Sajhamanch Archive

अफगानिस्तानको मस्दिजमा बम आक्रमण, १२ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on अफगानिस्तानको मस्दिजमा बम आक्रमण, १२ जनाको मृत्यु.

काठमाडौं । अफगानिस्तानको पूर्वी खोस्ट प्रान्तको मन्दोजाई जिल्लास्थित एक मस्जिदमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको छ । बम आक्रमणमा ३३ जना घाइते भएका छन् । मृत्यु र घाईते हुने सबै अफगान राष्ट्रिय सेनाका सुरक्षाकर्मी भएको खोस्ट सुरक्षा वेशका प्रवक्ताले जनाएका छन् । मस्दिजमा पूजाका लागि ठूलो संख्यामा धर्मावलम्बीहरु आएका बेला सैनिकहरु रहेको स्थानमा […]

चिनियाँ वाणिज्य दूतावासमा बम आक्रमण, २ जना सेना मारिए

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on चिनियाँ वाणिज्य दूतावासमा बम आक्रमण, २ जना सेना मारिए.

पाकिस्तानको कराँचीस्थित चिनियाँ वाणिज्य दूतावासमा बम आक्रमण भएको छ । आज दूतावासमा आतंकवादी आक्रमण भएको हो । आक्रमणमा परी २ जना सेना मारिएको बिबिसीले उल्लेख गरेको छ । अर्का १ जना सेना गम्भीर घाइते भएका छन् । चिनियाँ कूटनीतिज्ञ भने सुरक्षित रहेको प्रहरीले बताएको छ । अहिलेसम्म आक्रमण कसले र किन गरायो भन्नेबारे केही खुलेको […]

टि–१० लिगमा सन्दीपको सनसनिपुर्ण प्रदर्शन

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on टि–१० लिगमा सन्दीपको सनसनिपुर्ण प्रदर्शन.

युएईमा जारी टि–१० क्रिकेटमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले सनसनिपुर्ण प्रदर्शन गरेका छन्। केरेला किंग्सबाट १० ओभरको खेलमा युएइमा रहेका सन्दीपले आफ्नो पहिलो खेलमा सर्वाधिक ३ विकेट लिंदै सनसनि मच्चाएका हुन्। पाकटोन्सविरुद्धको पहिलो खेलमा केरलाको बलिङमा सन्दीपले एकछत्र राज गरेका थिए। उनी प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए। म्यान अफ द म्याच घोषित भएपछि […]

अमिताभको उदारता, १ हजार ३ सय ९८ किसानले लिएकोे ऋण बैंकलाई चुक्ता गरिदिए

Published: in अर्थतन्त्र, by . Leave a Comment on अमिताभको उदारता, १ हजार ३ सय ९८ किसानले लिएकोे ऋण बैंकलाई चुक्ता गरिदिए.

मुम्बई । बलिउडका महानायक अमिताभ बच्चनले भारतको उत्तर प्रदेश राज्यका एक हजार तीन सय ९८ किसानलाई बैंकबाट ऋणमुक्त गराएका छन् । अमिताभको पैतृक थलो उत्तर प्रदेश नै हो । उनले बैंकको ऋणमा डुबेका ती किसानको सम्पूर्ण ऋण चुक्ता गरिदिएका हुन् । भारतमा ऋणकै कारण बर्सेनि सयौं किसानले आत्महत्या गर्दै आएका छन् । अमिताभले बैंकमा ती […]

काबुलमा मुसलमान धर्मगुरुहरु भेलामा विस्फोट, ५० जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on काबुलमा मुसलमान धर्मगुरुहरु भेलामा विस्फोट, ५० जनाको मृत्यु.

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा मुसलमान धर्मगुरुहरु भेला भएको एउटा हलमा आत्मघाती विस्फोट गराइँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन मुसलमान धर्मगुरुहरु भेला भएका बेला विस्फोट भएको हो । विस्फोटमा कम्तिमा ८३ जना घाइते भएका छन् । एक जना आत्मघाती हमलाकारीले विस्फोट गराएको अधिकारीहरुले जनाएका छन् । विमानस्थल नजिकै रहेको […]

समलिङ्गी यौन सम्बन्धमा आधारित किताब लेख्नेलाई १० वर्षको जेल सजाय

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on समलिङ्गी यौन सम्बन्धमा आधारित किताब लेख्नेलाई १० वर्षको जेल सजाय.

‘गे सेक्स’ अर्थात् समलिंगी यौन सम्बन्धमा आधारित किताब लेखेको आरोपमा चीनमा एक लेखिकालाई १० वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि किताब लेखेको र बेचविखन गरेको आरोप छ । लिउ नामकी लेखिकालाई ‘अश्लिल सामग्री’ लेखेको तथा त्यसको बिक्री गरेको आरोपमा अन्हुई प्रान्तको एक अदालतले गएको महिना जेल पठाएको हो । ‘अक्युपेशन’ नामको त्यो उपन्यास पुरुषको समलैंगिक […]

अमेरिकामा गोलीकाण्ड, प्रहरी अधिकारीसहित चारको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकामा गोलीकाण्ड, प्रहरी अधिकारीसहित चारको मृत्यु.

अमेरिकाको शिकागोस्थित एक अस्पतालमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ। शिकागोको मर्सी अस्पतालमा भएको गोलीकाण्डमा शिकागो प्रहरीका एक अधिकारी, अस्पतालका दुई कर्मचारी र बन्धुकधारीको मृत्यु भएको शिकागो प्रहरीले जनाएको छ। बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ। यद्यपि, उनले गोली चलाउनुको उद्देश्य थाहा हुन नसकेको प्रहरीको भनाइ छ। […]

कृत्रिम सूर्य बनाउँदै चीन, वास्तविक सूर्यभन्दा ६ गुणा तातो

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on कृत्रिम सूर्य बनाउँदै चीन, वास्तविक सूर्यभन्दा ६ गुणा तातो.

चीनका वैज्ञानिक स्वच्छ ऊर्जा तयार पार्ने उद्येश्यका लागि एक कृत्रिम सूर्य निर्माणमा लागेका छन्। चीनका वैज्ञानिकहरूले निर्माण गर्न लागेको सूर्य वास्तविक सूर्यभन्दा ६ गुणा तातो हुने बताइएको छ। हामीले देखिरहेको वास्तविक सूर्यको तातो १.५० करोड डिग्री सेल्सियससम्म रहेको छ। चीनले निर्माण गर्न लागेको सूर्यको तातो १० करोड डिग्री सेल्सियससम्म हुने बताइएको छ। चीनको एकेडेमी अफ […]

क्यालिफोर्नियामा लागेको भीषण डढेलो प्रभावित क्षेत्रमा अमेरिकी राष्ट्रपति

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on क्यालिफोर्नियामा लागेको भीषण डढेलो प्रभावित क्षेत्रमा अमेरिकी राष्ट्रपति.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियामा भएको अमेरिकी इतिहासकै सबैभन्दा भीषण मानिएको डढेलोले निम्त्याएको विनाशको अवलोकन गरेका छन् । ‘क्याम्प फायर’ नाम दिइएको डढेलोका कारण हालसम्म कम्तिमा ७१ जनाको मृत्यु भइसकेको छ । डढेलोमा परेर एक हजारभन्दा बढी मानिस हराइरहेका छन् । अमेरिकी अधिकारीहरुले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । डढेलोका कारण […]

उत्तर कोरियाद्वारा उच्च सामरिक महत्वको नयाँ हतियार परीक्षण, अमेरिका तर्सियो !

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on उत्तर कोरियाद्वारा उच्च सामरिक महत्वको नयाँ हतियार परीक्षण, अमेरिका तर्सियो !.

रोएटर्स ।करीब एक वर्षदेखि परमाणु हतियारको उत्पादन तथा परीक्षण बन्द गरेको दाबी गर्दै आएको उत्तर कोरियाले उच्च सामरिक महत्वको नयाँ अत्याधुनिक हतियार परीक्षण गरेको छ । उत्तर कोरियाको राष्ट्रिय रक्षा विज्ञान एकेडेमीले उक्त हरियार परीक्षण गरेको र नेता किम जोङ उनले त्यसको निरीक्षण गरेको भनी उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले शुक्रबार खबर दिएको बताइएको […]