धनकुटा । महालक्ष्मी नगरपालिका–५ लेगुवामा शुक्रबार साँझ चट्याङले लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब ३० वर्षीय भिमबहादुर राई रहेको प्रहरीले जनाएको छ। घरमा बसिरहेका बेला करिब ६ बजेतिर हावाहुरीसँगै परेको चट्याङ लागेर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए।
ज्यामिरगढी । हाल मेचीनगर नगरपालिकामा गाभिएको साविक ज्यामिरगढी गाविस खुल्ला दिसामुक्त घोषणा गरिएको छ । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले ज्यामिरगढीलाई खुल्ला दिसामुक्त घोषणा गरे । प्रमुख अतिथि आचार्य र विशेष अतिथि नगर उपप्रमुख मीना उप्रेतीले खुल्ला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराएका थिए । कार्यक्रममा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको तर्फबाट ज्यामिरगढीलाई […]
बिर्तामोड । वीरता जेसीज र वीरता लेडी जेसीजको जेसीज सप्ताह सन् २०१८ अन्तर्गत शुक्रवार खुल्ला पौडी प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा १८ प्रतियोगीलाई उछिन्दै सन्दीप कटुवाल प्रथम भएका छन् । त्यस्तै राजीव धिमाल द्वितीय र प्रकाश भुजेल तृतीय भएका छन् । समारोहमा वीरता जेसीजका पूर्वअध्यक्ष जितेन्द्र बस्नेत, लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण विमलीले शुभकामना […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति लिएको बताएका छन् । नेपाल नगरपालिका संघको प्रतिनिधी मण्डलसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले हरेक कुरामा मितव्यती अपनाउँदै मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाई गरिएको बताए । विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठुला धनराशी खर्च हुने गरेको तर त्यसबाट उपलब्धी शुन्य हुने निष्कर्ष निकाल्दै प्रधानमन्त्री ओलीले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यन्वयनका लागि सरकारले गरेका कामहरुको बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री ओलीले आर्थिक बर्ष २०७३ ÷ ०७४ को प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन् । चार परिच्छेद रहेको प्रतिवेदनमा परिचय, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयनका लागि भएका काम र […]
चितवन । मुग्लिनमलेखु सडकखण्डअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित चुम्लिङटारमा शुक्रबार बस र ट्रक एक आपसमा ठक्कर खाँदा यात्रुवाहक बस त्रिसुलीमा खसेर भएको दुर्घटनामा मृतकको संख्या ८ पुगेको छ। मृतकमध्ये ६ जनाको सनाखत भएको छ। अन्य १७ जना घाइते भएका छन्। मृत्यु हुनेमा दुर्इ महिला, पाँच पुरुष र एक बालक रहेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद […]
बिर्तामोड । गुरु पूर्णिमाको दिन आज झापाको मनकामना सेकेण्डरी बोर्डिङ स्कूलका विद्यार्थीहरुले आफ्ना शिक्षकहरुलाई सम्मान गरेका छन् । प्रिन्सिपल केशव ढुंगानाको सभापतित्व तथा विद्यालयका संस्थापक कुमार थपलियाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यार्थी निरज पोख्रेलले स्वगत गरेका थिए । कार्यक्रममा संस्थापक सदस्य भेषराज चौलागाईं शिक्षक राजेन्द्र प्रसाईं, ध्रुब गौतमलगायत शिक्षकहरुले गुरुपूर्णिमा महिमा र महत्वको बारेमा प्रस्ट्याएका […]
काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’मा गरेको अनुबन्धन लत्याउँदै अभिनेत्री प्रियंका चोपडाले १० वर्ष कान्छा प्रेमी अमेरिकन गायक निक जोनससँग बिहे गर्ने निधो गरेकी छन् । अमेरिकाको न्युयोर्कमा किनेको इन्गेजमेन्ट रिङ लगाएर प्रियंकाले निकसँगको बिहे निश्चित गरिन् । अक्टोबरमा बिहे हुने भएपछि उनले सलमानका फिल्म छाड्नु परेको हो । केही समयसम्म निकसँग रोमान्समा […]
काठमाडौं । हरेक धार्मिक मान्यताअनुसार गुरुलाई भगवानको दर्जामा राखिन्छ । तर विविध चरित्रले बनेको समाजमा ‘राक्षसी’ सोच भएका पनि गुरुहरू हुन्छन् जसलाई गुरुपूर्णिमामा नमन होइन, मृत्यु मागीरहेका पीडित भेटिन्छन् । बलात्कारको पीडा सहेर हिँडेका कतिपय छात्राहरूको मस्तिष्कमा अहिले यस्तै चलिरहेको हुनुपर्छ । बलात्कारको पीडामा अन्य रोगले थलिएर कोमामा रहनुुभन्दा कठिन मानिन्छ । सामाजिक सभ्यतासँगै आफुलाई […]
काठमाडौँ । सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश गरेको छ । अघिल्लो संसदमा पेश भएको विधेयकमा सहमति जुट्न नसकेपछि निष्क्रिय भएपछि सरकारले फेरि अर्को विधेयक संसदमा पेश गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शुक्रबारको बैठकमा विधेयक पेश गरेका हुन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेल शुक्रबार प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा अध्यादेश पेस […]