Sajhamanch Archive

शिक्षिकाले विद्यार्थीको अगाडी कपडा खोलेर नाचेपछि…..

Published: (Updated: ) in विविधा by . Leave a Comment on शिक्षिकाले विद्यार्थीको अगाडी कपडा खोलेर नाचेपछि…...

शिक्षकको काम आफ्ना विद्यार्थीलाई शिक्षा दिनु, नैतिकवान बनाउनु हो । तर भारतको गुजरातमा एक शिक्षिकाले अश्लीलताको सबै हद पार गरेकी छिन् । पारबन्दरको एक विद्यालयकी शिक्षिका छात्र छात्राको अगाडि आफ्नो कपडा उतारेर नाच्ने गर्थिन् । यति मात्र होइन उनी छात्रालाई अश्लील भिडियो देखाएर आपत्तिजनक कुरा गर्थिन् । यस्तो विषय सार्वजनिक भएपछि अविभावकले स्कुलमा हंगामा गरेका […]

छाउपडी कुप्रथाविरुद्ध कडा कदम : सेवा सुविधामा रोक लगाइने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on छाउपडी कुप्रथाविरुद्ध कडा कदम : सेवा सुविधामा रोक लगाइने.

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ ले छाउपडी कुप्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरे मात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ । महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, ५ दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला खानेकुरा खान नहुनेजस्ता अन्धविश्वास नहटेपछि सेवा सुविधामा रोक लगाउनु परेको […]

म्यानपावरलाई ६ करोड धरौटीः साना व्यवसायीलाई सिन्डिकेट र एकाधिकारको चिन्ता

Published: in समाज by . Leave a Comment on म्यानपावरलाई ६ करोड धरौटीः साना व्यवसायीलाई सिन्डिकेट र एकाधिकारको चिन्ता.

काठमाडौं । सरकारले म्यानपावरको धरौटी ६ करोड पुर्‍याउने तयारी गरेपछि यसमाथिको बहस गरमागरम बन्दै छ । कतिले सरकारको प्रस्तावको स्वागत गरेका छन्, कतिले चर्को विरोध । स्वागतवालाहरुको तर्क छ, ‘अब गल्ली–गल्लीमा ‘म्यानपावर कम्पनी’को बोर्ड झुण्डाएर फैलाइएको मानव बेचविखनको जालो र ठगीको साम्राज्य खत्तम हुन्छ । म्यानपावर कम्पनी सीमित हुन्छन् र राज्यले सजिलोसँग ठगहरुलाई तह लगाउँछ […]

एकदिवसीय क्रिकेटमा पहिलाे जितका नायकहरु

Published: in खेलकुद by . Leave a Comment on एकदिवसीय क्रिकेटमा पहिलाे जितका नायकहरु.

क्रिकेट समूहमा खेलिने खेल हो ।  यसमा एउटा मात्रै खेलाडी चल्दा कहिलेकाहीँ त जित हात पारिएला तर सधैँ यस्तो हुँदैन । फेरि यो खेलमा अन्तिम ओभरको अन्तिम बल नफाल्दासम्म नतिजाबारे पनि अनुमान गर्न गाह्रो हुन्छ । हो यस्तै भएको नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो खेलको नतिजा पनि । आईसीसीले सन् २०२२ सम्मका लागि नेपाललाई एकदिवसीय राष्ट्रको मान्यता […]

३२ घरमा पाइपलाइनमार्फत् पुर्‍याइयो बायोग्यास

Published: in प्रदेश तह by . Leave a Comment on ३२ घरमा पाइपलाइनमार्फत् पुर्‍याइयो बायोग्यास.

विराटनगर । विराटनगर महानगरपालिका–१४, जतुवामा पाइपलाइनमार्फत् घरघरमा बायोग्यास पुर्‍याइएको छ । पहिलो चरणमा स्थानीय ३२ घरले पाइपलाइनमार्फत् आएको बायोग्यासबाट खाना पकाउन सुरु गरेका छन् । जतुवास्थित श्रीकृष्ण गौशालाबाट निकालिएको बायोग्यास पाइपलाइनबाट एक किलोमिटर आसपासका क्षेत्रका बासिन्दाको घरघरमा पुर्‍याइएको हो । गौशालाका व्यवस्थापक महिचन्द्र यादवले ८५ लाख रुपैयाँ लागतमा ग्यास प्लान्ट, पाइपलाइन र अरु संरचना निर्माणपछि […]

धनकुटामा २४ वर्षअघि स्थापित टिस्यूकल्चर ल्याब अलपत्र

Published: in स्वास्थ्य by . Leave a Comment on धनकुटामा २४ वर्षअघि स्थापित टिस्यूकल्चर ल्याब अलपत्र.

धनकुटा। वैज्ञानिक र प्राविधिक नहुँदा धनकुटाको पारीपात्लेमा २४ वर्षअघि स्थापना गरिएको टिस्यूकल्चर ल्याब अलपत्र परेको छ । तन्तु प्रशारण विधिबाट बिरुवा उत्पादन गर्ने उद्देश्यले सो ल्याब स्थापना गरिएको थियो । अमिलो जातका फलफूलमा बढ्दो रोग–किराको प्रकोपलाई नियन्त्रण गर्दै तन्तु प्रशारण विधिबाट बिरुवा उत्पादन गर्ने लक्ष्यसहित २४ वर्षअघि ल्याब स्थापना गरिएको हो । तर, कर्मचारी अभावका […]

रुसमा हेलिकप्टर दुर्घटना : १८ जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on रुसमा हेलिकप्टर दुर्घटना : १८ जनाको ज्यान गयो.

रुसमा एम अाई-८ हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । क्रास्नोयार्स्क क्षेत्रमा भएको दुर्घटनामा चालक दलका तीन जना सदस्यसहित १५ यात्रुको ज्यान गएको रुसी समाचार संस्था तासले जनाएको छ । दुर्घटनाग्रस्त हेलिकप्टर उतेएर एयरलाइन्सले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गर्दै आएको थियो । विमानस्थलबाट उड्नेिबत्तिकै हेलिकप्टर दुर्घटनामा परेकाे तासले जनाएकाे छ । घटनाकाे विस्तृत […]

खोलाले बगाएर  दुईको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on खोलाले बगाएर  दुईको मृत्यु.

संखुवासभा ।  संखुवासभामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । सभापोखरी गाउँ पालिका र चैनपुर नगरपालिकामा खोलाले बगाउँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो । सभापोखरी गाउँपालिका–६ मा शुक्रबार साँझ हाङ्दुवा खोला तर्ने क्रममा बगाएर टंकीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। माइतीबाट घर फर्किँदा खोलाको ढुंगामा चिप्लिएर लड्दा खोलाले बगाएको प्रहरीले […]

आर्यन-साम्राज्ञीको ‘कायरा’ रिलिज

Published: in टिप्स/जानकारी by . Leave a Comment on आर्यन-साम्राज्ञीको ‘कायरा’ रिलिज.

काठमाडौं ।   आजबाट देशभरका हलमा प्रतिक्षित चलचित्र ‘कायरा’ रिलिज भएको छ । नायक आर्यन सिग्देल केही समयपछि पर्दामा देखिन लागेकाले पनि यसको व्यापारमा धेरैले चासो देखाएका छन् । स्टारडम कमजोर बनेको आरोप खेपिरहेका आर्यनका लागि यो चलचित्र चल्न जरुरी छ । यस्तै, अहिलेकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आर्यन सिग्देलको रोमान्स चलचित्रमा हेर्न पाइनेछ […]

तिमी बिना बजारमा

Published: in टिप्स/जानकारी by . Leave a Comment on तिमी बिना बजारमा.

झापा । गायिका प्रविशा अधिकारीको ‘तिमी बिना’ गीतको म्यूजिक भिडियो बजारमा आएको छ । संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा गायिका अधिकारीले सो गीत बजारमा ल्याएकी हुन् । गीतकार रचना प्रधानले लेखेको सो गीतले प्रेम सम्बन्धलाई गहिरो ढंगले प्रस्तुत गरेको छ । गीतले प्रेम र मायालाई गहिराइका साथ प्रस्तुत गर्न शब्द, संगीत र स्वर तिनै कुराले समान […]