Sajhamanch Archive

बेलायती चार मन्त्रीले दिए एकै साथ राजीनामा

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on बेलायती चार मन्त्रीले दिए एकै साथ राजीनामा.

बेलायतको मन्त्रिपरिषद बैठकले युरोपेली संघ (ईयू) बाट अलग हुने प्रस्ताव अनुमोदन गरेको छ। प्रधानमन्त्री थेरेसा मेले बेलायतको बहिर्गमनसम्बन्धी विस्तृत शर्तहरूबारे ईयूसँग भएको मस्यौदा सम्झौतालाई आफ्नो मन्त्रिपरिषद्ले अनुमोदन गरेको जानकारी दिएकी हुन्। मन्त्रिपरिषदमा नौ मन्त्रीहरूले भने सो प्रस्तावको विरोधमा मत राखेका थिए। ब्रेक्जिटसम्बन्धी प्रस्तावमा असहमति जनाउँदै ब्रेक्जिटमन्त्री डोमिनिक राबले पदबाट राजीनामा दिएका छन्। यसअघिका गत जुलाईमा […]

इजरायलका रक्षामन्त्री अभिग्डोर लिबरमेनद्वारा राजीनामा

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on इजरायलका रक्षामन्त्री अभिग्डोर लिबरमेनद्वारा राजीनामा.

काठमाडौं । इजरायलका रक्षामन्त्री अभिग्डोर लिबरमेनले पदबाट राजीनामा दिएका छन् । इजरायलले प्यालेस्टिनी हमाससँग युद्धविरामको घोषणा गरेपछि रुष्ट बनेका रक्षामन्त्री लिबरमेनले राजीनामा दिएका हुन् । हमासविरुद्धको २ दिने भौतिक कारबाहीको अन्त्य गर्दै इजरालको मन्त्रिपरिषद्ले युद्धविरामको निर्णय गरेको थियो । त्यसलगत्तै लिबरमेनले हमाससँग युद्धविराम गर्नु आतंकका अगाडी घुँडा टेक्नु सरह भएको भन्दै राजीनामा दिएका हुन् । […]

श्रीलंकामा संसद विघटन र मध्यावधि निर्वाचन गर्न सर्वोच्चको रोक

Published: (Updated: ) in मिडियाबाट साभार, by . Leave a Comment on श्रीलंकामा संसद विघटन र मध्यावधि निर्वाचन गर्न सर्वोच्चको रोक.

काठमाडौं । श्रीलंकाको सर्वोच्च अदालतले संसद् विघटन र मध्यावधि निर्वाचन गर्ने राष्ट्रपतिको निर्णयमा रोक लगाइदिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद् विघटन गर्दै निर्वाचन गर्ने घोषणा गरेकोमा सर्वोच्च अदालतले त्यसलाई तत्कालका लागि रोक लगाएको हो । अदालतले राष्ट्रपतिद्वारा अर्को बर्ष हुने गरी घोषणा गरेको आकस्मिक निर्वाचनलाई पनि रोक्न निर्देशन दिएको छ । प्रधानन्यायाधीश नलिन परेराको […]

अफगानिस्तानका लागि उड्न लागेको विमानका पाइलटले विमान अपहरणमा परेको सूचना दिएपछि….

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on अफगानिस्तानका लागि उड्न लागेको विमानका पाइलटले विमान अपहरणमा परेको सूचना दिएपछि…..

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारीमा रहेको एक विमानले अपहरणमा परेको सूचना प्रवाह गरेपछि शनिबार उक्त विमानस्थलमा हल्लीखल्ली मच्चियो । अरियाना एयरलाइन्सको विमान उड्ने तयारी गरिरहँदा अपहरणमा परेको सन्देश प्रवाह भएको थियो । विमानका पाइलटले उक्त सन्देश पठाउनासाथ विमानस्थल प्रशासनले उक्त विमानलाई उड्न रोक लगाउँदै चारैतिरबाट सुरक्षाकर्मीले घेराबन्दी गरेका […]

दर्दनाक घटनाः दिपावलीमा तीन वर्षीया बालिकाको मुखभित्र पड्काइयो पटका

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on दर्दनाक घटनाः दिपावलीमा तीन वर्षीया बालिकाको मुखभित्र पड्काइयो पटका.

नयाँ दिल्ली । हिन्दूहरुको महान पर्व दीपावलीले सबैलाई सत्कर्मतर्फ डोर्याउने पर्वका रुपमा लिइन्छ । तिहारले सबैमा भाइचाराको सम्बन्ध विकास गर्ने विश्वास पनि लिइन्छ । तर, भारतीय राज्य उत्तर प्रदेशको मेरठ जिल्लामा भएको एक घटनाले दीपावली पर्वकै महत्व घटाइदिएको छ । मंगलवार मेरठमा एक युवकले ३ वर्षीया बालिकाको मुखभित्र पटाका पड्काइदिएको घटना सार्वजनिक भएको छ । […]

अमेरिकाको चुनावमा नेपाली मुलका भण्डारी विजयी

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकाको चुनावमा नेपाली मुलका भण्डारी विजयी.

काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट राज्य सांसदमा विजयी भएका हुन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् । अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य सांसदको रुपमा खाता खोल्न भण्डारी सफल भएका छन् । मुलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश […]

क्यामरुनको एक विद्यालयका विद्यार्थी, प्रधानाध्यापकसहित ८२ जनाको अपहरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on क्यामरुनको एक विद्यालयका विद्यार्थी, प्रधानाध्यापकसहित ८२ जनाको अपहरण.

क्यामरुन । अफ्रिकी मुलुक क्यामरुनको एक विद्यालयबाट ७९ विद्यार्थीसहित ८२ जना अपहरणमा परेका छन् । पश्चिम क्यामरुनको बामेडाको एक विद्यालयका प्रधानाध्यापकसहित अपहरणमा परेका ती विद्यार्थीको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय प्रशासनले सशस्त्र मिलिसिया समूहले विद्यार्थीको अपहरण गरेको दाबी गरेको छ । तर सो समूहले घटनाको जिम्मेवारी लिएको छैन । सशस्त्र समूहले […]

जम्मू-कश्मीरमा भारतीय जनता पार्टीका नेता परिहारको हत्या

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on जम्मू-कश्मीरमा भारतीय जनता पार्टीका नेता परिहारको हत्या.

काठमाडौं । भारतको जम्मू–कस्मिर राज्यका भारतीय जनता पार्टी (बीजेपी)का सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या भएको छ । हिजो साँझ जम्मू–कस्मिरको किश्तवाडमा बीजेपी सचिव परिहार र उनका भाइको गोली हानी हत्या भएको हो । किश्तवाडमा रहेको आफ्नो घरतर्फ जाँदै गर्दा परिहार दाजुभाइमाथि गोली हानिएको जम्मू–कश्मीर प्रहरीले जनाएको छ । जम्मू–कश्मीर बीजेपीका अध्यक्ष […]

खसोग्जीको दूतावास छिर्नेवित्तिकै घाँटी थिचेर हत्या गरिएको टर्कीको दाबी

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on खसोग्जीको दूतावास छिर्नेवित्तिकै घाँटी थिचेर हत्या गरिएको टर्कीको दाबी.

काठमाडौं । टर्कीले साउदी पत्रकार जमाल खसोग्जीको घाँटी रेटेर हत्या भएको जिकिर गरेको छ । खसोग्जीको हत्या कसरी भयो भन्ने बारे विभिन्न अडकलबाजी चलिरहँदा टर्कीले वाणिज्य दूताबास प्रवेश गर्नेवित्तिकै उनको घाँटी रेटेर हत्या गरेको दाबी गरेको हो । गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूताबासमा भएको खशोग्जीको हत्याबारे कयौं हप्तासम्म संचार माध्यममा आएका […]

बोइङ ७३७ विमान दुर्घटना

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on बोइङ ७३७ विमान दुर्घटना.

जकार्ता । इन्डोनेसियाको लायन एयरलाइन्सको विमान दुर्घटना भएको छ । बोइङ ७३७ विमान आइतबार जकार्ताबाट उडेको केही समयमै दुर्घटना भएको हो । विमानमा १८८ जना सवार रहेको बताइएको छ । अधिकारीहरुका अनुसार विमान उडेको केहीबेर मै विमानस्थल टावरसँग सम्पर्कविच्छेद भएको थियो । समुद्रमाथि उडान गरिरहेको समयमा विमान दुर्घटना भएको हो । दुर्घटना भएको जलक्षेत्रमा उद्धारकर्मी […]