Sajhamanch Archive

झापामा सहकारी संस्थाका थाप्लामा १७ थरिका ऐनको बोझ !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, by . Leave a Comment on झापामा सहकारी संस्थाका थाप्लामा १७ थरिका ऐनको बोझ !.

झापा । मुलुक संघीय संरचनामा गएको उपहारस्वरुप झापाका सहकारीले १७ वटा ऐनको अधिनमा रहेर सेवा प्रवाह गर्नुपर्ने बाध्यता थपिएको छ । यो बोझ झापाका सहकारीका लागि मात्र नभई नेपालका हरेक सहकारी संघ–संस्थाको थाप्लामा धेरथोर भोग्नैपर्ने बाध्यता बनेको हो । सहकारी अन्तर्राष्ट्रियरुपमा स्थापित सिद्धान्त र व्यवहारबाट सञ्चालन हुने एउटा सामुदायिक सेवा व्यवसायको रुप हो । जसको […]

साधारणसभाका लागि अर्जुनधाराबाट सयजना छानिए

Published: in सहकारी by . Leave a Comment on साधारणसभाका लागि अर्जुनधाराबाट सयजना छानिए.

अर्जुनधारा । सतासी बहुमुखी सहकारी संस्था लिमिटेट झापाले १५औं वार्षिक साधारणसभाका लागि आज अर्जुनधारा क्षेत्रका सदस्यहरुबीच प्रतिनिधि छनोट गरेको छ । प्रतिनिधि छनोट कार्यक्रममा संस्थामा आबद्ध सदस्यहरुको उपस्थिति थियो । संस्थामा निायमित तथा उत्कृष्ट कारोबार गरेका तथा संस्थाको नियमअनुसार बचत तथा ऋणको कारोबार गरेका व्यक्तिहरु प्रतिनिधिको रुपमा छनोट गरिने संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले बताए । […]

सेतो गुराँसबाट साउनदेखि ज्येष्ठ सदस्यलाई मासिक भत्ता

Published: in सहकारी by . Leave a Comment on सेतो गुराँसबाट साउनदेखि ज्येष्ठ सदस्यलाई मासिक भत्ता.

बिर्तामोड । सेतो गुराँस कृषि सहकारी संस्थाले आफ्नो १०औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कुमार खरेलको अध्यक्षता एवम् प्रदेशसभा सांसद एकराज कार्कीको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा स्वागत लेखा समिति संयोजक कृण्ण पाण्डेले गरेका थिए । कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य इश्वरादेवी ढुंगेल र खड्गबहादुर मगरलाई सम्मान गरिएको थियो । संस्थाले यसै वर्षदेखि […]

उत्कृष्ट कार्यमा अग्रसर हुँदै उत्कृष्ट कृषि सहकारी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on उत्कृष्ट कार्यमा अग्रसर हुँदै उत्कृष्ट कृषि सहकारी.

हल्दिबारी । चार वर्ष अघि यहाँ स्थापित उत्कृष्ट कृषि सहकारी संस्था लिमिटेड कृषक सदस्यहरुमाझ वास्तवमा नै उत्कृष्ट बन्दै गएको छ । आज शनिबार गोलधापमा आयोजना गरिएको संस्थाको चौथो वार्षिक साधारणसभामा सहभागीहरुको उपस्थितिले यसको प्रष्टै झल्को दिएको छ । कूल २५ हजार शेयर पूँजी राखेर ४० जनाले स्थापना गरेको संस्था छोटो अवधिमा १३१५ जना सदस्यमाझ विस्तारित […]

धमाधम प्रतिनिधि छान्दै सतासी

Published: in सहकारी by . Leave a Comment on धमाधम प्रतिनिधि छान्दै सतासी.

बिर्तामोड । सतासी बहुमुखी सहकारी संस्था लिमिटेडको बिर्तामोड सेवा केन्द्रले आज १५औ वार्षिक साधारणसभाका लागि प्रतिनिधि छनोट सम्पन्न गरेको छ । संस्थाले आज बिर्तामोडको आफ्नै भवनमा कार्यक्रमको आयोजना गरी १४० जना संस्थामा राम्रो कारोबार गरेका सदस्यलाई छनोट गरिएको सञ्चालक समिति सदस्य लक्ष्मीकान्त खनालले बताए । प्रतिनिधि छनोट कार्यक्रममा संस्थाकी उपाध्यक्ष सुजता मगर, सल्लाहकार समिति सदस्य […]

आफ्ना सदस्य र समाज कै सहारा बन्दै सहारा साकोस

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on आफ्ना सदस्य र समाज कै सहारा बन्दै सहारा साकोस.

झापा । नेपालको सहकारी अभियानमा सदस्य संख्या, आर्थिक कारोबारसहित सामाजिक योगदानमा अग्रणी रहेको झापाको सहारा नेपाल (साकोस) लिमिटेडलाई प्रदेशस्तरीय संस्था बनाउन सञ्चालकहरुले कम्मर कसेका छन् । संस्था स्थापनाको २२औं वर्ष पूरा गरिरहँदा सदस्य र समुदायको हितको लागि सहाराले थुप्रै रचनात्मक सामाजिक कामहरु निर्वाह गरिरहेको छ । हाल प्रदेश १ का ६ वटा जिल्लामा ६० वटा […]

सतासीमा साधारणसभा प्रतिनिधि छनोट सुरु

Published: in सहकारी by . Leave a Comment on सतासीमा साधारणसभा प्रतिनिधि छनोट सुरु.

हल्दिबारी । श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोडको १५औं वार्षिक साधारणसभाको लागि आज सोमबारदेखि प्रतिनिधि छनोट गर्न थालिएको छ । संस्थाको साधारणसभा कार्यविधि अनुसार १० जना शेयर सदस्य बराबर १ जनाको अनुपातमा प्रतिनिधि छनोट कार्यक्रम सुरु गरिएको अध्यक्ष रुद्रमणि श्रेष्ठले बताए । आज हल्दिबारीको रेडक्रस भवनमा आयोजित प्रतिनिधि छनोट कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले सहकारी […]

सहकारीको कालोसूचिवालालाई मेनपाले कुनै सेवा सुविधा नदिने

Published: in सहकारी, by . Leave a Comment on सहकारीको कालोसूचिवालालाई मेनपाले कुनै सेवा सुविधा नदिने.

मेचीनगर । मेचीनगरस्थित मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाले वितेको आर्थिक वर्ष २०७४/०७५ मा निक्षेप मौज्दात ३ करोड ३४ लाख २ हजार ६७५ रुपैयाँ पुर्याएको छ । जुन रकम अघिल्लो आर्थिक वर्षको तुलनमा १ करोड १४ लाख ६८ हजार ४१८ रुपैयाँले बृद्धि भएको हो । संस्थाको शनिबार सम्पन्न ११औँ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष भगिरथ […]

एनएमसीको २६औँ कार्यालय बुट्टाबारीमा

Published: in सहकारी by . Leave a Comment on एनएमसीको २६औँ कार्यालय बुट्टाबारीमा.

अर्जुनधारा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनमएसी)को बुट्टाबारी सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । एनएमसीको २६औँ कार्यालयको रुपमा बुट्टाबारीमा कार्यालय उद्घाटन भएको हो । अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाले सम्पर्क कार्यालयको ढोकामा लगाइएको रिबन काटेर उद्घाटन गरेका हुन् । नेपालमा एनएमसीले समुदायको अभियानमा मार्गदर्शकको भूमिका निर्वाह गरेको आफूले पाएको बताउँदै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख […]

एनएमसीमा सदस्य शिक्षा कार्यक्रमको गति तीब्र

Published: in सहकारी by . Leave a Comment on एनएमसीमा सदस्य शिक्षा कार्यक्रमको गति तीब्र.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आर्थिक वर्ष २०७५/०७६ का लागि तोकिएको सदस्य शिक्षा अभियानलाई तीब्रता दिएको छ । आज मंगलबार जिल्लाका काँकरभिट्टा, चन्द्रगढी र बुधबारेमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेर अभियानलाई तीब्रता दिएको हो । संस्थाका सदस्यलाई वित्तीय साक्षरताका साथै संस्था अन्तर्गतका मोबाइल बैंकिङ, नीति तथा कार्यविधि, राहत लगायतका कुरामा सहजीकरण […]