जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पताल अगाडिको एक औषधी पसलमा आगजनी भएको छ । कल्याण औषधी पसलमा आगजनी भएको हो । पसलको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको देखिएको प्रहरीको भनाइ छ । आगो कसले र किन लगाएको हो ? भन्ने विषयमा खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबर
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका वडा नं.२ मयुम बस्ने ६० वर्षीया बाटुली सिमखडाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान करिब १० बजे चैनपुरभित्र कच्चीबाटोमा नुनढाकीबाट ईटहरीतर्फ आउदै गरेको को १ ख ४२८२ नम्बरको ट्रकले पैदल यात्री बाटुली सिमखडालाई ठक्कर दिँदा उनी घाईते भएकी थिइन् । घाईतेलाई को २ ह ५४१४ नम्बरको अटोमा उपचारका […]
विराटनगर । प्रदेश १ सरकारले सूर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्न कडा अभियान सुरु गरेको छ ।प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सबै मन्त्रालयको एकसय मिटर आसपासमा बिक्री वितरण, सेवन र प्रदर्शनमा रोक लगाएको हो । एक नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एकसय मिटरभित्र सूर्तीजन्य पदार्थको सेवन, बिक्री र प्रदर्शन गर्न नपाइने ‘ब्यानर’ राखेर अभियानको […]
विराटनगर । प्रदेश १ का सांसद गुलेफुन मियाँलाई एक वर्ष कैद र १४ हजार ५८३ रुपैयाँ जरिवाना सजायको फैसला भएको छ । सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा उनलाई यस्तो सजायको आदेश भएको हो । तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरी छाप कीर्ते गरेको आरोपमा उच्च अदालत विराटनगरले सांसद मियाँलाई दोषी […]
विराटनगर । क्रिकेट विकास समिति प्रदेश १ ले गायक प्रमोद खरेललाई सद्भावना दूत नियुक्त गरेको छ । समितिको विराटनगरमा बसेको बैठकले खरेललाई क्रिकेट संघ प्रदेश १ को सद्भावना दूत बनाएको हो । यस्तै विराटनगरका मेयर भीम पराजुली, पूर्व खेलाडी पारस लुनियासहित ६ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । बैठकले विभिन्न उपसमितिहरु बनाउनुका साथै […]
विराटनगर । मुख्यन्त्री शेरधन राईले भोजपुरको आमचोक गाउँपालिकाका दुर्गाबहादुर रानामगरलाई नक्कली दाँत लगाइदिएका छन् । प्रदेश सरकारले अघि सारेको ‘ज्येष्ठ नागरिक दन्त मुस्कान अभियान अन्तरगत मुख्यमन्त्री राईले ७२ वर्षिया रानालाई दाँत उपहार दिएका हुन् । प्रदेश सरकारले दाँत झरेका ज्येष्ठ नागरिकलाई नक्कली दाँत उपहार दिने योजना अघि सारेको छ । सोही योजनाको सुरुवातका क्रममा मुख्यमन्त्री […]
सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा कानूनी सहायता सम्बन्धी कार्यविधि २०७६ र विपद् जोखिम बीमा सम्बन्धी कार्यविधि २०७६ स्वीकृत गरेको कर्णाली प्रदेश सरकारका […]
इलाम । सरस्वती आधारभूत विद्यालय माङ्सेबुङ ४ इलाममा अध्ययनरत बालकक्षादेखि कक्षा ८ सम्मका सबै बालबालिकालाई आज न्यानो कपडा ट्र्याक सुट, स्टेसनरी सामग्री, जुत्ता र खाजा सामग्री प्रदान गरिएको छ । दाताहरु गणेश किराना दमक १ का सञ्चालक गणेश सुवेदी र सगरमाथा पेट्रोल पम्पका सञ्चालक टिकाराम मगरले बालबालिकालाई एकसरो न्यानो कपडा ट्र्याक सुट र स्टेसनरी सामग्री […]
मोरङ । प्रदेश नं. १ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते (बिहीबार) हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए । निर्वाचनका लागि वीरेन्द्र सभागृहमा स्थानीय तहका मतदाता […]
विराटनगर । प्रदेश १ सरकारमा आज चार राज्यमन्त्री थपिँदै छन् । प्रदेश मन्त्रीमण्डल गठन भएको करिब दुई वर्षपछि मुख्यमन्त्री शेरधन राईले चार राज्यमन्त्री थप गर्ने तयारी गरेका हुन् । प्रदेश १ मा २०७४ फागुन ३ गते प्रदेश मन्त्रीमण्डल गठन भएको थियो । नयाँ मन्त्रीहरूमा अम्मिरबाबु गुरुङ भौतिक तथा पूर्वाधार मन्त्रालय, जसमाया गजमेर सामाजिक विकास, विजय […]