काठमाडौं । सन् १९९१ मा स्वतन्त्र राष्ट्रको हैसियत पाएको क्रोयसिया यसपालीको फिफा विश्व कपको फाइनलसम्म पुग्छ भनेर कसैले कल्पनासमेत गरेका थिएनन्। तर, समूह चरणमा अर्जेन्टिनालाई हराएपछि अचानक सो मुलुक उपाधिको दावेदारको रुपको अगाडि आयो। यसपालीको फाइनल सन् १९९८ को विश्व कप सेमिफाइनलको पुनरावृत्ति पनि हो। सो वर्ष स्वतन्त्र राष्ट्रको हैसियतमा पहिलो पटक विश्व कप खेल्दा […]
काठमाडौं । इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अगता लिएको थियो । प्रभावशाली प्रदर्शन गरेका इडेन हर्जाडले निर्धारित समयको खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गर्दै जित सुनिश्चित गरे […]
विश्वकप फुटबलअन्तर्गत शनिवार तेस्रो स्थानका लागि बेल्जियमविरुद्ध इंग्ल्याण्ड मैदानमा उत्रिँदैछ। समूह जीमा रहेका दुवै टोलीले समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिस्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो। त्यसैले समूह चरणमा इंग्ल्याण्ड समूह चरणको हारको बदला लिने दाउमा पनि रहनेछ। शनिवार हुने यी दुई टोलीबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समय अनुसार […]
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप जाडो महिनामा हुने भएको छ । फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले कतार विश्वकपको मिति नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म गर्ने घोषणा गरे । यो घोषणापछि विश्वकप इतिहासमै पहिलो पटक प्रतियोगिता जाडो महिनामा हुन लागेको हो । २१औं संस्करणसम्म आइपुग्दा सबै संस्करण जुन–जुलाईमा हुँदै आएका छन् । नोभेम्बर र […]
काठमाडौं । फूटबलको ज्वरो संसारभरिका प्रशंसकलाई चर्को गरी आएको छ । यो खेलका लागि प्रशंसकको पागलपन विश्वकपका बेलामा झनै चर्किन्छ । अनि प्रशंसकहरू आफ्ना प्रिय खेलाडीप्रति श्रद्धा देखाउनका लागि नयाँ नयाँ तरिका खोजिरहेका हुन्छन् । साइबेरियाका एक हजामले यस्ता प्रशंसकका लागि राम्रो योजना ल्याएका छन् । उनले मानिसको कपाल काट्दा शिरमा विभिन्न आकृति बनाइदिन्छन् । […]
२० वर्षपछि सेमिफाइनलमा पुगेको क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गरेर रुसमा जारी विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ। क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। यसअघि क्रोएसिया डेव्यु गरेकै वर्ष सन् १९९८ मा सेमिफाइनलमा पुगेको थियो। क्रोएसिया विश्वकपको फाइनलमा भने पहिलोपटक पुगेको हो। विश्वकप जितेको बलियो टिम मानिने इंग्ल्यान्डको विश्वकप २०१८ को यात्रामा पूर्णविराम लगाउँदै […]
फ्रान्स विश्वकप २०१८ को फाइनलमा प्रवेश गरेको छ। फ्रान्स सेमिफाइनलमा बेल्जियमलाई १-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। फ्रान्सलाई जीत दिलाउने स्यामुअल उम्टीटीले खेलको ५१औँ मिनेटमा गरेको हेड गोल नै पर्याप्त बन्यो। खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। त्यसपछि फ्रान्सले दोस्रो हाफको सुरुवातमा नै अग्रता लिएको थियो। उम्टीटीको उक्त एकमात्र गोल खेलको […]
काठमाडौँ । रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ । सेमिफाइनलमा फ्रान्स (घरेलु मैदानमा ब्राजिललाई हराई १९९८को विजेता), बेल्जियम, बेलायत (घरेलु मैदानमा तत्कालीन […]
विश्वकप २०१८ बाट क्वाटर फाइनलसम्म यात्रा गर्दै आयोजक रुस बाहिरिएको छ। रुसलाई क्वाटर फाइनलमा क्रोएसियाले पराजित गरेको हो। क्रोएसियाले रुसलाई पेनाल्टी सुटआउटमा ४–३ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। निर्धारित समयमा एक एक गोलको बराबरी र अतिरिक्त ३० मिनेटको समयमा दुई दुईको बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउट मार्फत निर्णय लिइएको हो। पेनाल्टी […]
इंग्ल्यान्ड सन् १९९० पछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। रुसमा जारी विश्वकप २०१८ को क्वाटर फाइनलमा स्वीडेनलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनल यात्रा तय गरेको हो। इंग्ल्यान्डलाई सेमिफाइनलमा पुर्याउने क्रममा ह्यारी म्यागुइरे र डेले अल्लीले गोल गरेका थिए। दुवै गोल हेड मार्फत गरिएका थिए। डेलेले खेलको ५९औँ मिनेटमा गोल गरे भने पहिलो गोल […]