Sajhamanch Archive

मिलनसार साकोसको साधारणसभा सम्पन्न

Published: in सहकारी by . Leave a Comment on मिलनसार साकोसको साधारणसभा सम्पन्न.

विर्तामोड । विर्तामोडमा मुख्य कार्यालय रहेको मिलनसार बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारणसभा विर्तामोडमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लक्ष्मी बास्कोटाको अध्यक्षता तथा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ठ बचतकर्ता मुकेशकुमार चौधरी, रेनुका रेग्मी र विरेन साह तथा उत्कृष्ठ ऋणी जयकुमार राजवंशी, अञ्जना राजवंशी र मनिताकुमारी राईलाई […]

सिम्रिक साकोसः चालू वर्षको बजेट एक अर्ब ८९ करोड सात लाख रुपैयाँ पारित

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोसः चालू वर्षको बजेट एक अर्ब ८९ करोड सात लाख रुपैयाँ पारित.

झापा । समृद्ध नेपाल निर्माणको परिकल्पना पूरा गर्न सहकारी अभियान उत्तम उपाय रहेको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले बताएका छन् । आज सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभालाई बिर्तामोडमा सम्बोधन गर्दै अध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । ‘सहकारी संस्था नेपालका गाउँगाउँमा पुगेका छन् । देशका ६४ लाख मानिसहरुमा सहकारीले वित्तीय पहुँच […]

एनएमसी सेवा केन्द्र दूधेद्वारा सदस्यलाई सहकारी शिक्षा

Published: (Updated: ) in सहकारी by . Leave a Comment on एनएमसी सेवा केन्द्र दूधेद्वारा सदस्यलाई सहकारी शिक्षा.

दूधे । नेपाल बहुदेश्यीय सहकरी संस्था सेवा केन्द्र दूधेले आफ्ना शेयर सदस्यहरुलाई सदस्य शिक्षा प्रदान गरेको छ । शिवसताक्षी ११ दूधेको शिव पाञ्चायन मन्दिरको हलमा सहकारीले सदस्य शिक्षा प्रदान गरेको हो । कार्यक्रममा सहकारीको स्थापनाकाल देखि विभिन्न चरण पार गर्दै हालसम्म आइपुग्दा सदस्यहरुलाई दिइएको सेवाका बारेमा चर्चा गरिएको थियो । सहकारीले विभिन्न शिर्षकमा प्रवाह गर्ने […]

तुम्वापो परिवारमा सिम्रिकको अभिभावकत्व

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on तुम्वापो परिवारमा सिम्रिकको अभिभावकत्व.

शिवसताक्षी । सहकारी संस्थाहरुले सदस्यसँग वित्तीय कारोबार गरेर मुनाफा आर्जन मात्र गर्दैनन्, तिनको अभिभावकत्व पनि लिन अग्रसर छन् भन्ने उदाहरण सिम्रिक साकोसले पेश गरेको छ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य राजेन्द्रप्रसाद तुम्वापो गत वैशाखबाट प्यारालाइसिस भई थलिएपछि संस्थाले सदस्य राहत नीतिअनुसार अभिभावकत्व लिएको हो । तुम्वापोले गत वर्ष लिएको कर्जा एक […]

आत्मनिर्भरको साधारणसभामा तीजको रौनक

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on आत्मनिर्भरको साधारणसभामा तीजको रौनक.

बिर्तामोड । यहाँ सञ्चालित आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरिएको छ । प्रतिनिधिसभाका सदस्य पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा तीज मिलन कार्यक्रम एवम् संस्थाका उत्कृष्ट कारोबारी र कर्मचारीलाई सम्मान गर्दै साधारणसभा सम्पन्न गरिएको हो । बिर्तामोड नगर क्षेत्रका महिलाहरु तथा बालबालिकामात्रको सदस्यता रहेको आत्मनिर्भर सहकारीले छैटौं वर्षको यात्रा […]

सदस्यको आत्महत्याको कारण कर्जा तागेता हुन सक्तैनः कर्णाली साकोस

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सदस्यको आत्महत्याको कारण कर्जा तागेता हुन सक्तैनः कर्णाली साकोस.

बिर्तामोड । लघुवित्त कार्यक्रममार्फत् झापाका ग्रामीण महिलाहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सफल कर्णाली बचत तथा ऋण सहकारी संस्थाले गौरादह नगरपालिका ७ की बालकुमारी हुमागाईंको आत्महत्याले स्तब्ध बनाएको जनाएको छ । संस्थाको मुख्य कार्यालय बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्ष टिएस प्रधानले लघुवित्त कार्यक्रमका सदस्य हुमागाईंले कर्णालीको किस्ता बुझाउने पेरिफेरिमा आत्महत्या गर्नु संयोगमात्र हुनसक्ने बताए […]

पत्रकार भट्टराई पुरस्कृत, होक्से कृषिको अध्यक्षमा पुनः तिम्सिना

Published: in सहकारी by . Leave a Comment on पत्रकार भट्टराई पुरस्कृत, होक्से कृषिको अध्यक्षमा पुनः तिम्सिना.

बुद्धशान्ति । यहाँस्थित होक्से कृषि सहकारी संस्थाले बुधबारेबाट प्रकाशन हुँदै आएको बुद्धशान्ति साप्ताहिकका उपसम्पादक रोसन भट्टराईलाई पुरस्कृत गरेको छ । संस्थाका अध्यक्ष मोहन तिम्सिनाको अध्यक्षतामा आयोजित नवौं वार्षिक साधारणसभाको अवसरमा पत्रकार भट्टराईलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष भिमकुमार नेवारको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन समारोहमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट […]

सदस्य उपहार योजनासहित आदर्श साकोसको साधारणसभा सम्पन्न

Published: (Updated: ) in सहकारी by . Leave a Comment on सदस्य उपहार योजनासहित आदर्श साकोसको साधारणसभा सम्पन्न.

दूधे । शिवसताक्षीको दूधे स्थित आदर्श बचत तथा ऋण सहकारी संस्थाले तेह्रौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा सहकारीले २०७४।०७५को आय व्यय सार्वजनिक गरेको हो । संस्थाले गएको आ.व.मा  ५३ लाख ८९ हजार १८६ आम्दानी र ३६ लाख ५३ हजार ७५४ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै १७ लाख ३५ […]

उत्कृष्टलाई सम्मान र पुरस्कार प्रदान गर्दै हाम्रो नेपाल साकोसको साधारणसभा सम्पन्न

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on उत्कृष्टलाई सम्मान र पुरस्कार प्रदान गर्दै हाम्रो नेपाल साकोसको साधारणसभा सम्पन्न.

बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो छैटौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको साधारणसभामा सहकारीमैत्री ऐन बनाएकोमा प्रशंसा गर्दै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीलाई नगद पुरस्कारसहित उत्कृष्ट नागरिक सम्मान गरिएको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेल, झापा जिल्ला […]

द एभरेष्ट शाकोसमा पुनः खरेल

Published: in सहकारी by . Leave a Comment on द एभरेष्ट शाकोसमा पुनः खरेल.

दमक । दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमहरु गरि विहिबार आफनो ७ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेशमा एक कार्यक्रम गरि उत्कृष्ट कारोवारी, कर्मचारी तथा पत्रकार पुरस्कृत गरि आफनो बर्षिक साधारणसभा सम्पन्न गरेको हो । त्यस्तै,वन्द सत्रले आगामी वर्षका लागि सञ्चालक तथा लेखा समिति समेत […]