झापा । जारी लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएपछि झापाका सबै बजार खुलाउन कोरोना भाइरस संक्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति, उद्योग वाणिज्य संघका प्रतिनिधि र व्यवसायीबीच आज भद्रपुरमा छलफल भएको छ । जिल्ला समन्वय समिति झापाको सभाहलमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, जिल्लाका उद्योग वाणिज्य […]
के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ ? यसबारे तपाईँले सोच्नुभएको त होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यस विषयमा सही र गलत कुरा छुट्याउन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ। डा. एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन्। के कोरोना […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलमा गरिएको आरडीटी परीक्षण गर्दा पोजेटिभ आएका तीन जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हस्पिटलका कार्यकारी निर्देशक आनन्दकुमार बस्नेतका अनुसार ३ जनाको आरडीटी पोजिटीभ देखिएपछि पीसीआर परीक्षणको लागि पठाइएको थियो । तर, तिनै जनको पीसीआर नेगेटिभ आइसकेको छ । सरकारले निजी अस्पतालले समेत कोरोना परीक्षण गर्न […]
एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को कारण अहिले विश्वभरका मानिसहरुमा स्वास्थ्य सतर्कताका उपाय अपनाउने बानीको विकास भएको छ । अहिले घरबाट बाहिर निस्किँदा धेरै मानिसहरुले मास्क लगाएर निस्किने गर्छन् । मानिस बाहेक अन्य जीवजन्तुहरुको सुरक्षाको लागि पनि मास्क आवश्यक हुन्छ होला ? यो प्रश्न सुन्दा धेरैलाई वाहियात लाग्नु स्वाभाविक हो । तर, रुसका एक कलाकारले […]
भद्रपुर । नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्न विशेष अस्पतालका रूपमा मेची अस्पतालको निर्माणाधिन भवन प्रयोग गर्ने विषयमाथि बहस चलिरहेको छ । प्रदेश १ सरकारका अधिकारीहरु, झापाका राजनीतिक दलको नेतृत्व, भद्रपुर नगरपालिकाका प्रमुख–उपप्रमुख, जिल्ला समन्वय समिति झापाको टोली, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, चिकित्सकहरु, रेडक्रसको टिमले सो भवन कोरोना उपचारका केन्द्रका रुपमा विकास […]
काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेशकुमार भट्टराईले लुम्बनी गुरुयोजना अन्तर्गतका योजनाहरु सुचारु गर्दै तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । लुम्बनी विकास कोषका पदाधिकारीहरुसँग बुधवार ‘भर्चुअल मिटिङ’ गर्दै मन्त्री भट्टराईले लकडाउनको समय भए पनि सामाजिक दूरी लगायतका स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै स्थानीय तहहरु समेतको समन्वयमा निर्माण तथा अन्य काम गरिरहन […]
भद्रपुर । रोटरी क्लव अफ भद्रपुरले भद्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । भद्रपुर नगर अन्तर्गत रहेका स्वास्थ्य चौकीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठलाई प्रदान गरिएको हो । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई पिपिई सेट, मास्क, ग्लोव्स आदि अत्यावश्यक सामग्री प्रदान गरिएको छ । रोटरी क्लव अफ भद्रपुरका पे्रसिडेन्ट टिकाराज ढकाल, प्रेसिडेन्ट […]
गौरीगञ्ज । आज सोमबार अपरान्ह हात्तीको आक्रमणबाट यहाँ एकजनाको मृत्यु भएको छ । गौरीगंज गाउँपालिका वडा नं. २ अन्तरगत नेपाल–भारत सीमानाको दशगजा क्षेत्रभित्र मकैबारीमा रहेका एकजोर हात्तीले आक्रमण गरी उनको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तका अनुसार भारतको पंचायत सिंगीमारी ६ बस्ने वर्ष ३० को साईलो मुर्मुको हात्तीको […]
सरकाले नेपालको नयाँ नक्शा सार्वजनिक गरेसँगै यतिबेला भारतीय मिडियामा यसलाई लिएर चर्को बहस सुरु भैरहेको छ । भारतीय मिडियाले नेपालको बारेमा बहस छेडिरहँदा नायिका मनिषा कोइरालाको एक ट्विटले त हंगामा नै मच्चायो । यसले, नेपाली कलाकारहरुलाई फेरि एक बनाएको छ । कलाकारहरुले नायिका कोइराला र नेपाली भूमिको बिषयमा आफ्नो भनाई सार्वजनिक गर्न थालेका छन् ।नायिका […]
बिर्तामोड । कोरोना भाइरस नियन्त्रण र उपचारका लागि झापामा पीसीआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल सञ्चालनका लागि तत्कालै पहल गरिने भएको छ । कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन जिल्लास्तरीय समितिका संयोजक सोमनाथ पोर्तेलसहित झापाका मुख्य राजनीतिक दलका प्रमुखहरुबीच आज बिर्तामोडमा भएको छलफलमा त्यस्तो निश्कर्ष निकालिएको हो । अस्पताल तथा पीसीआर परीक्षण प्रयोगाशाला […]