Sajhamanch Archive

अब जवरजस्ती तस्वीर खिचे १ बर्ष कैद

Published: in मिडियाबाट साभार by . Leave a Comment on अब जवरजस्ती तस्वीर खिचे १ बर्ष कैद.

काठमाडौं । भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्वीर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व्यवस्था गरिएको छ । मुलुकी ऐनमा गोपनीयताविरुद्धको कसुरमा अनुमतिविना […]

उपसचिवमाथि अक्रमण, मन्त्रालय तोडफोड

Published: in मिडियाबाट साभार by . Leave a Comment on उपसचिवमाथि अक्रमण, मन्त्रालय तोडफोड.

काठमाडौं । देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउ“मा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिव आचार्यलाई मुक्का हानेको बताइएको छ । त्यसपछि आचार्यमाथि […]

चिनियाँ जहाज भाडामा दिने निगमको तयारी

Published: in मिडियाबाट साभार by . Leave a Comment on चिनियाँ जहाज भाडामा दिने निगमको तयारी.

काठमाडौं । नेपाल वायु सेवा निगमले छ वटा चिनियाँ विमान भाडामा दिने भएको छ। चिनियाँ जहाज उडाउँदा घाटा भएपछि भाडामा दिन लागिएको हो। चीन सरकारको अनुदानमा ल्याइएका एमए ६० र वाई १२ जहाज, करिब छ अर्बभन्दा बढी रकम खर्चेर ल्याइएका वाई १२ सहित छ वटा जहाज विदेशी एयरलाइन्स कम्पनीलाई भाडामा दिने निगमले तयारी थालेको छ। […]

फौजदारी\देवानी संहिता, कार्यान्वयनमा नआउँदै संशोधन

Published: in मिडियाबाट साभार by . Leave a Comment on फौजदारी\देवानी संहिता, कार्यान्वयनमा नआउँदै संशोधन.

काठमाडौं । मुलुकी ऐनलाई विस्थापन गर्न लामो प्रयासपछि निर्माण भएको फौजदारी र देवानी संहिता लागू नहुँदै संशोधनका लागि राष्ट्रियसभामा विधेयक पेश भएको छ। कानुनमन्त्री भानुभक्त ढकालले केही नेपाल ऐन संशोधनमार्फत मुलुकी संहिता संशोधनको प्रस्ताव पेश गरेका हुन्। राष्ट्रिय सभाबाट संशोधन हुने भएकाले प्रतिनिधिसभाबाट संशोधन हुने भएकाले प्रतिनिधिसभाले सिधै यसलाई छलफलमा ल्याएर पास गर्नेछ। मुलुकी संहिता […]

श्रीमतीको स्वीकृतिबिना यौनसम्पर्क राखे पाँच वर्ष जेल

Published: in मिडियाबाट साभार by . Leave a Comment on श्रीमतीको स्वीकृतिबिना यौनसम्पर्क राखे पाँच वर्ष जेल.

काठमाडौं। भदौ १ देखि लागू हुने नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ। कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ। पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ। नयाँ संहिताअनुसार सामूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको  छ। […]

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

Published: in प्रदेश तह by . Leave a Comment on प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा.

जनकपुर  । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपी प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा आत्मसमपर्ण गरेका राज्यमन्त्री शर्माको बयान झन्डै ३ घण्टा लगाएर लिइएको थियाे। ११ बजेदेखि लिइएको बयान २ बजे सकिएकोथियाे। बयान सकिएलगत्तै महोत्तरी जिल्ला अदालतका मुख्यन्यायधीश ब्रजेश प्याकुरेलको इजलासमा थुनछेकको बहस भएकाे […]

अाेली सरकारका ५ महिनाका उपलब्धी सार्वजनिक

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अाेली सरकारका ५ महिनाका उपलब्धी सार्वजनिक.

काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केपी ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका उपलब्धी सार्वजनिक गरेकाे छ । साेमबार सार्वजनिक गरिएकाे ७४ पृष्ठ लामो प्रतिवेदनमा सुन तस्करलार्इ कार्वाहीदेखि सिन्डिकेट अन्त्यसम्मलार्इ उपलब्धीका रूपमा  समेटिएका छन् । बिकास निर्माणकाे ढिलासुस्ती हटाउने कदम, अाैचित्यहीन भ्रमणमा नियन्त्रण, सुरक्षाकर्मी दुरूपयाेगकाे अन्त्य, राजमार्ग र सडक सुरक्षा प्रबन्ध, प्रट्राेलियम चुहावट राेक्न लकिङ […]

भदौ १ देखि डाक्टरले लाइसेन्स मेडिकल काउन्सिललाई बुझाउने, बिरामी नजाँच्‍ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भदौ १ देखि डाक्टरले लाइसेन्स मेडिकल काउन्सिललाई बुझाउने, बिरामी नजाँच्‍ने.

काठमाडौं । नेपाल चिकित्सक संघले भदौ एक गतेदेखि लागू हुने मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएसँगै आफूहरुले विरामी जाँच्न छोड्ने जनाएको छ। भदौ एक गतेदेखि नेपाल मेडिकल काउन्सिललाई लाइसेन्स बुझाएर विरामी जाँच्न बन्द गर्ने चिकित्सक संघले जनाएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले अपराध संहितमा संशोधन नगरिए विरामी नजाँच्ने बताए। डाक्टरको लापरबाहीका […]

हँडिया रेगुलेटर गोष्ठी सम्पन्न

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on हँडिया रेगुलेटर गोष्ठी सम्पन्न.

चारआली । हँडिया रेगुलेटर सिंचाई जल उपभोक्ता संस्थाको आयोजनामा हिउँदे बाली व्यवस्थापन सम्बन्धी सरोकारवालासंगको अन्तरक्रिया आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शंकरप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन सिंचाई कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद तिवारीको प्रमुख आतिथ्य तथा कृषि सेवा केन्द्र चारआलीका प्राविधिक सहायक कविता पौडेलको विशेष आतिथ्य रहेको थियो । अन्तरक्रियामा संस्थाका ६ वटा समूहका […]

युवा दिवसमा विद्यार्थीलाई शैक्षिक सामग्री

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on युवा दिवसमा विद्यार्थीलाई शैक्षिक सामग्री.

भद्रपुर । युवा संघ नेपाल भद्रपुर नगर कमिटीले भद्रपुर–४ स्थित एक सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्र्री प्रदान गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आइतबार भद्रपुर ४ स्थित जनकल्याण आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री (कपी, पेन्सिल, इरेजर, सार्पनर) वितरण गरिएको हो । विद्यालय परिसरमा युवा संघ भद्रपुरका अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षतामा आयोजित […]