Sajhamanch Archive

कोटीहोममा ढकाल बन्धुहरुको भवन तथा मन्दिरको उद्घाटन

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on कोटीहोममा ढकाल बन्धुहरुको भवन तथा मन्दिरको उद्घाटन.

कनकाई । ढकालबन्धु हित तथा वंशावली एकीकृत समाज केन्द्रीय कार्यसमितिले कनकाई– ४ कोटीहोममा निर्माण गरेको ढकाल बन्धुहरुको नवनिर्मित भवन तथा मन्दिरको सोमबार उद्घाटन गरिएको छ । ढकालबन्धु हित तथा वंशावली एकीकृत समाज केन्द्रीय कार्यसमितिको आयोजनामा कोटीहोममा आजदेखि शुरु भएको श्रीमद् शिवमहापुराण एकादशह ज्ञान महायज्ञमा नवनिर्मित भवन तथा मन्दिरको उद्घाटन गरिएको हो । नेपाल सरकारका कानूनमन्त्री […]

पत्रकार पुरीलाई पितृशोक

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पत्रकार पुरीलाई पितृशोक.

अर्जुनधारा । झापाका पत्रकार उद्धव पुरीलाई पितृशोक परेको छ । ब्लाष्ट टाइम्स दैनिकको बिर्तामोड शाखामा कार्यरत पत्रकार पुरीका ७७ वर्षीय पिता लेखनीप्रसाद पुरीको आज अर्जुनधारा ५ लक्ष्मीपुरस्थित आफ्नै निवासमा निधन भएको हो । विगत ८ वर्षदेखि प्यारालाइसिस रोगबाट पीडित लेखनीप्रसादका श्रीमती चन्द्रमाया पुरी, तीन छोरा–बुहारी उद्धव र रिता पुरी, नविन र पुनम पुरी, जीवन र तुलसा […]

विप्लवलाई मूलधारमा आउन प्रधानमन्त्रीको दुई हप्ते अल्टिमेटम

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लवलाई मूलधारमा आउन प्रधानमन्त्रीको दुई हप्ते अल्टिमेटम.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा आउन चैत मसान्तसम्मको अल्टिमेटम दिएका छन् । चैतभित्र हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमालिइसक्ने ओलीले प्रष्ट पारेका छन् ।                              सोमबार संसद भवनमा बसेको नेकपा संसदीय दलको […]

चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जनश्रमदान गर्दै युवा

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जनश्रमदान गर्दै युवा.

चितवन । भरतपुर नगरपालिका वडा नं. १५ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्रारम्भिक चरणको काम धमाधम भइरहेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले रंगशाला निर्माणस्थलमा कार्यालय स्थापना गरी अस्थायी संरचना निर्माणको काम गरिरहेको हो । आफ्नै ठाउँमा अन्तर्राष्ट्रिय रंगशाला बनाइने भएपछि चितवनबासी निकै उत्साहित भएका छन् । निलो जस्तापाताले वरिपरी बारेको चौरभित्र कोही ढुङ्गा बोकिरहेका छन् […]

विप्लव समूहलाई सहयोग नगर्न सरकारको चेतावनी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव समूहलाई सहयोग नगर्न सरकारको चेतावनी.

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सहयोग गर्नेलाई पनि कारबाही गर्ने भएको छ। गृह मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै विप्लव समूहबाट सञ्‍चालित अपराधिक तथा विध्‍वंशात्मक क्रियाकलामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न र सहयोग गर्ने व्यक्ति, संस्थालाई पनि प्रचलित कानून बमोजिम कारबाही गर्ने जनाएको छ। सरकारले फागुन २८ गते विप्लव नेतृत्वको पार्टीलाई […]

सरकारको विषयमा यसरी पनि सोच्ने हो कि !

Published: in विचार/ब्लग, समाज, by . Leave a Comment on सरकारको विषयमा यसरी पनि सोच्ने हो कि !.

छोरी सरला भन्दै थिइन्, काठमाडौमा त होली आउनुभन्दा १५ दिन पहिलेदेखि नै केटीहरुलाई लुकेर र झुक्याएर लोला हान्ने गर्थे । कलेज जान कस्तो गाह्रो हुन्थ्यो । जे होस् अहिलेका केटीहरुले यस्तो असभ्यता भोग्नु परेको रहेनछ । २०७५ सालसम्मको होलीमा आइपुग्दा अपरिचितलाई झुक्याएर लोला हान्ने, जबरजस्ती रंग दल्ने कुरा पूरै नियन्त्रणमा आएको रहेछ । बितेका २५ […]

निर्मला बलात्कार र हत्या ; साढे १० लाखमा थुना मुक्त भए तत्कालिन एसपी विष्ट

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निर्मला बलात्कार र हत्या ; साढे १० लाखमा थुना मुक्त भए तत्कालिन एसपी विष्ट.

काठमाडौं । कञ्चनपुर जिल्ला अदालतले तोकेको १० लाख रुपैयाँ धरौटी तिरेर तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी दिल्लीराज विष्ट थुना मुक्त भएका छन्। कञ्चनपुर जिल्ला अदालतले प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई यातना दिएको अभियोगमा आइतबार साढे १० लाख धरौटी रकम तिर्न आदेश गरेको थियो। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले […]

गोमेन्द्र बिर्तामोडलमा २०७६ बैशाखदेखि स्मार्ट कक्षा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गोमेन्द्र बिर्तामोडलमा २०७६ बैशाखदेखि स्मार्ट कक्षा.

बिर्तामोड । दुई दशक लामो शैक्षिक इतिहास बोकेको गोमेन्द्र बिर्तामोडल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ देखि स्मार्ट क्लास प्रविधि लागू गर्ने तयारी गरेको छ । विद्यार्थीलाई अहिलेको विश्वले अवलम्बन गरेको शैक्षिक प्रणालीमा अब्बल र दक्ष बनाउँदै एउटा नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले स्मार्ट कक्षा सञ्चालन गर्न लागिएको विद्यालयका निर्देशक उत्तम खनालले जानकारी दिएका छन् । […]

डेटिङमा समस्या आएपछि आमाले छोरी बेचिन्

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डेटिङमा समस्या आएपछि आमाले छोरी बेचिन्.

काठमाडौं । एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफ्नो स्वार्थका लागि नवजातलाई जुन व्यवहार गरिन् त्यसले आमा र बच्चाको सम्बन्धलाई लज्जास्पद बनाएको छ । बच्चाका कारण आफ्नो डेटिङमा समस्या आएकाले उनले एक हप्तामात्र पुगेकी आफ्नी छोरीलाई बेचेकी थिइन् । उक्त घटनाका कारण मस्कोमा प्रहरीले २३ वर्र्षीय […]

फेब्रिकको माला बनाउँदै बिर्तामोडका महिला (भिडियो रिपोर्ट)

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on फेब्रिकको माला बनाउँदै बिर्तामोडका महिला (भिडियो रिपोर्ट).

बिर्तामोड । बिर्तामोड नगरपालिकाका २० जना महिलाले फेब्रिकको माला तथा ब्याच बनाउने सात दिने तालिम प्राप्त गरेका छन् । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा कान्तिपुर सुदुरपश्चिम टेक्निकल कलेजले तालिमको संयोजन गरेको थियो । गत फागुन २५ गतेदेखि ३० गतेसम्म महेन्द्र रत्न माविको स्रोतकेन्द्र भवनमा सञ्चालित हस्तकला तालिमको सहजीकरण हेटौंडाकी कमला सुवेदीले गरेकी हुन् । नेपाल ललितकला […]