सुरुङ्गा । दक्षिणी झापाको रानी सामुदायिक वन समुहमा रहेको सिमसार पोखरीलाई प्रदेश नम्बर १ कै ठुलो सिमसार क्षेत्र बनाइने भएको छ । झापा गाउँपालिकामा आयोजित वृहत्तर विकास सम्बन्धि कार्यक्रममा सामुदायिक वनलाई पर्यापर्यटकिय क्षेत्रका रुपमा अगाडि बढाइने जानकारी दिइएको हो । १०४ हेक्टर क्षेत्रमा फैलिएको सो सामुदायिक वनमा हाल पनि १५ हेक्टर क्षेत्रमा सिमसारयुक्त पोखरी रहेको […]
इलाम । इलाममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । इलामपको माई नगरपालिका – ९ मालबाँसेमा भीरबाट लडेर स्थानीय ५५ वर्षीय गोपाल किसान रहेको प्रहरीले जनाएको छ। घरबाट सामान किन्न हिँडेका उनी फर्केर नआएपछि परिवारले खोजी गर्ने क्रममा बाटो छेउको भीरबाट करिब २० फिट तल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी […]
विश्वकप २०१८ बाट क्वाटर फाइनलसम्म यात्रा गर्दै आयोजक रुस बाहिरिएको छ। रुसलाई क्वाटर फाइनलमा क्रोएसियाले पराजित गरेको हो। क्रोएसियाले रुसलाई पेनाल्टी सुटआउटमा ४–३ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। निर्धारित समयमा एक एक गोलको बराबरी र अतिरिक्त ३० मिनेटको समयमा दुई दुईको बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउट मार्फत निर्णय लिइएको हो। पेनाल्टी […]
पश्चिमी जापानमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि कम्तीमा ४९ जनाको ज्यान गएको छ। बाढी पहिरोमा दर्जनौं हराइरहेको जनाएको छ। सबैभन्दा धेरै क्षति हिरोशिमा क्षेत्रमा भएको छ। हिरोशिमामा गत बिहीवारदेखि वर्षा भएको थियो। सो क्षेत्रका करिब १५ लाख मानिसलाई घर छोड्न निर्देशन दिइएको छ। दशौँलाख मानिसलाई सजग रहन भनिएको छ। विपद्पछि खोज तथा उद्धार […]
इंग्ल्यान्ड सन् १९९० पछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। रुसमा जारी विश्वकप २०१८ को क्वाटर फाइनलमा स्वीडेनलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनल यात्रा तय गरेको हो। इंग्ल्यान्डलाई सेमिफाइनलमा पुर्याउने क्रममा ह्यारी म्यागुइरे र डेले अल्लीले गोल गरेका थिए। दुवै गोल हेड मार्फत गरिएका थिए। डेलेले खेलको ५९औँ मिनेटमा गोल गरे भने पहिलो गोल […]
भद्रपुर। झापा भद्रपुर नगरपालिका ५ स्थित मेची किनारका बाढी पीडित सुकुम्बासी वस्तीका वासिन्दा विस्थापित भएका छन्। मेची पुल निर्माण कम्पनी सूर्य एण्ड सन्स जेभीले मेची नदीको तटबन्धन निर्माण कार्यलाई बीचमै अधुरो बनाई छाडिदिएपछि मेची नदीले जमिन कटानका कारण सुकुम्बासी वस्तीका १५ घरपरिवार विस्थापति भएका हुन्। केही दिनदेखिको अविरल वर्षापछि मेची नदीमा पानीको सतह ह्वतै बढेको […]
कपिलवस्तु । कपिलवस्तुमा श्रीमानले आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गरेका छन्। बाणगंगा नगरपालिका ४ झुँगा बस्ने वर्ष ३८ वर्षीय नरबहादुर मगरले आफ्नै श्रीमती वर्ष ३१ वर्षीया कुमारी मगरलाई आगो लगाएर हत्या गरेका हुन्। आगोबाट शरीर जलेर गम्भीर भएकी कुमारीलाई उपचारको लागि सामुदायिक अस्पताल ४ नम्बर जीतपुर पठाइएको थियो। घाइतेको थप उपचारको लागि पाल्पा मिसन अस्पताल […]
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको छ। सात बुँदे माग राख्दै आमरण अनशन बसेका विद्यार्थीको स्वास्थ्य अवस्था गम्भीर हुँदासमेत पदाधिकारीले चासो नदिएको भन्दै विद्यार्थीले नाराबाजीसहित अर्धनग्न प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो। विद्यार्थीको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गर्दा एक दर्जन बढी विद्यार्थी घाइते भएका छन्। विश्वविद्यालय परिसरमा हतियारसहित पुगेका प्रहरीले […]
कमल । “ दिगो विकास लक्ष्य प्राप्तीका लागी सहकारी ” भन्ने मुलनाराका साथ आज देशभर विभिन्न कार्यक्रमगरी ९६ औं अन्तराष्ट्रिय सहकारी दिवस मनाईएको छ । कमल गाउँपालिका स्थित एउटै उद्देश्य रहेका नवोदय वहुउद्देश्यीय सहकारी संस्था, श्री पुर्व नेपाल बहुद्देश्यीय सहकारी संस्था र इन्द्रेणी बहुद्देश्यीय सहकारी सस्थाले संयुक्त रुपमा केर्खा बजारमा ¥यालीसहित केर्खा बजार परिक्रममा साथै […]
दमक । यहाँको सरस्वती माद्यमिक विद्यालयमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीहरुले अमेरिकाको वासिङ्टन स्टेट्स स्कूल फर ब्लाइन्डका शिक्षकहरुसँग अन्तरक्रिया गर्ने अवसर पाएका छन् । रोट्याक्ट क्लब अफ दमकका संस्थापक अध्यक्ष बिरोध सुबेदीले दिएको जानकारी अनुसार अन्तरक्रिया कार्यक्रममा यहाँका विद्यार्थीहरुले अमेरिकामा दृष्टिबिहीन विद्यार्थीहरुले सिक्ने शैलीको बारेमा चासो राखेका थिए । शिक्षिका स्टेफेनी फेस र शिक्षिका पाम पार्करले आफूहरुले […]