Sajhamanch Archive

भद्रपुरमा छैट पूजाको रौनक सुरु

Published: in मुख्य समाचार, समाज, by . Leave a Comment on भद्रपुरमा छैट पूजाको रौनक सुरु.

भद्रपुर । पूर्वकै ठूलो छैट पूजास्थलका रूपमा परिचित भद्रपुरस्थित मेची नदीमा भव्यताका साथ समावेशी छैट पूजा सुरु हुँदैछ । नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने झापाको सदरमुकाम भद्रपुरस्थित मेची नदीमा मनाइँदै आएको छैट पूजामा पाँच हजार पूजास्थल बनाइएको छ । करिब तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारीबाट हिमाल, पहाड र तराइका बासिन्दाले समान सहभागी हुने गरी पूजास्थल बनाइएको […]

आज छठ पर्व मनाइँदै, तराईका जिल्लामा विशेष उल्लास

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on आज छठ पर्व मनाइँदै, तराईका जिल्लामा विशेष उल्लास.

काठमाडौं । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने महान् पर्व छठको मुख्य दिन आज काठमाडौंसहित तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाइँदै छ । छठको तेस्रो तथा मुख्य दिन अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिएर यो पर्व मनाउने गरिन्छ । छठका लागि तराईसहित विभिन्न जिल्लामा झकिझकाउसँग सिंगारिएका नदी तथा तलाउ किनारामा जम्मा […]

बिएण्डसी अस्पतालले यसरी जोड्यो छिनेको हात

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बिएण्डसी अस्पतालले यसरी जोड्यो छिनेको हात.

बिर्तामोड । झापा विर्तामोडको बि एण्ड सी अस्पतालमा ९० प्रतिशत छिनेको अवस्थामा रहेको हातको सफल सल्यक्रिया गरी जोडिएको छ । इटहरीका प्रविन मण्डलको हात शल्यक्रिया गरी जोडिएको पत्रकार सम्मेलन गरी बि एण्ड सी अस्पतालले जानकारी गराएको हो । गएको असोज २२ गते इटहरीको एक प्लाष्टिक फ्याक्ट्रीमा मेसिन सफा गर्ने क्रममा अचानक मेसिनले चल्दा मण्डलको हात […]

‘गुनगुन’ कथा कहिल्यै पुरानो हुँदैन समाज सापेक्ष छ : निर्देशक भट्टराई

Published: (Updated: ) in टिप्स/जानकारी, मुख्य समाचार by . Leave a Comment on ‘गुनगुन’ कथा कहिल्यै पुरानो हुँदैन समाज सापेक्ष छ : निर्देशक भट्टराई.

बिर्तामोड । पारिवारीक र सामाजिक बिषयवस्तुमा आधारीत नेपाली चलचित्र ‘गुनगुन’ कात्तिक ३० गते देखि देशभर एकैसाथ प्रदशन हुने आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । चलचित्रका निर्देशक पुकार भट्टराई र अभिनेता सुवास मेचेले ‘गुनगुन’ देशभर कात्तिक ३० गतेबाट ल्याउन लागेको जानकारी गराए । दुई दशक लामो अभिनय यात्राको अनुभवलाई समेटेर यो चलचित्र बनाएको […]

फाल्गुनन्दको अभियान आज पर्यन्त स्मरणीयः प्रम ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on फाल्गुनन्दको अभियान आज पर्यन्त स्मरणीयः प्रम ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभुति तथा समाज सुधारक फाल्गुनन्दले समाजिक विकृति, विसंगति हटाउनलागि सुरु गर्नु भएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका छन् । फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उहाँले समाज सुधारकोलागि जारी गरको घोषणा पत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताए । शुभकामना सन्देशमा […]

गाडी दुरुपयोगको समाचार नक्कली हो, मैले थप सुविधा लिएको छैनः मन्त्री पण्डित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on गाडी दुरुपयोगको समाचार नक्कली हो, मैले थप सुविधा लिएको छैनः मन्त्री पण्डित.

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले  आफूले सरकारले दिएको सुविधाबाहेक थप सुविधा नलिएको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले आफूले थप गाडी नलिएको जिकिर गरे । उनले भने, ‘नक्कली समाचार बनाएर राख्नेहरुलाई मलाई केही भन्नुछैन । तर, मैले सरकारले दिएको सुविधाबाहेक थप सुविधा लिएको छैन् । र, […]

प्रधानमन्त्री ओलीले बहिनीहरुबाट लगाए भाइटीका

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीले बहिनीहरुबाट लगाए भाइटीका.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमै भाइटीका लगाएका छन् । उनले दुई जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लाएका हुन् । चिकित्सकहरूले आराम गर्नू भनेकाले स्वास्थ्यलाई ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै तय गरिएका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवनमा र माहिली […]

आज भाइटीका, दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाई मनाइँदै

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on आज भाइटीका, दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाई मनाइँदै.

काठमाडौं । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन शुक्रबार भाइटीका मनाइँदैछ। यो पर्व आरोग्य, ऐश्वर्य र दीर्घायु प्राप्तिको कामना गर्दै दिदीबहिनीले दाजुभाइलाई पञ्चरंगी वा सप्तरंगी टीका लगाउने परम्परा छ। यो पर्वलाई भ्रातृद्वितीया पनि भनिन्छ। संस्कृत भाषाको यो शब्द अपभ्रंश भई भाइटीका बनेको बताइन्छ। ‘भ्रातृ’ शब्दले दाजु र भाइ दुवैको प्रतिनिधित्व गर्छ। भारत र नेपालकै तराई क्षेत्रमा […]

अाज यमपञ्चकको चौथो दिन, गाई, गोरु र गोवर्धन पूजा गरिँदै

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on अाज यमपञ्चकको चौथो दिन, गाई, गोरु र गोवर्धन पूजा गरिँदै.

काठमाडौं ।  कार्तिक शुक्ल प्रतिपदा अर्थात्   यो दिन बिहानै गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ। भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि गोवर्धन पर्वतको पूजा गर्ने परम्परा चलेको पुराणहरूमा उल्लेख छ। गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको […]

मेचीनगरमा देवकोटाको ११०औँ जन्म जयन्ती भव्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on मेचीनगरमा देवकोटाको ११०औँ जन्म जयन्ती भव्य.

मेचीनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्म जयन्ती झापाको मेचीनगरमा विविध कार्यक्रमका साथ मनाइएको छ । देवकोटा पार्क संरक्षण उपसमितिले मेचीनगर ६ काँकरभिट्टास्थित देवकोटा पार्कमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइरालाले पार्कमा रहेको महाकविको पूर्णकदको शालिकमा मल्यार्पण गरेर उद्घाटन गरेका हुन् । आयोजक समितिका अध्यक्ष गणेशकुमार खरेलको सभापतित्वमा भएको कार्यक्रममा महाकवि […]