Sajhamanch Archive

कंगोमा इबोलाले थप दशको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on कंगोमा इबोलाले थप दशको मृत्यु.

काठमाडौं । कंगोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशंका गरिएको छ । दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबोलासम्वन्धी ४४ बिरामी फेला परेको र अन्यस्थानमा पनि इबोलाको शंकास्पद बिरामीहरु भेटिएको पुष्टि भएको […]

यमनमा सेनाद्वारा आक्रमण, २० बालबालिकाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on यमनमा सेनाद्वारा आक्रमण, २० बालबालिकाको मृत्यु.

यमन । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा परी यमनमा २९ बालबालिकाको मृत्यु भएको छ । हवाइ आक्रमणमा परी अन्य ३० बालबालिका घाइते भएको अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले जनाएको छ । उत्तरी यमनको शाद इलाकाको बजार क्षेत्रमा गुडिरहेको बसमा सवार बालबालिका आक्रमणमा परेका हुन् । साउदी गठबन्धनले हुथी विद्रोहीविरुद्व लडिरहेको यमन सरकारलाई समर्थन गरिरहेको छ । […]

इन्डोनेसिया भूकम्पः ९८ को ज्यान गयो, २० हजार घरबारविहीन

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on इन्डोनेसिया भूकम्पः ९८ को ज्यान गयो, २० हजार घरबारविहीन.

काठमाडौं । इन्डोनेसियामा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ । भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, २० हजार घरबारविहीन भएका छन् । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतवार बेलुका ६.९ म्याग्नीच्युडको भूकम्प गएको हो । अमेरिकी जियोलोजिकल सर्भेले भने ७.० म्याग्नीच्यूडको भूकम्प गएको […]

प्रहरीसँगको भिडन्तमा १५ माओवादी मारिए

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on प्रहरीसँगको भिडन्तमा १५ माओवादी मारिए.

भारतको छत्तीसगढमा प्रहरीको कारबाहीमा १५ माओवादी मारिएका छन्। माओवादी प्रभावित सुकमा भन्ने ठाउँमा प्रहरीसँग भएको भिडन्तमा १५ माओवादी मारिएको, १६ अत्याधुनिक हतियार बरामद गरिएकाे र २ जनालाई पक्राउ गरिएको छ। छत्तीसगढ प्रहरीले जनाएकाे छ। छत्तिसगढका मुख्यमन्त्री रमन सिंहले पहिलो पटक माओवादीसँग कुनै पनि किसिमको सम्वादको सम्भावना अस्वीकार गरिदिएका बेला यो भिडन्तको खबर आएको छ। उनले […]

भेनेजुएलाका राष्ट्रपतिमाथि ड्रोन आक्रमण, सात सैनिक घाइते

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on भेनेजुएलाका राष्ट्रपतिमाथि ड्रोन आक्रमण, सात सैनिक घाइते.

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो ड्रोन आक्रमणबाट जोखिएका छन् । भेनेजुएलाको सेनाको ८१ औं वार्षिकोत्सवका अवसरमा राजधानी काराकासमा गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रपति मदुरोमाथि विस्फोट हुने ड्रोन आक्रमण भएको हो । यो कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत भइरहेको थियो । राष्ट्रपतिले सम्बोधन गरिरहेका बेला कार्यक्रमस्थलमा एक्कासी दुई वटा ड्रोन प्रवेश गरेको र त्यसलाई राष्ट्रपतिसहित […]

लो स्कोरिङ खेलमा इंग्ल्यान्डसँग भारत पराजित

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on लो स्कोरिङ खेलमा इंग्ल्यान्डसँग भारत पराजित.

इंग्ल्यान्ड र भारतबीच जारी पाँच खेलको टेस्ट सिरिजको पहिलो खेलमा इंग्ल्यान्ड विजयी भएको छ। चौथो दिनमै खेल आफ्नो पक्षमा पार्ने क्रममा इंग्ल्यान्डका बलर निर्णायक रहे। इंग्ल्यान्डले भारतलाई १९४ रनको सहज लक्ष्य दिए पनि भारत पराजित भयो। भारतले ५४.२ ओभरमा १६२ रन मात्र जोड्न सक्यो। इंग्ल्यान्डका लागि दोस्रो इनिङमा बेन स्टोक्सले सर्वाधिक चार विकेट लिए। जितसँगै […]

रुसमा हेलिकप्टर दुर्घटना : १८ जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on रुसमा हेलिकप्टर दुर्घटना : १८ जनाको ज्यान गयो.

रुसमा एम अाई-८ हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । क्रास्नोयार्स्क क्षेत्रमा भएको दुर्घटनामा चालक दलका तीन जना सदस्यसहित १५ यात्रुको ज्यान गएको रुसी समाचार संस्था तासले जनाएको छ । दुर्घटनाग्रस्त हेलिकप्टर उतेएर एयरलाइन्सले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गर्दै आएको थियो । विमानस्थलबाट उड्नेिबत्तिकै हेलिकप्टर दुर्घटनामा परेकाे तासले जनाएकाे छ । घटनाकाे विस्तृत […]

जिम्बाब्बेमा प्रहरी र विपक्षी कार्यकर्ताबीचको झडपमा तीन जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on जिम्बाब्बेमा प्रहरी र विपक्षी कार्यकर्ताबीचको झडपमा तीन जनाको मृत्यु.

काठमाडौं । जिम्बाब्बेमा प्रहरी र विपक्षी दलका कार्यकर्ताबीच भएको झडपमा तीन जनाको मृत्यु भएको छ । सत्ताधारी दल जानू–पीएफ पार्टीले सोमबार भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले हरारेमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो । विपक्षी गठबन्धनले प्रहरीको कारबाहीको निन्दा गर्दै तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेको शासनकालको कालो […]

प्रिसिजन टुरको पहिलो खेलमा बार्सिलोना विजयी

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on प्रिसिजन टुरको पहिलो खेलमा बार्सिलोना विजयी.

साविक लालिगा च्याम्पियन बार्सिलोनाले नयाँ सिजन सुरु हुनु अघि अाइतबार बिहान भएको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलको पहिलो खेलमा इन्ग्लिश क्लब टोटेनहमलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दे विजयी सुरुवात गरेको छ। अमेरिका भ्रमणमा रहेका दुवै टिमले निर्धारित ९० मिनेटमा २ – २ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट लिएको हो। पेनाल्टी सुटआउटमा बार्सिलोनाका […]