Sajhamanch Archive

सुरु भयो एशिया प्यासिफिक शिखर सम्मेलन, प्रधानमन्त्री ओलीसहित ७ सरकार प्रमुखले गरे सम्बोधन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सुरु भयो एशिया प्यासिफिक शिखर सम्मेलन, प्रधानमन्त्री ओलीसहित ७ सरकार प्रमुखले गरे सम्बोधन.

काठमाडौं । विश्वका ४५ मुलुकका १५०० प्रतिनिधि सहभागी एशिया प्यासिफिक समिट २०१८ राजधानीको ह्यात होटलमा सुरु भएको छ । सम्मेलन उद्घाटन समारोहमा मानवजातिले स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय रुपमा धेरै अप्ठ्यारो परिस्थितिको सामना गर्नु परिरहेको बताए । ‘अन्तरराष्ट्रिय व्यापार, भिन्न संस्कृतिहरु बीचको अन्तरक्रिया र प्रविधिको नवीनतम विकासले विश्व समुदायलाई अझ धेरै गहिरोसँग एकाकार गरेको छ,’ […]

कीर्तिनिधि विष्ट राष्ट्रवादी नेताः प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on कीर्तिनिधि विष्ट राष्ट्रवादी नेताः प्रधानमन्त्री ओली.

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री स्व. कीर्तिनिधि विष्ट राष्ट्रवादी नेता भएको बताएका छन् । काठमाडौंमा आज ‘कीर्तिनिधि विष्ट प्रखर राष्ट्रवादी नेता’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले विष्टले आफ्नो कार्यकालमा राष्ट्रवादी चरित्र प्रस्तुत गरेको टिप्पणी गरे । “तत्कालिन समयमा नेपालको उत्तर सीमामा रहेका भारतीय चेकपोस्ट हटाउने निर्णय गरेर विष्टले देशभक्तिको सन्देश दिएका थिए । प्रधानमन्त्री […]

पाँचथरमा दाम्लोमा बाँधिएका बालकको उद्धार (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on पाँचथरमा दाम्लोमा बाँधिएका बालकको उद्धार (भिडियोसहित).

फिदिम । आमाले छाडेर गएपछि दाम्लोमा बाँधिन बाध्य पाँच वर्षीय बालक मित्रहाङलाई उद्धार गरी उपचार गर्न पठाइएको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बास्थित पाङ्तुवाका उनी दुई वर्षयता दाम्लोमा बाँधिँदै आएका थिए। समाचार प्रकाशन भएपछि संघसंस्थाबाट सहयोग जुट्न थालेको हो। बालकलाई पत्रकार तथा मानवअधिकारकर्मीको रोहवरमा बिहीबार उद्धार गरी उपचार गर्न पठाइएको हो। मित्रहाङको उपचार गर्न मिक्लाजुङ गाउँपालिकाले […]

विचौलियाले पार्टी एकतामा सकस पैदा गराए : योगेश भट्टराई

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, by . Leave a Comment on विचौलियाले पार्टी एकतामा सकस पैदा गराए : योगेश भट्टराई.

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ठूलो पंक्ति नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट देखिएको छ। तीनैमध्येका नेता हुन्, स्थायी समिति सदस्य योगेश भट्टराई। स्पष्ट वक्ताका रूपमा पार्टीभित्र पहिचान बनाएका भट्टराई आगामी महाधिवेशनको गणितीय मनोविज्ञानका कारण तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाले पूर्णता पाउन नसकेको बताउँछन् । एकता प्रक्रिया, सरकारका काम कारवाहीलगायत विषयमा केन्द्रित रहेर भट्टराईसँग लिइएको अन्तर्वार्ताको […]

मनकामना मन्दिरमा सुनको छानो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मनकामना मन्दिरमा सुनको छानो.

गोरखा । पुनर्निर्माण सकिएसँगै गोरखामा रहेको प्रसिद्घ धार्मिक स्थल मनकामना मन्दिर बुधबारबाट भक्तजनका लागि खुला गरिएको छ । यस अघि मन्दिर नजिकैको टहरोमा भगवतीको प्रतिमा स्थापना गरेर पूजाको ब्यवस्था मिलाइएको थियो । २०७२ असारबाट पुनर्निर्माण शुरु भएको मन्दिर निर्माण सकिसँगै मन्दिर भित्रै पूजाको ब्यवस्था मिलाइएको पुजारी इन्सान थापाले जानकारी दिए । मन्दिर भित्र पूजा शुरु […]

यो सरकार जुम्रा मार्न र सिन्को भाँच्न बनेको होइन : प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on यो सरकार जुम्रा मार्न र सिन्को भाँच्न बनेको होइन : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जुम्रा मार्न र सिन्को भाँच्नका लागि नभई देश बनाउनका लागि भएको बताउनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘सरकार हरायो कहाँ छ भनेर पत्रपत्रिकामा कसैले सोधेछन् । कसैले सरकारले सिन्को पनि भाँचेन भनेको सुनियो, कसैले जुम्रा पनि मारेन […]

सरकारी निर्णयबाट नआत्तिन व्यवसायीहरुलाई सांसदको आग्रह

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सरकारी निर्णयबाट नआत्तिन व्यवसायीहरुलाई सांसदको आग्रह.

मेचीनगर । बैकल्पिक व्यवस्था नगरीकन २०७४ चैत्र १८ गते नेपाल सरकारको मन्त्री परिषद बैठकले सिण्डिकेटको नाममा यातायात व्यवसायीका संघ संस्था नविकरण नगर्ने निर्णयले देशकै यातायातक्षेत्र धराशायी र अस्तित्व संकटमा परेको व्यवसायीहरुले बताएका छन् । सोमबार मेची बस व्यवसायी संघ काँकरभिट्टाको २४ औँ वार्षिक साधारणसभाका अवसरमा बोल्ने अधिकांश व्यवसायी र मजदुरहरुले सरकारको यो निर्णयले हजारौं व्यवसायी […]

झापाको शिवसताक्षीमा आगलागीमा परी एकै परिवारका चार जनाको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on झापाको शिवसताक्षीमा आगलागीमा परी एकै परिवारका चार जनाको मृत्यु.

दूधे । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ लालझोडामा आगलागीमा परी चार जनाको मृत्यु भएको छ । अचानक घरमा आगो लाग्दा एकै परिवारका चार सदस्यको मृत्यु भएको हो । गए राती १०ः ३० बजेको समयमा उक्त आगलागी भएको हो । भानु माध्यमिक बिद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको […]

साझामञ्च मिडिया हाउस पुरस्कृत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on साझामञ्च मिडिया हाउस पुरस्कृत.

दमक । झापाको बिर्तामोडबाट सञ्चालन गरिँदै आएको साझामञ्च डट कम डिजिटल न्यूजपोर्टल र साझा सहकारी मञ्च टेलिभिजन कार्यक्रमको माध्यमबाट सहकारी अभियानको प्रवद्र्धृन गरेको ठहर गरी यसको प्रकाशन संस्था प्रशंसित र पुरस्कृत भएको छ । कमल गाउँपालिका ३ केरखामा मुख्य कार्यालय रही झापा जिल्लाभर कार्यक्षेत्र रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले साझामञ्चलाई वर्ष उत्कृष्ट सञ्चारगृहको रुपमा नगद […]

पुष ५ गतेदेखि भद्रपुरमा बीच भलिबल प्रतियोगिता हुँदै

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on पुष ५ गतेदेखि भद्रपुरमा बीच भलिबल प्रतियोगिता हुँदै.

भद्रपुर । स्थानीय सरकारको रचनात्मक कार्य अन्तरगत भद्रपुरको मेची बगरमा पहिलोपटक बीच भलिबल (बालुवामा खेलिने भलिबल) प्रतियोगिता हुने भएको छ । भद्रपुर ५ नम्बर वडाको आयोजनामा यही पुष ५ गतेदेखि ‘भद्रपुर मेची रिभर साइड भलिबल प्रतियोगिता’ हुन लागेको हो । पत्रकार सम्मेलनको आयोजना गरी वडा कार्यालयले भद्रपुर नगरको चलयमान स्वरूप स्थापित गर्न खेलकुदको माध्यमबाट पर्यटन […]