Sajhamanch Archive

मन्त्रीका गार्डले हाने प्रधानमन्त्री समर्थकमाथि गोली, १ को मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on मन्त्रीका गार्डले हाने प्रधानमन्त्री समर्थकमाथि गोली, १ को मृत्यु.

श्रीलंकामा राजनीतिक संकट झनै चर्किएको छ । मन्त्रीका सुरक्षाकर्मीले प्रधानमन्त्री समर्थकमाथि गोली प्रहार हुँदा एकजनाको मृत्यु भएको छ । प्रधानमन्त्रीबाट बर्खास्त भएपछि बिक्रमसिंघेले संसदको आपतकालिन सत्र बोलाउन माग गरेका थिए । सदनमा आफ्नो बहुमत साबित गर्ने उनको उद्दे्रय भएपनि राष्ट्रपतिले भने १६ नोभेम्बरसम्म संसद नै निलम्बित गरेका थिए । यो राजनीतिक संघर्ष अब भने हिंसात्मक […]

ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित.

काठमाडौं । ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित भएका छन् । हिजो भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी नेता फर्नान्डो हड्डाडलाई पराजित गर्दै दक्षिणपन्थी नेता बोलसोनारो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले ५६ प्रतिशत मत प्राप्त गरेका छन् । त्यसैगरी वामपन्थी नेता हड्डाडले ४४ प्रतिशत मत मात्र प्राप्त गरे । सेनाका भूपूर्व कप्तान ६३ वर्षीय […]

ज्वरो र छातिमा समस्या देखिएका पूर्वमुख्यमन्त्रीको निधन

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on ज्वरो र छातिमा समस्या देखिएका पूर्वमुख्यमन्त्रीको निधन.

नयाँदिल्ली । भारतको नयाँदिल्लीका पूर्व मुख्यमन्त्री मदनलाल खुरानाको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । किर्ती नगरस्थित आफ्नै निवासमा खुरानाको निधन भएको परिवारिक स्रोतले जनाएको छ । “उहाँलाई केही दिनदेखि छातीमा समस्या देखिएको थियो, र ज्वरोले पनि असर गरेको थियो ।” चार पटक सांसद बनेका खुराना भारतीय जनता पार्टीका नेता थिए । उनी […]

‘सबै यहुदीहरुले मर्नुपर्ने’ नारा लगाउँदै पिटर्सबर्गमा अन्धाधुन्ध गोली, ११ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on ‘सबै यहुदीहरुले मर्नुपर्ने’ नारा लगाउँदै पिटर्सबर्गमा अन्धाधुन्ध गोली, ११ जनाको मृत्यु.

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यको पिटर्सबर्ग शहरमा एक जना व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । ४६ वर्षीय रोबर्ट बोवर्स नाम गरेका व्यक्तिले अन्धाधुन्ध गोली चलाएको अधिकारीहरुले बताएका छन् । यहुदीहरुको पूजास्थल ट्री अफ लाइफ सिनगानमा एउटा राइफल र दुई पेस्तोलसहित प्रवेश गरेका उनले गोली प्रहार गरेका हुन् । पूजास्थलमा प्रार्थना […]

समुद्री आँधीका कारण हवाईको एउटा टापु नै गायब !

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on समुद्री आँधीका कारण हवाईको एउटा टापु नै गायब !.

समुद्री आँधीका कारण हवाईको पूर्वी टापु नक्साबाट हराएको छ । होनोलुलुबाट ५ सय ५० माइल उत्तर–पश्चिममा रहेको उक्त टापु पापाहानाउमोकुइकेया मरिन नेसनल मनुमेन्टमा टापुको शृंखलाको एक अंशका रूपमा रहेको थियो । तर, केही समयअघि वालाका नामक समुद्री आँधी आएपछि उक्त टापु अहिले डुबेको छ । सो टापुमा मानव बस्ती नभए पनि लोपन्मुख हवाइन ग्रीन सी […]

फेसबुकमाथि ८ करोड जरिवाना

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on फेसबुकमाथि ८ करोड जरिवाना.

काठमाडौं । प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना भएको छ । बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुक माथि यस्तो जरिवानाको निर्णय गरेको हो । कार्यालयले आफुलाई प्राप्त दण्डात्मक अधिकारको अधिकतम सीमा प्रयोग गरेको हो । आयुक्त कार्यालयलाई अधिकतम ५ लाख पाउण्ड सम्ममात्र जरिवाना गर्न […]

यौन उत्पीडन गरेको आरोप लागेका ४८ कर्मचारी गुगलबाट हटाइए

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on यौन उत्पीडन गरेको आरोप लागेका ४८ कर्मचारी गुगलबाट हटाइए.

न्यूयोर्क । गुगल कम्पनीले यौन उत्पीडन गरेको आरोप लागेका १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई सेवाबाट निस्कासित गरेको छ । सन् २०१६ देखि यौन उत्पीडनको आरोप लागेका उनीहरुलाई गुगलले सेवाबाट निस्कासन गरेको हो । गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचईले आफ्ना कर्मचारीको नाममा पत्र सार्वजनिक गर्दै दुर्व्यवहारको आरोपमा यो कडा निर्णय गरिएको बताएका छन् […]

भारतको राजस्थानमा ३१ डाँडा गायब, अदालतले सोध्यो– हनुमान आएर लगेको हो ?

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on भारतको राजस्थानमा ३१ डाँडा गायब, अदालतले सोध्यो– हनुमान आएर लगेको हो ?.

राजस्थान  । भारतको राजस्थानमा ३१ वटा डाँडा गायब भएको विषयलाई लिएर सर्वोच्च अदालतले गम्भीर चासो प्रकट गरेको छ । राजस्थानको अरावलीस्थित पहाडी क्षेत्रमा अवैध खनन् भइरहेका कारण ३१ वटा डाँडा मासिएको भन्दै अवैध खनन् रोक्न मागसहित दायर मुद्दामाथि अदालतले सुनुवाई गरेको हो । अदालतले ४८ घण्टाभित्र त्यस्ता अवैध खनन् बन्द गर्न निर्देशनसमेत दिएको छ । […]

ट्रम्पको धम्की, निशानामा रूस र चीन

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on ट्रम्पको धम्की, निशानामा रूस र चीन.

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु हतियार बनाउने घोषणा गरेका छन्। उनले चीन र रूसमाथि दबाब बनाउन भएपनि अमेरिका परमाणु हतियारले मजबुद बन्ने बताएका छन्। ट्रम्पले रूसले सन् १९८७६ को इन्टरमिडिएट रेन्ज न्यूकिलियर फर्सेस (आईएनएफ) सन्धिको उलंघन गरेको दाबी गरेका छन्। ट्रम्पले यसपहिले उक्त सन्धिबाट अमेरिका बाहिरिने घोषणा गरेका थिए। जसको विश्वका शक्तिराष्ट्रहरूले चर्को आलोचना मात्रै […]

रेल दुर्घटनामा १७ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on रेल दुर्घटनामा १७ जनाको मृत्यु.

ताइवान । ताइवानको यीलानमा यात्रुवाहक रेल लिकबाट उछिट्टिंदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२६ जना घाईते भएका छन् । इवानको मुख्य समाचार एजेन्सीले अझै ३० जना यात्रु रेलभित्र च्यापिएको जनाएको छ । ३१० जना यात्रु सवार दू्रत गतिको उक्त रेल ताइपेईबाट पूर्वी तटीय शहर ताइटुङ जाँदै थियो । दुर्घटनाको कारण भने खुल्न […]