विराटनगर । प्रदेश १ मा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना महिला र १२ जना पुरुष गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ । पछिल्लो समय झापामा २०, मोरङमा […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रदेश सरकार सुधार हुन तयार भएको बताएका छन् । प्रदेशसभाको बुधबारको बैठकमा उनले सांसदहरूले गर्ने खबरदारीलाइ आत्मसाथ गर्ने प्रतिबद्धता जनाए । चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि अति नै थोरै […]
विराटनगर । प्रदेश १ मा ११ हजार प्रहरी समायोजन हुने भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै संघीय सरकारसँग ११ हजार प्रहरी समायोजन भएर आउने सैद्धान्तिक सहमति भएको बताएका हुन् । संघीय सरकारसँग सैद्धान्तिक सहमतिपछि प्रदेशमा प्रदेश प्रहरी गठनसम्बन्धी विधेयक बनाउने गृहकार्य सुरु भएको उनले बताए […]
विराटनगर । अन्न भण्डारको रुपमा चिनिने प्रदेश नं. एकमा २ अर्ब ५० करोड बढी मूल्यको धान–चामल भारतबाट भित्रिएको छ । प्रदेश नं.एकका मुख्य दुई नाका काँकडभिट्टा र विराटनगरको रानीबाट चालु आर्थिक वर्षको ११ महिनामा ६ करोड ६३ लाख केजी धान–चामल भित्रिएको हो । रानी नाकाबाट २ अर्ब २४ करोड मूल्यको ५ करोड केजी धान–चामल प्रदेश […]
झापा । मनसुनको सक्रियतासँगै प्रदेश नं– १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । “मौसम अनुकूल छ, वर्षा भइरहेको छ, किसानको खेत र बीउ तयार अवस्थामा रहेकोले एक साताभित्रै रोपाइँको प्रतिशत उल्लेखीय वृद्धि हुनेछ”, निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले भने । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ […]
विराटनगर । प्रदेश १ की सांसद उषाकला राईले स्वदेशी घरेलु मदिरालाई ‘ब्राण्ड’ गर्ने र विदेशी उत्पादनलाई ‘ब्यान्ड’ गर्नुपर्ने बताइन् । प्रदेशसभा बैठकमा उनले स्वदेशी बहुमूल्य जडिबुटीहरूलाई प्रतिबन्ध गर्ने र विदेशीलाई ब्राण्डिङ गर्ने काम भएको बताएकी हुन् । विनियोजन विधयेकमाथिको छलफलमा उनले नेपाली उत्पादनलाई ब्राण्ड बनाउनुपर्नेमा जोड दिइन् । हामीले घरेलु रक्सी, गाँजा, रातो चन्दन ब्यान्ड […]
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा चक्लाबन्दी खेती सुरु गरिएको १६० विघा खेतमा सोमबार धान दिवस तथा रोपाई महोत्सवको कार्यक्रम गरिएको छ । त्रियुगा नगरपालिका वडा नं.१३ बहेडवहामा जग्गा भाडामा लिएर स्थानीय सहरा सहकारी संस्थाले चक्लाबन्दी खेती सुरु गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सोमबार चक्लाबन्दी खेतीको उद्घाटन गरे । त्यस क्रममा उनले […]
विराटनगर । प्रदेश १ को प्रादेशिक सञ्चार प्रतिष्ठान गठन प्रक्रियाको विषयमा आइतबार मुख्यमन्त्री शेरधन राईलाई नेपाल प्रेस युनियनले ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री राईलाई युनियनका पदाधिकारीले भेटेर प्रतिष्ठानमा समावेशी सहभागिता गराउन ध्यानाकर्षण गरेका छन् । सरकारको मन्त्रिपरिषद् निर्णयबाट नियमावली बनेर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा प्रतिष्ठान गठन गर्ने सरकारले […]
विराटनगर । प्रदेश १ मा आइतबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ७ जना महिला र २० पुरुषसहित २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा मोरङको सुनवर्षी नगरपालिकामा एक जना महिलासहित १७ जना रहेको छन् ।नगरपालिकाका जनस्वास्थ्य अधिकृत किशोर मण्डलका अनुसार संक्रमण पुष्टि […]
विराटनगर । भारत तथा तेस्रो देशबाट आएका नेपालीहरुलाई राख्न प्रदेश सरकारले २४ वटा होल्डिङ एरिया सञ्चालनमा ल्याएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार झापा १९, सुनसरीमा २, इलाममा २ र मोरङको एक स्थानमा होल्डिङ एरिया सञ्चालनमा छन । होल्डिङ एरियामा २ हजार ९ सय ७२ जना अटाउन सक्ने क्षमता छ । झापामा मात्र […]