Sajhamanch Archive

बंगलादेशविरुद्धकाे प्लेइङ ११: विशाल रार्इ र अञ्जनकाे ठाउँमा भरत खवास र निराजन खड्का

Published: in खेलकुद by . Leave a Comment on बंगलादेशविरुद्धकाे प्लेइङ ११: विशाल रार्इ र अञ्जनकाे ठाउँमा भरत खवास र निराजन खड्का.

साफ च्याम्पियनशिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज घरेलु टोली बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनल प्रवेशका लागि निर्णायक मानिएको खेल ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा आज साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । नेपाली टोलीको सुरुआती ११ सार्वजनिक भएको छ । प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्धको खेलमा भन्दा एक परिवर्तन गरेका छन् । उनले मिडफिल्डर विशाल […]

शिवसताक्षीको झिलझिलेमा भेट्रान फुटबल प्रतियोगिता हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on शिवसताक्षीको झिलझिलेमा भेट्रान फुटबल प्रतियोगिता हुने.

दूधे । झापाको झिलझिलेमा वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । समाज सेवी युवा क्लकको आयोजनामा स्व. रुखमाया लिम्बुको स्मृतिमा विजया दशमीको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । प्रतियोगिता २०७५ आसोज १७ गतेदेखि २७ गतेसम्म हुने आयोजक समाज सेवी युवा क्लकका अध्यक्ष राजु त्रिखत्रीले जानकारी दिए । […]

सुरुङ्गामा अन्तर प्रदेश नक आउट क्रिकेट प्रतियोगिता हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on सुरुङ्गामा अन्तर प्रदेश नक आउट क्रिकेट प्रतियोगिता हुने.

सुरुङ्गा । आगामी भदौ ३० गतेदेखि असोज ६ गतेसम्म झापाको सुरुङ्गामा प्रथम अन्तरप्रदेश नक आउट क्रिकेट प्रतियोगिता हुने भएको छ । स्थानीय कनकाई माविको खेल मैदानमा हुने प्रतियोगिता स्थानीय सचेत युवाक्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा हुने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । प्रतियोगितामा आयोजक टिम सहित , विर्तामोड , विराटनगर […]

असोजमा दोस्रो खुदुनाबारी गोल्डकप हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on असोजमा दोस्रो खुदुनाबारी गोल्डकप हुने.

खुदुनाबारी क्षेत्रमा खेलकुदको विकाश विस्तार तथा खेल मैदानको स्तरोन्नती गर्ने उदेश्यले अर्जुनधारा नगरपालिका ३ स्थित च्यारिटी युथ क्लबले पुरानो शिविर खुदुनाबारी माथिल्लो बाङ्गे खेल मैदानमा दोस्रो खुदुनाबारी गोल्डकप २०७५ आयोजना गर्ने भएको छ । अर्जुनधारा नगरपालिका वार्ड.न.३ का वडा अध्यक्ष जिवनकुमार भण्डारी, वडा सदस्य होम दुलाल, सामाजिक अगुवा व्यक्तित्व लगायत खेलकुद क्षेत्रमा चासो राख्ने विभिन्न […]

साफ च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्ने, नेपाललाई जित्नैपर्ने दबाब

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on साफ च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्ने, नेपाललाई जित्नैपर्ने दबाब.

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । बंगलादेशमा जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ वजे ढाकाको बंगबन्धु रंगशालामा हुनेछ । नेपाली फुटबल टोली अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन । यसअघिका प्रतियोगितामा नेपाल चार पटक […]

साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंका खेल्दै

Published: in खेलकुद by . Leave a Comment on साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंका खेल्दै.

साफ च्याम्पियनसिपको सर्वाधिक सफल टिम भारत आज श्रीलंकासँग खेल्दैछ । ढाकास्थित बंगबन्धु रंगशालामा यो खेल नेपाली समय अनुशार पौने सात बजे हुनेछ । सात पटकको च्याम्पियन भारत अहिले पनि प्रतियोगिताको दाबेदार हो । यसपटक भारतले यू–२३ युवा टिमलाई साफ च्याम्पियनसिपमा उतार्नेछ । अघिल्लो संस्करणमा अफगानिस्तानलाई हराएर च्याम्पियन बनेको भारतीय टिममा यू–१७ विश्वकप खेलेका खेलाडीको राम्रो […]

हङकङसँग नेपाल पराजित

Published: in खेलकुद by . Leave a Comment on हङकङसँग नेपाल पराजित.

काठमाडौँ ।  मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार हङकङबिरुद्ध नेपाल ३ विकेटले पराजित भएको छ । जीतका लागि ९६ रनको झिनो लक्ष्य पाएको हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर पछ्यायो । झिनो लक्ष्य भए पनि नेपाली बलरहरुले हङकङका ब्याट्सम्यानहरुलाई अन्तिम समयसम्म दबाबमा राखेका थिए । सन्दीप लामिछानेले १० ओभरमा […]

साफ च्याम्पियनसिप : नेपाल भर्सेस पाकिस्तान हेड टु हेड

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on साफ च्याम्पियनसिप : नेपाल भर्सेस पाकिस्तान हेड टु हेड.

साफ च्याम्पियनसिपको १२औं संस्करणको पहिलो खेलमा नेपालले आज पाकिस्तानको सामना गर्दैछ । अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र पाकिस्तान कुल १५ पटक खेलेका छन् । जसमा पाँच खेल नेपालले र पाँच खेल पाकिस्तानले जितेको छ । बाँकी पाँच खेल बराबरीमा सकिएको छ । नेपाल र पाकिस्तान अन्तिम पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा नै खेलेका थिए । […]

एसिया कप: नेपाल–हङकङ भिड्दै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on एसिया कप: नेपाल–हङकङ भिड्दै.

काठमाडाैं । एसीसी एसिया कप छनोट क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गदै छ । फाइनल प्रवेशका लागि नेपाललाई जितमात्र पर्याप्त हुँदैन्। त्यसका लागि चमत्कारीक प्रदर्शन गर्नुपर्ने हुन्छ। छनोटको सुरुका दुई खेलमा पराजित भएको नेपाललाई फाइनलमा प्रवेश गर्नका लागि अर्काको भर पर्नु परेको छ। मंगलबार नै हुने अर्को खेलमा ओमनाले युएईलाई हराएमात्र […]

‘तेश्रो पिस प्वाइन्ट कप’ सुरु

Published: in खेलकुद by . Leave a Comment on ‘तेश्रो पिस प्वाइन्ट कप’ सुरु.

काठमाडौँ । कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा अन्तर विद्यालय फुटबल टुर्नामेन्ट ‘तेश्रो पिस प्वाइन्ट कप’ आजबाट सानो गौचरणमा सुरु भएको छ । एक हप्तासम्म हुने उक्त ‘तेश्रो पिस प्वाइन्ट कप’ को आज औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरि सुरु गरिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरको प्रमुख […]