भद्रपुर । झापाको सदरमुकाम भद्रपुरको प्रमुख बजार र व्यस्त चोकहरुमा सीसी क्यामेरा जडान गरिने भएको छ । पछिल्लो समयमा भद्रपुरमा मोटरसाइकल लगायतका मूल्यवान बस्तु चोरीका घटना बढ्दै गएकोले सुरक्षाका लागि संवेदनशील ठाउँहरुमा सीसी क्यामेरा जडान गर्न लागिएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् । यसका लागि नगरपालिकाले झापा उद्योग वाणिज्य संघ, झापा उद्योग […]
भद्रपुर । सार्वजनिक अपराध अन्तरगत झापा कारागारमा बन्दी जीवन बिताई रहेकी एक युवतीलाई जिल्ला प्रशासन कार्यालय झापाले कैद मिनाह गरी रिहा गरेको छ । ५ हजार जरिवाना बुझाउन नसकी कारागार चलान भएकी भद्रपुर ४ की १९ वर्षीया शुष्मा गुरुङले बच्चा जन्माएपछि कारागारमा सुरक्षित राख्ने ठाउँ अभावमा मानव अधिकारका लागि एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको […]
भद्रपुर । सन् २०१८/०१९ का लागि निर्वाचित रोटरी क्लव अफ भद्रपुरको नयाँ कार्यसमितिले शुक्रबारदेखि पदभार ग्रहण गरेको छ । शुक्रबार ५औं पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो । अध्यक्ष भेषराज ढकाललगायतको नवनिर्वाचित १८ सदस्यीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले शुक्रबार साँझ आयोजित समारोहमा पद तथा गोपनियताको सपथ लिँदै पदभार ग्रहण गरेका हुन् । […]
भद्रपुर । नक्कली मूल्य अभिबृद्धि कर (भ्याट) बिलको प्रयोग गरी राजश्व छली गरेको आरोपमा भद्रपुरका व्यापारी सञ्जीव घोष पक्राउ परेका छन् । राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीको टोलीले भद्रपुरस्थित शिव स्टोर्सका सञ्चालक घोषलाई करोडौं राजश्व रकम छली गरेको आरोप लगाउँदै अनुसन्धानका लागि पक्राउ गरेको हो । व्यापारी घोषलाई राजश्व छलीको कसुरमा सुन्सरी अदालतमा पेश […]
काठमाडौं । जेठ १६ गते राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रूपमा भनेका थिए, ल्यापटप चलाउन नआउने मन्त्रीलाई बिदा गरिन्छ । मन्त्रिपरिषद् बैठकलाइए पेपरलेस बनाउने आफ्नो विज्ञ समूहको योजनामा मन्त्रीहरूले ध्यान नदिएपछि प्रधानमन्त्रीले सार्वजनिक रूपमै सचेत गराएका थिए । प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएको दुई महिनापछि दुईपटक ‘पेपरलेस’ मन्त्रिपरिषद् बैठक बसिसकेको छ । यो […]
काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ । सवारी साधनबाट निस्कने धूँवाको प्रदूषणबाट मानव स्वास्थ्यमा नै असर गर्नुका साथै वातावरण समेत प्रभाव पर्ने भएकाले धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउन लागेको हो । सरकारले काठमाडौं उपत्यका, सबै महानगरपालिका र उपमहानगरपालिका भित्र सवारीसाधन चेकजाँच गराई हरियो […]
काठमाडौं । सधैं सुगम मात्र रोज्ने डाक्टरहरु पछिल्लो समय दुर्गममा जान हानथाप गर्न थालेका छन्। नयाँ नीतिअनुसार सुगममा बस्नेलाई विशेषज्ञ चिकित्सक९एमडी० बन्ने बाटो बन्द हुने भएपछि डाक्टरहरु दुर्गम क्षेत्रमा केन्द्रित हुन थालेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार डाक्टर पढ्ने अधिकांश नेता र सचिवका छोराछोरी छन्। उनीहरुले आफूअनुकूल पोस्टिङ गर्न दबाब दिँदै आएका छन्। विगतमा सुमगमा खटाउन […]
काठमाडौं । नेपालले दोस्रो एकदिवसीय खेलमा नेदरल्यान्डलाई पराजित गरेको छ। नेपाल एक रनले विजयी भएको हो। नेदरल्यान्डको घरेलु मैदानमा भएको रोमाञ्चक खेलमा कप्तान पारस खड्काले अन्तिम ओभरको अन्तिम एक बल बाँकी छदा नेपाललाई जीत दिलाएका हुन्। नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड २१५ रनमा अलआउट भएको थियो। अन्तिम एक बल बाँकी रहेको र […]
तेह्रथुम । तेह्रथुमको ईलाका मालपोत कार्यालय आठराईका निमित्त प्रमुख नायव सुब्बा शंकर प्रसाद दाहाललाई २५ हजार रुपैंया घुस सहित अख्तियारको टोलीले शुक्रबार अपरान्ह पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस लिदै गरेका दाहाललाई अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीबाट आएको टोलीले प्रकाउ गरेको हो । अख्तियार ईटहरीका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डे नेतृत्वको टोलीले आफ्नै कार्यकक्षबाट घुस […]
हामी चाहँदैनौ, आफ्ना जीवनसाथी बिराम भएको । तर, सबै कुरा हाम्रो हातमा हुँदैन । मानिसको शरीर सधै एकनास रहँदैन । कहीले काहीँ दुख-बिराम हुन्छ । रोग लाग्छ । थला परिन्छ । जब जीवनसाथी बिराम हुन्छन्, के गर्ने ? किनभने एक त पारिवारिक दायित्व तपाईंमाथि आइपर्छ । अर्कोतिर बिरामी जीवनसाथीलाई स्यहारसुसार गर्नुपर्ने हुन्छ । यसरी […]