काठमाडौँ । नेकपा एमालेले पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बिहीबार विज्ञप्ति जारी गरी मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा बिहीबार इलाममा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा इलाम बजारमा भट्टराईमाथि अभद्र व्यवहार भएकोप्रति खेद ब्यक्त गरेको हो । ‘संविधान र […]
विराटनगर । कोशी प्रदेश सभाको बैठक आज पुनः बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । विहीबार दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथिको छलफलपछि बैठक स्थगित भएको थियो । सुरुमा आधा घण्टाका लागि बैठक स्थगित गरिए पनि निर्धारित समयमा बैठक बस्न नसकेपछि बेलुका ८ बजेसम्मका लागि स्थगित […]
कमल । झापाको कमल गाउँपालिकाको केर्खामा असार १६ गते वृत्ति परामर्श तथा रोजगार मेला सञ्चालन हुने भएको छ । दमकमा यस्तो मेला सम्पन्न भएको एक साता नपुग्दै कमलमा पनि सञ्चालन गर्ने तयारी भएको हो । नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको […]
काठमाडौँ । पछिल्लो सर्वेक्षणअनुसार नेपालको प्रजनन दर शून्य दशमलव २ प्रतिशतले घटेपछि त्यो प्रतिस्थापनको तहमा पुगेको विज्ञहरूले औँल्याएका छन् । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकले नेपालको प्रजनन दर अघिल्लो सर्वेक्षणभन्दा शून्य दशमलव २ प्रतिशतले घटेको देखिएपछि विज्ञहरूले सरकारलाई विभिन्न सुझाव दिन थालेका छन् । यसअघि सन् २०१६ को सर्वेक्षणमा प्रतिमहिला जन्मदर २.३ थियो […]
प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले फ्रान्समा हिंसात्मक रुप लिएको छ । आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ । गत मंगलबार ट्राफिक जाँच भइरहेको स्थानमा कार नरोकेको भन्दै प्रहरीले कार चालक १७ वर्षीय युवक नाहेल एमलाई गोली हानेको थियो । गृहमन्त्री बनाएको बताए । गेराल्ड डारमनिनले प्रदर्शनकारीले देशभरका […]
काठमाण्डौ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन् । केही ठाउँमा ठूलो वर्षा समेत भएको छ । मौसमविद् विनु महर्जनका अनुसार पाल्पाको तानसेनमा पछिल्लो एक घण्टामा ३२ दशमलव ४ मिलिमिटर पानी परेको छ । गएको २४ घण्टामा त्यहाँ […]
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ । त्यसैले आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । मुग्लिनबाट करिब दुई किलोमिटर पर नारायणगढतर्फ पर्ने तीन नम्बर पुलनेर खसेको पहिरोका कारण बिहीबार दिउँसो साढे १ बजेबाट सडक पूर्णरुपमा अवरुद्ध छ । मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले पहिरो खस्ने क्रम जारी रहेकाले […]
सुर्खेत । कर्णाली प्रदेशको जुम्लाबाहेक नौ जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारले आज असार १५ गते राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक बिदा दिएको हो । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले २०७९ साल चैत २९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका […]
काठमाडौँ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि स् धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ । आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ । नेपालमा वि।सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय […]
शिवसताक्षी । जनतेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा दमक नगरपालिका वडा न ७ को रतुवा खेलाको बाँधमा बृक्षारोपण गरिएको छ । रिटर्नी फेडेरेसन नेपाल जिल्ला कमिटी झापाको आयोजनामा दमक नगरपालिका वडा न. ७ को समन्वयमा रतुवा खोलाको नयॉ बाध स्थित नयाँ पार्कमा १ सय थान विरुवा रोपिएको हो । जननेता मदन भण्डारीको स्मरण […]