काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर(घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले १२ औ नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम आज अनुमोदन गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट आज बहुमतले अनुमोदन गरेको हो । नगरपालिकाल आउँदो आवका लागि १ अर्व २१ करोड ४० लाख, ६६ हजार बजेट प्रस्तुत गरेको थियो । त्यस्तै शिवसताक्षी नगरपालिकाले […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. वडा नं. ३ महिलाहरुलाई सिलाई मेसिन वितरण गरिएको छ । शिवसताक्षी नगरपालिकाको लघु उद्यम विकास कार्यक्रम अन्तरर्गत उद्यमी सृजना तर्फ वडा नं. ३ का २२ जना उद्यमी महिलाहरुलाई वडा नं. ३ को भोटेपुल चौकमा मेसिन वितरण गरिएको हो । उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उक्त मेसिन वितरण […]
टाघनडुब्बा । झापा गाउँपालिकाले आजदेखि भूमिहीनहरुलाई जग्गाको निस्सा वितरण शुरु गरेको छ । ऐलानी जग्गा उपभोग गरिरहेका भूमिहीनहरुले जग्गाको निस्सा पाउन थालेका हुन् । राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौता बमोजिम झापा गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण शुरु गरेको हो । बुधवार झापा गाउँपालिकाले वडा नं १ देखि जग्गाको निस्सा […]
विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो । १७ जेठमा जसपा र २३ जेठमा माओवादी केन्द्रले सरकार छाडेपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले […]
मोरङ । उच्च अदालत विराटनगरले कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारीलाई ५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ। मन्त्री राजभण्डारीविरुद्ध परेको ‘अदालतको अवहेलना’ मुद्दामा बुधबार उच्च अदालतले मन्त्री आफैँ उपस्थित भएर लिखित जवाफ र बयान दिन आदेश गरेको हो। कायम मुकायम मुख्य न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले अदालतको अवहेलना […]
इथियोपियामा भोकमरीका कारण एक हप्तामा ७ सयको मृत्यु भएको छ । लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलिएको हो । भोकमरीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । देशमा जारी द्धन्द्धकाबीच संयुक्त राष्ट्रसंघ र अमेरिकाले उपलब्ध गराउँदै आएको खाद्यान्न लक्षित बर्गसम्म पुग्न नसकेपछी खाद्यान्न निर्यातमा रोक लगाइएको छ । […]
काठमाडौँ । इस्लाम धर्मावलम्बीहरुले मनाउने महान् चाड बकरिद ९इद उल अजहा० बिहीबार मनाउने भएका छन् । बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका […]
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजन शीर्षकमा उठेका प्रश्नहरूको जवाफ दिन बुधबार संसदको रोष्ट्रममा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको कामहरूको फेहरिस्त सुनाए । अनि आफूले आफैंलाई नम्बर दिए, डिस्टिङ्सन । सरकारको कामले व्यवस्थाप्रति जनतामा भरोसा जगाएको भन्दै उनले जसरी काम अगाडि बढेका छन्, त्यसले चाँडै विकासको तुफान आउन सक्ने दाबी समेत गरे […]
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलि बिहीवारदेखि काठमाण्डौ उपत्यकाका सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताए । भोलिदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिए। ‘कान्तिबाल अस्पतालले ६० शय्या, […]