Sajhamanch Archive

प्रधानाध्यापकको राजीनामा माग्दै विद्यार्थीले लगाए कार्यकक्षमा ताल्चा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रधानाध्यापकको राजीनामा माग्दै विद्यार्थीले लगाए कार्यकक्षमा ताल्चा.

पाँचथर । पाँचथरको सदरमुकाममा रहेको फिदिम माविमा कक्षा ९ मा अध्ययनरत रोहित राईलाई अस्पताल नै भर्ना हुने गरी कुटपिट गर्ने प्रधानाध्यापकको राजीनामा माग गर्दै तीनवटा विद्यार्थी संगठनले आज तीन कार्यकक्षमा ताला लगाएका छन् । विद्यार्थी संगठनहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कार्यकक्ष, प्रधानाध्यापकको कार्यकक्ष र विद्यालको प्रशासनमा ताला लगाएका हुन् । प्रधानाध्यापक दुर्गाराज खत्रीको राजीनामा हुनुपर्ने […]

‘सहकारी सूचना तथा स्रोत केन्द्रको अवधारणा राम्रो लाग्यो’ : सांसद निरौला

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on ‘सहकारी सूचना तथा स्रोत केन्द्रको अवधारणा राम्रो लाग्यो’ : सांसद निरौला.

कनकाई । झापा जिल्ला सहकारी संघ लिमिटेडको २२औं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । कनकाई नगरपालिकाको जामुनखाडी सीमसार क्षेत्रमा आयोजित साधारणसभाको उद्घाटन प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले गरेकी हुन् । उद्घाटन पछि आफ्नो मन्तब्यमा सांसद निरौलाले नेपालको संविधानले सहकारी क्षेत्रलाई अर्थतन्त्रको एउटा गहकिलो खम्बा स्वीकार गरेकाले सरकार र निजी […]

खुदुनाबारीमा एकीकृत घुम्ती शिविर, सयौंले पाए आँगनमै सेवा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on खुदुनाबारीमा एकीकृत घुम्ती शिविर, सयौंले पाए आँगनमै सेवा.

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नम्बर १, २ र ३ लाई लक्षित गरी आज एकीकृत घुम्ती शिविर गरिएको छ । नगरपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय झापाको संयोजनमा शिविर सञ्चालन भएको हो । शिविरमा करिव २५ सय सर्वसाधारण नागरिकहरुले दर्जनौं सेवा लिएका छन् । शिविरमा नागरिकता वितरण र फोटोसहितको मतदाता नामावली संकलनजस्ता प्रशासनिक कार्यहरु गरिएका […]

बीबीसी इँटा उद्योग विरुद्ध दुहागढीबासी आन्दोलित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बीबीसी इँटा उद्योग विरुद्ध दुहागढीबासी आन्दोलित.

मेचीनगर । झापाको दुहागढीमा सञ्चालित बीबीसी इँटा उद्योगको प्रदुषणका कारण जनजीवन कष्टकर बनेको भन्दैं तत्काल उद्योग बन्द गर्नुपर्ने माग गदैं स्थानीयबासी आन्दोलित भएका छन् । स्थानीयबासी र ईंटाभट्टा सञ्चालकबीच भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै उद्योग तत्काल बन्द गर्न माग गरेका हुन् । मेचीनगर नगरपालिका १४ नम्बर वडामा सञ्चालन रहेको बीबीसी ईंटा उद्योगको प्रदुषणका कारण जनजीवन […]

।। सिम्रिक साकोसको वार्षिकोत्सवः १९५ जनाद्वारा रक्तदान ।। ८ जना सम्मानित ।।

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ।। सिम्रिक साकोसको वार्षिकोत्सवः १९५ जनाद्वारा रक्तदान ।। ८ जना सम्मानित ।।.

बिर्तामोड । यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो आठौं स्थापना दिवस तथा वार्षिकोत्सव समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमसहित सम्मान र पुरस्कार वितरण गरेर संस्थाले आफ्नो वार्षिकोत्सव मनाएको हो । झापाको इतिहासमा नै आज एउटै कार्यक्रमबाट सबैभन्दा धेरै रक्तदाताले १९५ पिन्ट रक्तदान गरेका छन् । रक्तदातामध्ये रेडक्रसकर्मी ओमप्रकाश लुईटेलले आज ६४औं […]

बिएण्डसीमा यसैवर्षदेखि एमबीबीएस कक्षा सुरु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on बिएण्डसीमा यसैवर्षदेखि एमबीबीएस कक्षा सुरु.

बिर्तामोड । यहाँस्थित बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलमा यही फागुन १ गतेदेखि १५ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । आज पत्रकार सम्मेलन गरी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले अस्पतालको सामाजिक सेवा कार्यअन्तरगत सर्वसाधारणलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताए । उनले भने ‘आजकै मितिबाट लागू हुनेगरी अस्पतालले दिने […]

भद्रपुर नगरपालिकाको तेस्रो नगरसभाबाट नगर–विकासका २९ वटा निर्णय पारित

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपालिकाको तेस्रो नगरसभाबाट नगर–विकासका २९ वटा निर्णय पारित.

भद्रपुर । झापाको सबैभन्दा जेठो नगरपालिका भद्रपुर नगरपालिकाले तेस्रो नगरसभा सम्पन्न गरेको छ । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि झापाका १५ वटै स्थानीय तहमध्ये सबैभन्दा पहिले नगरसभा सम्पन्न गर्ने कार्यलाई भद्रपुर नगरपालिकाले निरन्तरता दिएको हो । भद्रपुरले पहिलो र दोस्रो नगरसभा पनि अरु स्थानीय तहभन्दा अगाडि नै सम्पन्न गरेको थियो । यो नगरसभालाई चालु आर्थिक वर्षको पहिलो […]

सकियो विर्तामोड महोत्सव, २२ करोड कारोबारको अनुमान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सकियो विर्तामोड महोत्सव, २२ करोड कारोबारको अनुमान.

बिर्तामोड । बिर्तामोडमा सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सकिएको छ । ११ माघबाट सुरु भइ १३ दिनसम्म सञ्चालन भएको महोत्सव बुधबार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । डेढलाख मानिसले अवलोकन गरेको महोत्सवमा २२ करोड रुपैयाँको कारोबार अनुमान गरिएको महोत्सव आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालले बताए । महोत्सव आयोजक संस्था बिर्तामोड उद्योग वाणिज्य […]

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आज अन्तिम दिन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आज अन्तिम दिन.

बिर्तामोड । झापाको बिर्तामोडमा गत माघ ११ गतेदेखि सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आज अन्तिम दिन, एक भव्य कार्यक्रमको आयोजना गरी महोत्सव समापन गर्ने आयोजक तयारी भएको छ । महोत्सवले बिर्तामोडको परिचयलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा जोड्न निकै बल पुर्याएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताएका छन् । महोत्सवभर २२ करोड रुपैयाँको […]

‘जनप्रतिनिधिहरुले तलब लिनु अचम्म लाग्दो विषय’ : वेलायती काउन्सीलर गुरुङ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on ‘जनप्रतिनिधिहरुले तलब लिनु अचम्म लाग्दो विषय’ : वेलायती काउन्सीलर गुरुङ.

बिर्तामोड । पत्रकारद्वय तीर्थ सिग्देल र सन्तोष आचार्यले संकलन, लेखन तथा सम्पादन गरेको समृद्धि किताबको आज विमोचन गरिएको छ । आज अपरान्ह बिर्तामोडमा आयोजित ‘झापाको विकास बहस २०७५’ कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पुस्तकको विमोचन गरिदिएका हुन् । समृद्धि किताबमा झापाका केही स्थानीय तहले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ […]