उदयपुर । अलपत्र अवस्थामा रहेको कोशी करिडोर बन्ने भएको छ। उदयपुरका तीन स्थानीय तह कटारी, ताप्ली, लिम्चुङबुङले निर्माण गर्ने भएका छन्। मध्यपहाडी लोकमार्गमा जोडिने कोसी करिडोर उदयपुरको घुर्मी–चतरा सडक उदयपुरका तीन स्थानीय तहले निर्माण गर्ने लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले जानकारी दिए। वन कार्यालयले रोकेपछि १६७ किलोमिटर दूरी भएको सडकको ट्रयाक खोल्ने काम अलपत्र परेको थियो। […]
विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको आइसोलेसनबाट ४० जना कोरोना जितेर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशनमा बसेका ४० जना एकै दिन घर फर्किएका हुन् । कोरोना जितेर डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना छन । उनीहरू १५ देखि ४७ वर्ष उमेर समूहका छन् । […]
काँकरभिट्टा । प्रदेश नं. १ का प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले केहीदिनमै १ नम्बर प्रदेशलाई कोरोना मुक्त प्रदेश घोषणा गर्ने बताएका छन् । बुधबार मेचीनगर क्षेत्रको क्वारेन्टाइन र होल्डिङ सेन्टरको स्थलगत निरीक्षणका क्रममा मन्त्री घिमिरेले स्थानीय पत्रकारहरुसँग कुरा गदैं अन्य प्रदेशको तुलनामा १ नम्बर प्रदेश यसको नियन्त्रण र संक्रमण फैलिन नदिन निक्कै सक्रियपुर्वक लागि […]
विराटनगर । प्रदेश १ संसद्मा आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटमाथिको छलफल सुरु भएको छ । बजेटको विषयमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि बुधबार संसद्मा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले संक्षिप्त मन्तव्य राखेपछि बजेटमाथिको छलफल सुरु भएको हो । छलफलमा सहभागी हुँदै नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाले न्यून वित्त बजेट किन ल्याउनु […]
विराटनगर । कोरोना महामारीको जोखिम सुरू भएपछि मोरङमा रहेका क्वारेन्टाइनमा बस्ने मानिसहरूको जम्मा संख्या २७ सय नाघेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जिल्ला भरी रहेका ७५ वटा क्वारेन्टाइनमा बस्ने मानिसहरूको कुल संख्या २ हजार ७ सय ७९ पुगेको छ । क्वारेन्टाइनमा बसेका मध्ये १ हजार ४ सय ६८ जना कोरोना संक्रमण नदेखिएपछि घर […]
झापा । प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरसको ‘हटस्पट’ बनेको झापाको कचनकवल गाउँपालिकाको आज अनुगमन गरेका छन् । प्रदेशसभा सदस्य बसन्त बानियाँलाई साथमा लिएर मन्त्री घिमिरे अनुगमनमा गएका हुन् । उनले स्थानीयबासीलाई कोरोना संक्रमणको जोखिमबाट नआत्तिन आग्रह गरेका छन् । मन्त्री घिमिरेले कचनकवलका विभिन्न क्वारेन्टाइनको अनुगमन गर्दै कोरोना भाइरसको नियन्त्रण र संक्रमितको […]
विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ को सरकारले ल्याएको बजेट कर्मकाण्डी र कार्यान्वयन नहुने भन्दै टिप्पणी गरेको छ । कांग्रेस संसदीय दलले मंगलबार बजेट र यसको कार्यान्वयन पक्षको विषयमा अर्थविदसँग भर्चुअल छलफल चलाएको छ । छलफलमा सहभागीले अर्थतन्त्र नै संकटमा परेका बेला संघीय सरकारको नीतिसँग तालमेल नहुने गरी प्रदेशले बजेट ल्याएको विज्ञले समेत टिप्पणी गरेका […]
विराटनगर । प्रदेश १ बाट थप १५ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन । सोमबार विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना आइतबार […]
विराटनगर । आगामी आर्थिक वर्षका लागि प्रदेश १ सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढाएको छ । ९३ जना प्रदेशसभा सदस्यहरुको सिफारिसमा खर्च हुने उक्त रकम प्रति निर्वाचन क्षेत्र ५० लाखबाट बढाएर १ करोड पुर्याइएको हो । अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रस्तुत गरेको बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट भने घटाइएको छ । चालु […]
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका २०७७/७८ को लागि कुल ४० अर्व ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रस्तुत गरेको छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभामा आर्थिक वर्षका २०७७/७८ को बजेट पेस गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्छ […]