काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्योग, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताएका छन्। उद्योग वाणिज्य महासंघको प्रतिनिधि टोलीसंगको भेटमा प्रधानमन्त्रीले औद्योगिक क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन्। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योग, शिक्षा, स्वास्थ्य , उर्जा, कृषि लगायत क्षेत्रको सुधार […]
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ मा रहेको साना किसान चिया उत्पादक सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई हरियो चियापत्ती व्यवस्थापन सम्बन्धी आज शनिबार तालिम प्रदान गरेको छ । संस्थाका सञ्चालक सदस्य तथा हरियो चियापत्ती व्यवस्थापन समितिका संयोजक शिवप्रसाद पौडेलको अध्यक्षतामा भएको सदस्य शिक्षा तालिमको सहजीकरण चिया तथा कफी विकास बोर्डका चिया प्राविधिक नविन […]
अर्जुनधारा । एक सातामा अर्जुनधारा नगरपालिकामा दुईवटा बलात्कारका घटना भएका छन । चार वर्षीया बालिका बलात्कृत भएको एक साता नबित्दै शुक्रबार ७० वर्षीय एक बृद्धले नौ वर्षीया बालिकालाई कुखुराको खोरमा लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको छ । आमाले सानोमा नै छाडेर अर्कैसँग गएको र बाबुले पनि अर्को महिलासँग विवाह गरेकाले ती बालिका हजुरआमासँग बस्दै […]
कमल । पाँचथर र इलाममा रहेका कुखुरा पालक कृषकलाई कुखुरा पालन सम्बन्धि तालिम प्रदान गरिएको छ । पछिल्लो समयमा पशुपालन भन्दा कुखुरा पालनतर्फ कृषकको आकर्षण बढेसँगै यो व्यवसायमा संलग्न कृषकलाई नेपाल वेलहोप एग्रिटेक प्रा.लि विराटनगरले तालिम प्रदान गरेको हो । तालिमा चल्ला हुर्काउने विधि (ब्रुडिङ्ग), खोर व्यवस्थापन, कुखुरामा लाग्ने प्रमुख रोग र त्यसको उपचारका विषयमा […]
बिर्तामोड । कान्तिपुर फिल्म एकेडेमी काठमाडौंले बिर्तामोडमा आइतबारदेखि फिल्म निर्माण सम्बन्धी एकहप्ते तालिम सुरु गर्ने भएको छ । फिल्म साक्षरता बढाउने र नयाँ जागरुक फिल्म निर्माता तथा स्टोरी राइटरलाई प्रोत्साहन गर्ने, फिल्म निर्माण सम्बन्धी शिक्षा दिने उद्दश्यले एकेडेमीले झापामा तालिम शुरु गर्न लागेको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिइयो । बिर्तामोडमा साउन २७ देखि भदौ १ […]
काठमाडौं । प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका वर्गिकरणको नजिता खारेज गर्न नेपाल प्रेस युनियनले माग गरेको छ । काउन्सिलले यही साउन २४ गते नतिजा सार्वजनिक गरेको थियो । उक्त नतिजामा राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपावाद हावी भएको अारोप लगाउँदै युनियनले खारेज गरी पुनरावलोकन गर्न माग गरेको हो । ‘पत्रपत्रिका र्दिइने सेवा सुबिधा बितरण गर्ने सञ्चार […]
चितवन । पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका पछिल्ला क्रियाकलापका बारेमा समीक्षा सुरु गरिएको बताएका छन् । गृह जिल्ला चितवन आएका प्रचण्डले जनताका गुनासा, चिन्ता र चासोका विषयमा सरकार जानकार रहेको भन्दै कही कतै कमी भएको छ भने समीक्षा गर्न पार्टी र सरकार तयार रहेको बताए । कतिपय घटनामा सरकार मुकदर्शक भएको टिप्पणी […]
काठमाडौं । कुटनीतिक वा विशेष राहदानी प्रयोगमा सरकारले कानून बनाएर कडाई गर्ने भएको छ । सरकारले राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा राहदानीको दुरुपयोग गर्नेलाई तीन वर्ष कैदसम्म कैद र पाचँ लाखसम्म जरिवाना प्रस्ताव गरिएको छ । सरकारको निर्णयबमोजिम कुटनीतिक वा विशेष राहदानी प्राप्त पादाधिकारीले सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्दा मात्र रातो […]
काठमाडौं । काठमाडौंको वानेश्वर क्षेत्रमा सञ्चालित होस्टल (छात्रावास)लाई मर्या्दित र व्यवस्थित बनाउन सचेतनात्मक अभियान शुरु भएको छ । महानगरीय प्रहरी वृत बानेश्वरको अगुवाइ तथा स्थानीय जनप्रतिनिधि, होस्टल एशोसिएशनका प्रतिनिधि, सामुदायिक सेवा केन्द्र र टोल सुधार समितिको संयुक्त टोलीले सो अनुगमन गरिएको हो । बानेश्वर तथा आसपास क्षेत्रमा सञ्चालित होस्टलमा विकृति देखिएको, अमर्यादित गतिविधि, होहल्ला, झैझगडा, […]
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्वर प्लेटको एमएच ४२ टी ०३४३ नम्बरको भारतीय ट्रक जुगेडी पुलबाट करिब ५० मिटर तल खोल्सामा खसेको हो । दुर्घटनामा ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय […]