प्रथम पटक प्रकाशित मिति : २०७५/३/२३ प्रदेश नं. १ को प्रदेश सरकारको अर्थसम्बन्धी विधेयकको अनुसूची–५ को (दफा ७ संग सम्बन्धित) जिल्ला निकासी शुल्क यस जिल्ला समन्वय समिति झापाले उठाउन पाउने कर, दस्तुर, सेवा शुल्क र बिक्री मूल्य आ.व. २०७५/७६ वर्ष १ (एक) का लागि देहायका ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक स्वदेशी तथा विदेशी व्यक्ति, फर्म […]
झापा । गतवर्ष असारमा झापामा धान रोपार्ई उत्साहजनक रुपमा भएको थियो भने यसपटक २४ गतेसम्म ३५ प्रतिशत मात्रै रोपाई भएको छ । जिल्ला कृषि विकास कार्यालय झापाका अनुसार असार २४ गतेसम्म ३५ प्रतिशत मात्रै धान रोपाई भएको छ । त्यसैले झापामा यसपटक धान रोपाइँको गति सुस्त बन्दै गएको हो । गतवर्ष झापामा ९५ प्रतिशत धान […]
लोकबहादुर सुनार ३ चैत्र २०६८ मा नेपालगञ्ज नगरपालिकाको कार्यकारी प्रमुख भएर आए । ‘म त स्थानीय मान्छे, नेपालगञ्जको विकास गर्न कुनै कसर बाँकी राख्दिन’ उनी भन्ने गर्थे । नेपालगञ्जको ‘मुहार फेर्न’ एशियाली विकास बैंक (एडीबी)–को सहयोगमा नगरभित्र सडकको स्तरोन्नतिसँगै ढल निकासको कामहरु थालिए । यही अभियानमा जोडियो, नेपालगञ्जको मुख्य सदरलाइन मार्ग बिस्तार । जसलाई व्यवस्थित […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको तर्क गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो तर्क पेश गरेका हुन् । “निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो” प्रधानमन्त्री ओलीले भनेका छन्, “पार्टीले निर्वाचनमा उठाएका […]
बिर्तामोड । कृषि तथा पशुपालनको क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गरेको बिर्तामोड नगरपालिकाले नगरका वडा नं ७, ८, ९ र १० नं का ८५ जना कृषकलाई बाख्रा, बंगुर र कुखुरा वितरण गरेको छ । मेयर पकेट प्याकेज कार्यक्रम अन्तरगत वडा नं ७, ८ र ९ का तीनवटा समूहका ४५ जना बाख्रापालक किसान छनौट गरी ३ वटाका […]
भद्रपुर । सर्वसाधरणलाई दैनिक आवतजावत गर्न असहज हुन थालेपछि भद्रपुर नगरपालिकाले सडकको मर्मत सम्भार थालेको छ । पुल निर्माण कम्पनीले समयमा चासो नदेखाउँदा भद्रपुर नगरपालिकाले मेची पुल जोड्ने सडकको मर्मत कार्य सुरु गरेको हो। नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने झापाको भद्रपुरस्थित मेची नदीको पुल जोड्ने अस्थायी रुपमा बनाइएको ग्राभेल सडक अविरल वर्षा र बाढीले ठाउँ ठाउँमा […]
झापा । झापालाई यसै आर्थिक वर्षभित्र खुला दिसामुक्त घोषणा गर्ने सरकारी तयारीले सफलता नपाउने भएको छ । असार मसान्तभित्र झापालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने सरकारी तयारी थियो । यसअघि दुई पटक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने तयारी भए पनि सरोकारवालाको उदासीनताका कारण सम्भव भएन । जिल्ला खानेपानी सरसफाइ तथा स्रोतकर्ता समन्वय समितिका सदस्य विनोदप्रसाद […]
भद्रपुर। झापा भद्रपुर नगरपालिका ५ स्थित मेची किनारका बाढी पीडित सुकुम्बासी वस्तीका वासिन्दा विस्थापित भएका छन्। मेची पुल निर्माण कम्पनी सूर्य एण्ड सन्स जेभीले मेची नदीको तटबन्धन निर्माण कार्यलाई बीचमै अधुरो बनाई छाडिदिएपछि मेची नदीले जमिन कटानका कारण सुकुम्बासी वस्तीका १५ घरपरिवार विस्थापति भएका हुन्। केही दिनदेखिको अविरल वर्षापछि मेची नदीमा पानीको सतह ह्वतै बढेको […]
सुरुङ्गा । सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रमका बीच १ करोड रुपैंयाँ विकास निर्माण लगायत समाजका विभिन्न क्षेत्रमा वितरण गरेको छ । मेरो गाउँ मेरो लगानी कार्यक्रम मार्फत कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको सभा हलमा सम्पन्न कार्यक्रममा राज्यलाई समेत चुनौती दिँदै समाज रुपान्तरणका लागि मोटो रकम खर्चिएको […]
सुरुङ्गा । कनकाई नगरपालिकामा आर्थिक वर्ष २०७५/०७६ का लागि ४९ करोड ७९ लाख २ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बिहीबार उक्त बजेट प्रस्तुत गरेका हुन् । सार्वजनिक गरिएको बजेटमा चालु खर्च ४ करोड २६ लाख ८६ हजार र पुँजीगततर्फ २४ करोड ८ लाख १६ हजार रुपैयाँ रहेको छ । जसमा […]