खुदुनाबारी । एक साता अघि बलात्कृत चार वर्षीया बालिका र पीडित परिवारलाई अर्जुनधारा वडा कार्यालय, सामाजिक संघ–सस्था र सामाजिक अगुवाहरुले सहयोग रकमसहित खाद्यान्न प्रदान गरेका छन् । पीडित बालिकाका परिवारलाई अर्जुनधारा २ वडा कार्यालयले २ हजार २०० रुपैयाँ, शान्ति सामुदायिक वन उपभोक्ता समूहले ५ हजार रुपैंया, सामाजिक अगुवाहरुबाट संकलित १९ सय रुपैंया नगद रकमसहित चामल, […]
काठमाडौं । आज गठे मंगल पर्व, राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले आज देशभर यो पर्व मनाउँदै छन् । साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ । आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम […]
दूधे । वर्षाको समयमा हुने कटान र डुवानवाट जनधन क्षति हुनबाट जोगाउन शिवसताक्षी नगरस्तरीय विपद् व्यवस्थापन समितिले बुधबार सरोकारवालासँग छलफल गरेको छ । समितिका अध्यक्ष नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नगर क्षेत्रका साना–ठूला खोलाहरुबाट हुन सक्ने भौतिक तथा मानवीय क्षतिलाई नियन्त्रण गर्न सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाका […]
मेचीनगर । काँकरभिट्टा क्षेत्रबाट मानिस हराउने क्रम बढ्दै गएको छ । आफन्त संघ संस्था र प्रहरीले खोज्दा समेत मानिसहरु कहाँ जान्छन, पत्ता लाग्न सकेका छैनन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको महिला तथा बालबालिका केन्द्रको तथ्याङ्क अनुसार वितेको आर्थिक वर्ष २०७४÷०७५ मा मात्र १ सय ४८ जना मानिस हराएका छन् । हराउनेमा महिलाको संख्या उल्लेख्य छ […]
बिर्तामोड । वीरता जेसीजमा दीर्घकालिन योजना समितिको गठन भएको छ । जसको सभापतिमा संस्थाका पूर्व अध्यक्ष राजकुमार पोखरेल चयन भएका छन् । जेसीजको परिमार्जित विधान अनुसार पोखरेललाई दीर्घकालिन योजना सभापतिमा वीरता जेसीजको कार्यसमितिले चयन गरेको हो । वीरता जेसीजको नेतृत्व हरेक वर्ष परिवर्तन भए पनि पोखरेल सभापति रहेको संस्थाको दीर्घकालिन योजना समितिको कार्यवधि भने तीन […]
मेचीनगर । स्टुडेन्ट्स राइजिङ टिम मेचीनगरले आगामी साउन २६ गते मेचीनगरका केही सार्वजानिक स्थलहरु सरसफाई तथा वृक्षारोपण गर्ने भएको छ । स्टुडेन्ट्स राइजिङ टिम मेचीनगरमा क्रियाशील सदस्य अभिषेक दाहालका अनुसार स्टुडेन्ट्स राइजिङ टिमले विगत २ वर्षदेखि विद्यँलय र विद्यँर्थीको क्षेत्रमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । विद्यार्थी विशेष अतिरिक्त क्रियाकलाप कार्यक्रम, विद्यार्थीका लागि विभिन्न […]
काठमाडौँ । तपाईको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्को खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् । किनभने मोबाइल हराउनुअगावै तपाईको […]
काठमाडौं । २७ दिन आमरण अनशन बसेर सरकारसँग सम्झौता गरेका डा. गोविन्द केसीले सरकारले तोकिएको समयमा माग पूरा नभए पुनः अनशन बस्ने बताएका छन् । अनशन तोडेपछि उपचार गरी आज डिस्चार्ज भएका केसीले पत्रकार सम्मेलन गरेर सरकारले सम्झौता कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । कुनै बहाना वा ढिलाइ नगरी शीघ्र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट […]
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशभर बदली हुनसक्ने अनुमान गरेको छ । मध्य तथा पूर्वमा भने भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार, मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने छ । देशका थोरै स्थानमा भने मंगलबार (आज) भारी वर्षा हुनसक्छ । रातको समयमा मध्य र पूर्वका केही स्थानमा भारी […]
काठमाडौं । हालसम्म कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो। अब भने विवाह रद्द नै हुनेछ। वि.सं. १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाउको मुलुकी ऐन विस्थापित गरी भदौ १ देखि लागु हुन लागेका ६ कानुनी संहिता र त्यससम्बन्धी कार्यविधिमा बालविवाह र बहुविवाहसम्बन्धी नयाँ व्यवस्था गरिएको हो। […]