्टि हुँदै गएको बताए । हामीले चुनावमा भनेको अधिनायकवाद अहिले आएर पुष्टि हुँदै गएको छ’, उनले […]
काठमाडौं । जुम्लामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले जारी राखेको भोक हड्ताल नेपाली कांग्रेसले घोषणा गरेको सरकारविरोधी कार्यक्रमको मुख्य एजेन्डा बनेको छ । सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा भेला भएका कांग्रेस पदाधिकारीले केसीको सत्याग्रहमा टेकेरै सरकारविरोधी आन्दोलन चर्काउन सजिलो हुने ठहर गरेको छ । कांग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध विभिन्न ठाउँमा […]
काठमाडौं । संघीय संसदमा करिब २० प्रतिशत संख्या रहेको प्रमुख विपक्षी नेपाली कांग्रेसले कम्तीमा ३० प्रतिशत हिस्सा मागेपछि संसदीय समिति गठन अवरुद्ध भएको छ । संसदका दुवै सदनमा करिब दुई तिहाइ बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टी भने संसदीय परम्पराअनुसार सार्वजनिक लेखा समितिको सभापतिबाहेक अन्य समितिको नेतृत्व कांग्रेसलाई दिन तयार छैन । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै […]
काठमाडौं । पार्टी सञ्चालन नियमावली टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नियमावली र विधानबारे छलफल हुनेछ । विधान र नियमावली प्रकाशनमा पठाउनु अघि अन्तिम रुप दिन बैठब बोलाइएको हो । बैठकमा पछिल्ला राजनीतिक मुद्दामाथि पनि छलफल हुन सक्नेछ । चिकित्सा शिक्षा विद्येयक विवादले सरकारमाथि […]
काठमाडौं । सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा गरेको सिफारिस विवादमा परेको छ। मन्त्रिपरिषद्ले सोमबार दिउँसो उनलाई भारतका लागि राजदूत नियुक्त गरेको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार उनलाई अन्य सरकारी पदमा नियुक्त गर्न नमिले पनि राजनीतिक नियुक्ति दिन मिल्छ। कतिपयले भने संवैधानिक पदबाट अवकाश पाएका पूर्वपदाधिकारीलाई राजनीतिक नियुक्ति दिन नहुने मत […]