सुरुङ्गा । कनकाई नगरपालिकाका वार्डनम्बर १ र २ नम्बर वार्डका वडावाीशीले अब बढीमा ४ बर्षभित्र स्वच्छ पिउने पानी खान पाउने भएका छन । यस अघि विभिन्न संचारमाध्यमबाट यस क्षेत्रका जनताले पिउदै आएको कोक जस्तो रङ्गको पानीका वारेमा समाचार प्रकाशन प्रशारण भएपछि नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालयबाट १३ करोड ७५ लाख रुपैँया तथा उपभोक्ताबाट २ […]
रोङ (इलाम) । वीरता जेसीज र काठमाडौं जेसीजले इलामको रोङ गाउँपालिका वडा नं. ६ स्थित मोतीराम माविका १४५ विद्यार्थीलाई विद्यालय पोशाक तथा व्याग सहयोग प्रदान गरेका छन् । जेसीजको सहयोगमा विद्यार्थीसहित स्थानीयबासी ३०० जनाको निःशुल्क आँखा तथा शारीरिक स्वास्थ्य परीक्षण गरिएको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरी र काठमाडौं जेसीजका अध्यक्ष इनु थापाको अध्यक्षतामा […]
काठमाडौँ । आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको १००औं जन्म दिन । वि सं. १९७६ साल असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा उनको जन्म भएको हो । नेपाली जनजीवनमा लोकप्रिय कविका रुपमा सुरपरिचित घिमिरेलाई राज्यले राष्ट्रकविको दर्जा दिएको छ । उनै राष्ट्रकविको १००औं जन्मदिनमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि घिमिरेलाई भेटेकी छन् । एक सय वर्ष पुगेका राष्ट्रकवि […]
आमा–दिदीबहिनीलाई ज्युँदै सति पठाउने प्रचलन थियो भनेर सदियौँसम्म सरापिरह्यौँ । तत्कालीन व्यवस्थाप्रति असहमति राख्दै आन्दोलनमा होमियौं । फलस्वरूप राणा युग इतिहासको गर्तमा विलय भयो । त्यसपछि आयो पञ्चायत युग । त्यसले पनि छोरी, चेली आमा–दिदीबहिनीमाथि न्याय दिन सकेन । नमिता–सुनिताको इज्जत लिलाम गरेर सेतीको खोँचमा बगाइयो । त्यसलाई फेरेर ल्याइएको बहुदलले पनि आम नारीलाई अलमलमै […]
मेचीनगर । मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउन थालेपछि नगरमा कुष्ठरोगीका नयाँ विरामी फेला पर्न थालेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक शशीकला राईले स्वास्थ्यकर्मीहरु कुष्ठरोगी खोज्दै गाउँगाउँ जान थालेपछि नगरका विभिन्न वडामा १६ जना नयाँ रोगी फेला परेको बताइन् । उनका अनुसार सामाजिक भेदभावका कारण कुष्ठरोगीहरु खुलेरै उपचारका लागि नपुग्ने गरेका […]
काठमाडौं । संविधानको धारा ४३ ले सामाजिक सुरक्षाको हक प्रत्याभूत गरेको छ । मौलिक हक अन्तर्गत रहेको यही व्यवस्थालाई कार्यान्वयन गर्न प्रतिनिधिसभाले ‘सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘२०७५’ पारित गरेको छ । यो विधेयक अब राष्ट्रपतिले प्रमाणिकरण गरेर राजपत्रमा प्रकाशित भएपछि लागू हुने विधेयकमा उल्लेख छ । संविधानको धारा ४३ मा उल्लेख भए बमोजिको […]
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो । नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्न भनेको छ । निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई […]
कञ्चनपुर — निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो । घटनापछि उनका सहपाठीसमेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरू बताउँछन् । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् । ‘हामी सानैदेखि […]
काँकरभिट्टा । संविधान दिवसको अवसर पारेर बुधबार झापाको मेचीनगरको प्रमुख व्यपारिक केन्द्र काँकरभिट्टा बजारको सरसफाई गरिएको छ । मेचीनगर— ६ नम्बर वडाको आयोजनामा भएको सरसफाई कार्यक्रममा नेपाल, सशस्त्र प्रहरी, विभिन्न सामाजिक संघ संस्थाहरुले सहभागिता जनाएका थिए । टोलीले बसपार्क, मुख्य राजमार्गको दुवै साइड, बाहुनडाँगी रोड, भन्सार तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा सरसफाई गरेको वडाध्यक्ष […]
भद्रपुर । ‘सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान’ नारासहित वन ऐन २०४९ को संशोधन अन्र्तगत दोस्रो वन ऐन संशोधन २०७३ बारे दुई दिने अन्तरक्रिया सम्पन्न गरिएको छ । चन्द्रगढी वन समितिको आयोजनामा भद्रपुर ९ स्थित समितिको कार्यालयमा सहायक वन अधिकृत राजन राई र सामुदायिक वन उपभोक्ता महासंघ झापाका पूर्व अध्यक्ष छत्र पौडेलले वन संरक्षण, सामुदायिक […]