विराटनगर । प्रदेश १ मा सोमबारसम्म १६ हजार ३ सय ८ जनामा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ । आरडीटीबाट जम्मा ११ हजार ६६ जनाको नमूना परीक्षण गरिएकोमा ११ हजार १२ जनाको […]
जनकपुरधाम । सर्लाहीको छुट्टाछुट्टै ठाउँमा डुबेर एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । बसबरिया गाउँपलिका ४ गोनर्वा निवासी बिरु पासवानकी ४ बर्षीया छोरीको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको छ । नजिकैको राम जानकी मन्दिरको पोखरीमा नुहाउने क्रममा अचानक उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, चन्द्रनगर गाउँपालिका ६ कामद बस्ने दुलार […]
सप्तरी । सप्तरी जिल्लाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दवै संक्रमित गत जेठ २ गते भारतबाट नेपाल आएको खुलेको छ । संक्रमित दुवै डाक्नेश्वरी नगरपालिकाका हुन् । वडा नम्बर ४ भुतहीका ३४ वर्षीय र वडा नम्बर ८, गम्हरिया प्रवाहाका २२ वर्षीय युवक संक्रमित पाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा हालसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये सुरुवातमा संक्रमण देखिएका पाँचजना निको भएर घर फर्किसकेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार हिजोमात्रै अछामका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा ५, टिकापुर अस्पतालमा ३, बैतडी र डडेलधुरा अस्पतालमा एकजनाको उपचार भइरहेको मन्त्रालयले […]
कञ्चनपुर । भारतमा लकडाउन खुकुलो भएको, रेलसेवा सञ्चालन हुन थालेको वा जोखिमपूर्ण यात्रा गरेर स्वदेश फर्किने नेपालीको चाप बढेपछि यहाँको गड्डाचौकी नाका खोल्ने निर्णय भएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले सोमबार आजदेखि गड्डाचौकी नाका खोलेर भारतबाट फर्किएका सर्वसाधारण तथा मजदुरलाई सुरक्षित रूपमा घर पठाउने निर्णय गरेको हो । भारतमा लकडाउन खुकुलो भएपछि नेपाल […]
जनकपुर । प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार भएका छन्। संक्रमित अस्पतालबाट भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ । अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित आइतबार बिहान भागेका हुन् । अस्पतालका अनुसार उनी मानसिक रोगी हुन् । यसअघि पनि उनले पटक–पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए । यही क्रममा शनिबार […]
झापा । हिजो शनिबार झापामा एकजना थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ । झापाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु अधिकांश भारतबाट आएकाहरु हुन् र दक्षिण झापाको कचनकवलबाट नेपाल छिरेका हुन् । प्रदेश १ का १४ वटा जिल्ला मध्ये आधामा संक्रमितहरुको पुष्टि भएको छ । सबैभन्दा बढी झापाका […]
विराटनगर । धनकुटा जिल्ला अस्पतालमा सेवा सुरु गर्न प्रदेश सरकारले टोली पठाएको छ । प्रदेश एक सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना विशेषज्ञ सहितको टोली खटाएको हो । उनीहरुले आइतबारदेखि सेवा सुरु गर्नेछन् । आज र भोलि पनि निर्मलीकरण गरी र सेवा सुरु गर्ने तयारी भैरहेको जिल्ला अस्पताल धनकुटाका डाक्टर पुजन विश्वकर्माले […]
विराटनगर । प्रदेश सरकारले १४ जिल्लामा ४० हजारको कोरोना जाँच गर्ने तयारी गरेको छ । दैनिक एक हजारका दरले ४० हजार बढीको पीसीआर परीक्षण जाँच गर्ने तयारी गरेको हो । शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले भारतबाट नेपाल फर्कनेबाट हुनसक्ने सम्भावित जोखिम नियन्त्रणका लागि परीक्षण दायरा […]
रुपन्देही । पाँच नम्बर प्रदेश सभाको बजेट अधिवेशन आज सुरु हुँदैछ । बुटवलमा रहेको प्रदेश सभा भवनमा दिउँसो १ बजे बजेट अधिवेशन सुरु हुन लागेको हो । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशको बजेट अधिवेशनको आव्हान गरेका हुन । अधिवेशन आह्वान गरिएको सम्बन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाउने, अघिल्लो अधिवेशनमा पारित भएर प्रमाकरण भएका […]