भद्रपुर । झापाको सदरमुकाम भद्रपुुर नगरपालिकाको मेची नदीमा गरिने सार्वजनिक छठ पूजा समारोहलाई भव्य बनाउन नगरबासी जुटेका छन् । यसवर्ष पनि छठ पूजा समारोह दर्शनीय र मनमोहक तुल्याउन मैथिल समाज झापा भद्रपुरको अगुवाइमा तयारी शुरु गरिएको समाजका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए । यसै विषयमा भद्रपुर नगरपालिकाको सभाहलमा जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, स्थानीय संघ–संस्था, क्लब, […]
भद्रपुर । झापाको सदरमुकाम भद्रपुुर नगरपालिकाको वडा नं ७ मा स्थापित अस्थायी प्रहरी बिटलाई वडाबासीको आर्थिक सहयोगमा वडा कार्यालयले मोटरसाइकल प्रदान गरेको छ । ७ नं वडालगायत नगरकै सुरक्षामा सहजता प्रदान गर्न वडा कार्यालयले प्रहरीलाई दुई लाख २५ हजार मूल्य बराबरको यामाहा एफ–जेड मोटरसाइकल उपलब्ध गराएको हो । भद्रपुर नगरक्षेत्रमा पछिल्ला समयमा चोरी–लुटपाटका घटना बढ्दै […]
भद्रपुर । सघन सहरी विकास अन्तर्गत भद्रपुरमा सडक स्तरीकरणको काम गर्ने ठेकेदार कम्पनीको लापरवाहीका कारण खानेपानी प्रदुषण बढेको छ । सडक विस्तार गर्दा पानी वितरणका लागि बिछ्याइएका पाइपलाइन माथि जेसिभीले जथाभावी खन्दा पाइप फुटेर पानी प्रदुषण हुनेक्रम बढेको हो । पानी प्रदुषित भएपछि उपभोक्तामा छाला चिलाउने, झाडा पखाला, निमोनिया, श्वाश्वास प्रश्वास सम्बन्धी समस्या, जण्डिसलगायत रोगले […]
काठमाडौं । नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको निधनलगत्तै विभिन्न दलका शीर्ष नेताहरुले श्रद्धाञ्जलीले व्यक्त गरेका छन् । आइतबार मध्यान्ह तुलाधरको निधनको समाचार आएलगत्तै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले बेग्लाबेग्लै सन्देशसहित श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले टि्वट गरेर तुलाधरलाई ‘बरिष्ठ वामपन्थी नेता’ भनेका छन् । वाम आन्दोलनमा तुलाधरले पुर्याएको योगदान सदा स्मरणीय रहने प्रधानमन्त्रीको भनाइ […]
भद्रपुर । झापामा नदीजन्य बस्तु उत्खननमा नियम विपरित गहिरो खन्ने कामका लागि स्काइभ भेटर प्रयोग गर्ने गरिए पनि नियामकको भूमिका पाएका निकाय बेखबर रहेको पाइएको छ । स्थानीय तह मार्फत नदी उत्खननको ठेक्का लगाइएका अधिकांस नदीमा नियम विपरित स्काइभ भेटर प्रयोग गरेर गिटी बालुवा उठाउने गरिएको छ तर पनि नियन्त्रण गर्ने निकाय बेखबरजस्तै भएको हो […]
धनकुटा । धनकुटाको हिलेमा एक युवाको हत्या भएको छ । हिलेमा सञ्चालित रमाइलो मेला रेखदेख गर्दै आएका सुनसरीको इटहरी उपमहानगरपालिकाका ३६ वर्षीय रामबाबु चौधरीको गएराति हत्या भएको हो । उनको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । राति ओछ्यानमै हत्या गरेर उनको शव बाहिर फालेको अवस्थामा फेला परेको प्रहरी चौकी हिलेका […]
काठमाडौं। वैदेशिक रोजगार विभागले शनिबार (आज) पनि श्रम स्वीकृतिको काम गरिरहेको छ । वैदेशिक रोजगारीमा जाने मानिसको चाप अत्यधिक बढेपछि विभागले सार्वजनिक बिदाको दिन पनि काम गरिरहेको हो । विभाग प्रमुख युवराज खतिवडाले कामको चाप बढेकाले शनिबार पनि सेवा दिएको बताए । विभागले पछिल्लो समय दैनिक १४ सयजनाको श्रम स्वीकृति दिने गरेको छ ।
काठमाडौं । गएको अक्टोबर २४ मा भारतीय प्रधानमन्त्री सिओल शान्ति पुरस्कारबाट सम्मानित भए । सन् १९९० मा स्थापना भएको सिओल शान्ति पुरस्कार २४ औं ओलम्पिक खेलकुद कोरियामा सफल रुपमा सम्पन्न भएको खुशीयालीमा प्रत्येक दुई वर्षमा प्रदान गर्ने गरिएको छ । २४ औं ओलम्पिक खेलकुद प्रतियोगितामा १६० देशको सहभागिता रहेको थियो । खेलकुद आयोजनाको अवसरका सबै […]
अर्घाखाँची । घुमघामको क्रममा अर्घाखाँची पुगेका ५० जना भन्दा बढी विदेशी नागरिकलाई नियन्त्रणमा लिने प्रयासमा स्थानीय प्रशासन लागिपरेको छ । अर्घाखाँचीको सीतगंगा ६,–बुङची खोलाको बगरमा नाङ्गै भएर उच्छृङ्खल गतिविधि गरेको आरोप उनीहरुमाथि छ । बेलायत, स्पेन, प्यालेस्टाइन, अमेरिका, जापान, कोरिया, इजरायल, अर्जेन्टिना भारत लगायतका मुलुकका उनीहरु खोलाको बगर किनारको निजी जग्गामा टेन्ट हालेर बसेका छन्। […]
काठमाडाैं । गएको अक्टोबर २ मा टर्कीको स्तानबुलमा हत्या गरिएका साउदीका पत्रकार जमल खशोज्जीको हत्या अझैसम्म रहस्यमय रहेको छ । विश्वभर खशोज्जीको हत्याको बिरोध भए पनि उनको हत्याबारे तथ्य बाहिरिएको छैन् । अमेरिका लगायत विश्वका ठूला देशहरुले समेत उनको हत्याको बिरोध गरेका छन् । तर साउदीले उनको हत्याको तथ्य अझै बाहिर ल्याएको छैन् । साउदीका राजकुमार […]