Sajhamanch Archive

प्रदेश १ मा पाँच हजार बढीको कोरोना परीक्षण

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा पाँच हजार बढीको कोरोना परीक्षण.

विराटनगर । प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत परीक्षण विधि (आरडीटी) बाट शनिबारसम्म जम्मा ४ हजार २ सय ९८ जनाको परीक्षण भएको छ । […]

मुख्य मन्त्री राईद्वारा कोरोना संक्रमित क्षेत्रको अनुगमन, त्रसित नभई बस्न आग्रह

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on मुख्य मन्त्री राईद्वारा कोरोना संक्रमित क्षेत्रको अनुगमन, त्रसित नभई बस्न आग्रह.

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताएका छन् । आज कोरोना प्रभावित जिल्ला उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । कोरोना प्रभावित क्षेत्रका स्थानीयहरुलाई मुख्यमन्त्री राईले त्रसित नभई बस्न आग्रह गरे । तपाईहरुको साथमा प्रदेश सरकार छ, नआत्ति बस्नुहोस्, मुख्यमन्त्री राईले भने, मुख्यमन्त्री […]

थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो.

काठमाडौं । नेपालमा फेरी दुईजना कोरोना रोगी थपिएका छन्। जनकपुरमा एकजना र उदयपुरमा एकजना कोरोना रोगी भेटिएका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार उदयपुरकी एकजना ५५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। त्यसैगरी धनुषाको जनकपुरस्थित एकजना १४ वर्षीय किशोरमा पनि कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ। यससँगै […]

प्रदेश १ मा ३,२६८ जनाको कोरोना परीक्षण

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३,२६८ जनाको कोरोना परीक्षण.

विराटनगर । प्रदेश १ मा सोमबारसम्म तीन हजार २६८ जनाको कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार आरडीटी विधिबाट जम्मा २ हजार ६०९ जना र ल्याबमा स्वाब ल्याएर गरिने […]

प्रदेश १ मा आरडिटी र पीसीआर विधिबाट कोभिड–१९ परीक्षण नतिजा यस्तो

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा आरडिटी र पीसीआर विधिबाट कोभिड–१९ परीक्षण नतिजा यस्तो.

विराटनगर । प्रदेश १ मा आइतबारसम्म दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको परीक्षण गर्ने संख्यासमेत थपिएको छ । पीसीआर विधिबाट जम्मा ३८७ जनाको स्वाब परीक्षण गरिएको छ । यसैगरी आरडीटी विधिबाट जम्मा दुई हजार २८१ जनाको नमूना परीक्षण भएको जनाइएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान […]

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अपील

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अपील.

आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरु, नमस्कार । हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको संघर्षमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको पनि आज २७ दिन भएको छ । यति लामो अवधिसम्म तपाईंहरुले कायम गरिरहनु भएको धैर्यतालाई हार्दिक सम्मान व्यक्त गर्दै बाँकी दिनहरुमा पनि यस्तै धिरताको अपेक्षा गर्दछु । […]

प्रदेश १ मा कसैमा कोरोना संक्रमण छैनः कोरोना सूचना डेस्क

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा कसैमा कोरोना संक्रमण छैनः कोरोना सूचना डेस्क.

विराटनगर । प्रदेश १ मा आज बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी)बाट जम्मा ८२६ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा एकजनाको रिपोर्ट पोजेटिभ आएको छ थियो भने ८२५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हिजो झापाको हल्दिबारीका ३९ वर्षका एकजना पुरुषको आरडीटीमा पोजेटिभ देखिएको थियो तर कोशी अस्पताल विराटनगरमा पिसिआरबाट आज परीक्षण गर्दा नेगेटिभ आएको […]

कोभिड–१९ रोकथामका लागि प्रदेश १ सरकारको शुक्रबारको सक्रियता

Published: in प्रदेश तह, मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिड–१९ रोकथामका लागि प्रदेश १ सरकारको शुक्रबारको सक्रियता.

बिराटनगर । प्रदेश १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार, मेला र जमघट बन्द गर्ने तथा राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ । शुक्रबार प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत वितरणलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी सुरक्षा योजना र जिम्मेवारी तोकेको हो […]

प्रदेश २ सरकारः कृषि ऋणको ४ महिनाको ब्याज तिरिदिने, स्वास्थ्यकर्मीलाई ५० लाखको बीमा

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश २ सरकारः कृषि ऋणको ४ महिनाको ब्याज तिरिदिने, स्वास्थ्यकर्मीलाई ५० लाखको बीमा.

धनुषा । प्रदेश २ सरकारले ‘लकडाउन’ले किसानहरु पीडित भएकोमा कृषिकर्मको लागि बैंक, वित्तीय संस्था वा सहकारीबाट लिइएको ऋणको ४ महिनाको ब्याज तिरिदिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कृषिकर्मको लागि किसानहरुले ५ लाख रुपैयाँसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशतसम्मको ब्याजदरमा ४ महिनाको ब्याज तिर्ने निर्णय गरेको छ । त्यसैगरी पाँच लाखदेखि १५ […]

प्रदेश १ सरकारलाई एनएमबी बैंकको १०० पीपीई सहयोग

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ सरकारलाई एनएमबी बैंकको १०० पीपीई सहयोग.

बिराटनगर । एनएमबी बैंकले प्रदेश नम्बर १ सरकारलाई १०० थान स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) सहयोग हस्तान्तरण गरेको छ । कोरोना भारइसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अतिआवश्यक पर्ने स्वास्थ्य सामग्री बिहीवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा कवच (पिपिई) को अभाव भएको बताइरहेको बेला एनएमबि […]