Sajhamanch Archive

चाडपर्वलाई मध्यनजर गर्दै पूर्वीनाकामा उच्च सतर्कता

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on चाडपर्वलाई मध्यनजर गर्दै पूर्वीनाकामा उच्च सतर्कता.

मेचीनगर । नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय पशु सेवा विभागले चाडपर्वका नाममा गुणस्तरहिन मासु तथा मासुजन्य वस्तुको अवैध आयात हुने भएकाले यसको नियन्त्रणमा सक्रिय पूर्वक लाग्न र नाकामा उच्च सतर्कता अप्नाउन मातहतका सवै कार्यालयलाई निर्देशन दिएको छ । सोहि निर्देशन अनुसार नेपालीहरुको महान चाड बडादशैँ तथा दिपावलीलगायत अन्य पर्वहरुलाई लक्षित गर्दै पशु क्वारेन्टाइन कार्यालय […]

अब बिर्तामोडका हरेक पेट्रोल पम्पमा शौचालय बनाइने

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on अब बिर्तामोडका हरेक पेट्रोल पम्पमा शौचालय बनाइने.

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका पेट्रोल पम्प सञ्चालकहरुले पम्प परिसरको अवस्था सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । बिर्तामोड नगरपालिकामा आज आइतबार बसेको नगर प्रमुखसहित पम्प सञ्चालकहरुको बैठकमा हालै नगरस्तरीय अनुगमन समितिले अनुगमन गरी दिएको प्रतिवेदनमाथि छलफल गर्दे त्यसअनुसार आफ्ना पेट्रोल पम्पहरुमा सुधार गर्ने प्रतिवद्धता जनाएका हुन् । नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार पम्पमा रहेका […]

सुनको थाल बोकेर भिक्षा माग्दै हिंडिरहेका छौं हामी नेपाली

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on सुनको थाल बोकेर भिक्षा माग्दै हिंडिरहेका छौं हामी नेपाली.

नेपाल जेसीज यहाँका १८ देखि ४० वर्षसम्मका यूवामा सकारात्मक सोचको विकास गराई उनीहरुको नेतृत्व र व्यक्तित्व विकासमा समर्पित रहेको संस्था हो । नेपालमा यसको स्थापना सन् १९६४ भयो र हाल देशभरि यसका १५० भन्दा बढी शाखाहरु छन् । गत भदौं २२ र २३ गते नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन सुरुङ्गा जेसीजको आतिथ्यमा झापाको कनकाई नगरपालिकाको […]

विराट–अर्जुन उपभोक्ता सहकारीका अगाडि अथाह अवसरः अध्यक्ष ढकाल

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on विराट–अर्जुन उपभोक्ता सहकारीका अगाडि अथाह अवसरः अध्यक्ष ढकाल.

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रभित्र कै एकमात्र उपभोक्ता सहकारी संस्था भएकाले विराट–अर्जुनका अघिल्तिर अथाह अवसर रहेको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले बताएका छन् । उपभोक्ता सहकारीको व्यानरमा स्थापित भएका जिल्लाका अधिकांश सहकारी संस्थाहरु या त निस्क्रिय छन् वा त सानो आकारमा सञ्चालनमा रहेको अवस्थामा विराट–अर्जुनलाई भूगोलसमेतले साथ दिएकाले उसका अगाडि अवसरका चाङ रहेको […]

‘सहकारी क्षेत्रमा गरिने लगानी अब डुब्दैन, डुब्न दिइने छैन’ : प्रदेशसभा सांसद कार्की

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on ‘सहकारी क्षेत्रमा गरिने लगानी अब डुब्दैन, डुब्न दिइने छैन’ : प्रदेशसभा सांसद कार्की.

बिर्तामोड । एक नम्बर प्रदेशसभाका सांसद एकराज कार्कीले मुलुकभरका ७६१ वटा सरकारलाई सहकारी ऐन बनाउने अधिकार भए पनि तीनवटै तहका सरकारबीच समन्वय गरेर एकापसमा नबाझिने किसिमको ऐन बनाउनु पर्नेमा जोड दिएका छन् । बिर्तामोड नगरपालिका ३ सैनिकमोडमा मुख्य कार्यालय रहेको बिराट बहुउद्देश्यीय सहकारी संस्थाको आज आयोजित १३औं वार्षिक साधारणसभा तथा विराट सहकारी भवनको शिलान्यास पछि […]

विराट बहुउद्देश्यीयको कारोबार, खुद नाफासँगै सामाजिक अग्रसरतामा वर्षेनी वृद्धि हुँदै

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on विराट बहुउद्देश्यीयको कारोबार, खुद नाफासँगै सामाजिक अग्रसरतामा वर्षेनी वृद्धि हुँदै.

बिर्तामोड । झापाका सहकारी संस्थाहरु बिस्तारै शेयर सदस्यहरुको अभिभावकत्व ग्रहण गर्न अग्रसर हुन थालेका छन् । सहकारी संस्थाहरुले वित्तीय कारोबारलाई प्राथमिकता दिँदै आएको पृष्ठभूमिलाई नियाल्दा अहिले बिस्तारै सदस्यको सेवा तथा सुविधा एवम् सामाजिक अभियानमा अग्रसरता देखाउने गरेको पाइएको छ । यस्तै अग्रसरता देखाउँदै बिर्तामोड नगरपालिका ३, सैनिकमोडमा मुख्य कार्यालय रहेको विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले […]

अष्ट्रेलियाका ११ वटा शैक्षिक प्रतिष्ठान बिर्तामोड आउँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अष्ट्रेलियाका ११ वटा शैक्षिक प्रतिष्ठान बिर्तामोड आउँदै.

झापा । उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय परामर्श एवम् सहजीकरण गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले यही असोज ११ गते बिर्तामोडमा एजुकेशन सेमिनार गर्ने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज बिर्तामोड शाखाले आज पत्रकार सम्मेलन गरी अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय र कलेज गरी ११ वटा शैक्षिक प्रतिष्ठानबाट विषयविज्ञहरु […]

सतासी बहुमुखी सहकारीले ३ करोड ५० लाख रुपैयाँ शेयर पुर्याउने

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on सतासी बहुमुखी सहकारीले ३ करोड ५० लाख रुपैयाँ शेयर पुर्याउने.

बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभाले शेयर पूँजी र निक्षेपमा वृद्धि गर्दै सदस्यहरुलाई विविध सेवा, सुविधा प्रदान गर्ने निर्णय गरेको छ । संस्थामा गरिएको शेयर लगानीको आधारमा एक लाख ५० हजार रुपैयाँको दूर्घटना बीमाको सुविधा प्रदान गर्ने, कर्जा लिएको सदस्यको मृत्यु भएमा ५० हजार रुपैयाँ मिनाहा गरिदिने, सतासी डिपार्टमेन्टमा सामान […]

ऐतिहासिक, धार्मिक क्षेत्र सताक्षीधाममा बल्यो बिजुली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ऐतिहासिक, धार्मिक क्षेत्र सताक्षीधाममा बल्यो बिजुली.

दूधे । झापाको पुरानो ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थ स्थल सताक्षीधाममा विजुली पुगेको छ । आइतबार सताक्षीधाम परिषरमा एक कार्यक्रमको आयोजना गरी क्षेत्र नं. ४ का प्रतिनिधीसभा सांसद एलपी साँवा लिम्बु, प्रदेश सांसद द्वय झलकसिंह दर्लामी र हिरा थापा, शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले संयुक्त रुपमा विजुलीको उद्घाटन गरेका छन् । नेपाल सरकारको ग्रामीण विद्युतीकरण […]

राष्ट्रकवि घिमिरे आजबाट १०० वर्षका भए

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on राष्ट्रकवि घिमिरे आजबाट १०० वर्षका भए.

काठमाडौँ । आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको १००औं जन्म दिन । वि सं. १९७६ साल असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा उनको जन्म भएको हो । नेपाली जनजीवनमा लोकप्रिय कविका रुपमा सुरपरिचित घिमिरेलाई राज्यले राष्ट्रकविको दर्जा दिएको छ । उनै राष्ट्रकविको १००औं जन्मदिनमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि घिमिरेलाई भेटेकी छन् । एक सय वर्ष पुगेका राष्ट्रकवि […]