Sajhamanch Archive

अरुकै खुशीयाली हेरेर वित्छ उनीहरुको दशैँ र तिहार

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on अरुकै खुशीयाली हेरेर वित्छ उनीहरुको दशैँ र तिहार.

झापा । किन आउँछ दशैँ तिहार, किन बिदाबार, फौजीलाई कुन हो दशै कुन हो चाड तिहार । दीपक कोइरालाको शब्द र जगदिश समालको स्वरमा सजिएको यो गीत प्रायः दशै तिहार र अन्य चाडपर्वका बेला रेडियो र टेलिभिजनबाट गुञ्जिन्छ । यो गीतमा सुरक्षा निकायमा कार्यरत व्यक्तिको बाध्यतालाई प्रस्तुत गरिएको छ । नेपालीको महान पर्व दशैतिहार शुरु […]

बडादशैँको छैटौँ दिन : अाज कात्यायनीको अाराधना गरिँदै

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on बडादशैँको छैटौँ दिन : अाज कात्यायनीको अाराधना गरिँदै.

काठमाडौं । वडादशैँको छैटौँ दिन सोमबार भगवती दुर्गाकी छैटौँ रूप कात्यायनीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा छ। कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको पुराणमा उल्लेख छ। कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि […]

प्रदेश १ का ११ सय कर्मचारीले साउनदेखिको तलब पाएनन्, दशैंमा बेखर्ची हुँदै

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश १ का ११ सय कर्मचारीले साउनदेखिको तलब पाएनन्, दशैंमा बेखर्ची हुँदै.

विराटनगर | संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका करिब ११ सय कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । उनीहरूले साउनदेखिको तलब नपाएका हुन् । संघीय सरकारले समयमै कार्यालय हस्तान्तरण गरेर कर्मचारी नखटाउँदा तलब र दसैँभत्ताका लागि रकम निकासा गर्न समस्या भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । अब आइतबार र सोमबार कर्मचारीले तलब र भत्ता नपाए […]

बिर्तामोड बनाउने मार्गचित्र

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on बिर्तामोड बनाउने मार्गचित्र.

आज नेपालले संघीय लोकतान्त्रिक संविधान पाएको छ । यो नयाँ संविधान धेरै ठूलो र लामो सङ्घर्षबाट प्राप्त संविधानसभाले बनाएको हो । जसले नेपाललाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा रूपान्तरण गर्यो । आजको स्थानीय सरकार आफैंमा धेरै शक्तिशाली छ । त्यस्तै स्थानीय गाउँ वा नगर प्रमुख र वडा प्रमुखसँग धेरै अधिकार प्राप्त हुनका साथै […]

सहारा नेपालमा एकल महिलालाई सम्मान तथा प्रोत्साहन प्रदान

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on सहारा नेपालमा एकल महिलालाई सम्मान तथा प्रोत्साहन प्रदान.

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार आज संस्थामा शेयर सदस्य रहेका २४५ जना एकल महिलालाई प्रोत्साहन भत्ता प्रदान गरेको छ । सामाजिक सुरक्षा उपसमितिका संयोजक डिल्लीराम सिटौलाको अध्यक्षतामा एकल महिला सम्मान तथा प्रोत्साहन कार्यक्रम चारपानेमा सम्पन्न भएको हो । सहारा नेपालमा एकल महिलालाई प्रोत्साहन तथा सम्मान कार्यको थालनी किन गरियो […]

अपाङ्ग बाल सरोकार केन्द्रलाई कर्णाली सहकारीले :५० हजार रुपैयाँ प्रदान

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on अपाङ्ग बाल सरोकार केन्द्रलाई कर्णाली सहकारीले :५० हजार रुपैयाँ प्रदान.

बिर्तामोड । झापाको अर्जुनधारा-६ स्थित अपाङ्ग बाल सरोकार केन्द्रका बालबालिकालाई दसैंमा लगाउने लत्ताकपडा खरिदमा मद्दत गर्ने उद्देश्यले कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५० हजार रुपैयाँ प्रदान गरेको छ । कर्णालीले  विपद् राहत कोष तथा दिगो फोहोर व्यवस्थापनका चुनौती र सम्भावना विषयक अन्तरक्रिया एवम् दसंैको शुभकामना आदानप्रदान कार्यक्रममा सरोकार केन्द्रका शिक्षक ढुण्डीराज कोइरालालाई सो रकम हस्तान्तरण गरेको थियो । […]

पृथ्वीमा फेरि कुमारमणि : वित्तीय कारोबारको आंकडा बढ्दै

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on पृथ्वीमा फेरि कुमारमणि : वित्तीय कारोबारको आंकडा बढ्दै.

सुरुङ्गा । पृथ्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कनकाई नगरपालिका वडा नं. ३ सुरुङ्गाको आज सम्पन्न छैटौं वार्षिक साधारणसभाले पुनः कुमारमणि पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती र सचिवमा शिवकुमार कंडेललाई पनि निरन्तरता दिइएको छ । संस्थाको […]

चाडपर्वको मुखमा खुलेहाम कालोबजारी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on चाडपर्वको मुखमा खुलेहाम कालोबजारी.

झापा । चाडबाड जति नजिकिदैँ आउँछ यहाँका व्यापारीहरुको कालोबजारी धन्दा शुरु हुन्छ । व्यापारीहरुको यो पीडाले सर्वसाधारण वर्षेनि मारमा पर्ने गरेका छन् । व्यापारीको कालोबजारी धन्दा खुलेआम चलिरहँदासमेत सरोकारवाला निकाय र स्थानीय सरकार मौन बस्छन् । बजारमा सामानको दाम अचाक्ली बढिरहँदा पनि सरकार तथा सरोकारवाला निकाय अनुगमनमा नहिँड्नुले व्यापारीसँग साठगाँठ छ भन्ने सर्वसाधारणले बुझ्न थालेका […]

नेपालकै होचो भूभाग खुला दिसामुक्त क्षेत्र घोषित

Published: in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on नेपालकै होचो भूभाग खुला दिसामुक्त क्षेत्र घोषित.

कचनकवल । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका बुधबार आजदेखि खुला दिसामुक्त घोषणा गरिएको छ । ५ हजार ६६३ घरधुरीमा पछिल्लो एक वर्षको अवधिमा चर्पी बनाई गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ९ हजार ६६ घरधुरी रहेको कचनकवलमा अभियान थालनी हुनुअघि ३ हजार ४०३ घरमा सुरक्षित चर्पी थिए । जिल्ला समन्वय समिति झापाका […]

कात्तिक १ गते झापालीलाई प्रधानमन्त्री ओलीले चिया खुवाउने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कात्तिक १ गते झापालीलाई प्रधानमन्त्री ओलीले चिया खुवाउने.

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक १ गते झापा आउने भएका छन् । विगतका वर्षहरुमा झैं दशैंको महानवमीको दिन उनले बिर्तामोडमा आयोजना गरेको चियापान समारोहमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन झापा आउन लागेका हुन् । कात्तिक १ गते बिर्तामोडको अग्रसेन भवनमा बिहान ११ बजेदेखि शुरु गरिने शुभकामना आदान प्रदान कार्यक्रममा सबै राजनीतिक दल, संघ–संस्था, […]