काठमाडौं । पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ । ७५ वर्षीय गिरीको शुक्रबार निधन भएको हो । २०२५ साउन ३० मा न्यायसेवामा प्रवेश गरेका गिरी २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश भएका थिए । सर्वोच्चको न्यायाधीश रहँदा गिरीले शाही आयोग खारेजको फैसला सुनाएका थिए । गिरीको निधनप्रति सर्वोच्च अदालतले शोक व्यक्त गरेको छ । साथै […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष प्रदेश कमिटी बनाउने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले राजधानीमा रहेका विशेष जिल्ला कमिटीहरु चलाउन विशेष प्रदेश कमिटी बनाउने निर्णय गरेको हो । साथै बैठकमा आएका सुझावलाई समेटेर मापदण्डलाई अन्तिम रुप दिने र आसन्न स्थायी कमिटी बैठकमा वेश गर्ने निर्णय समेत भएको छ ।
भद्रपुर । नेपाल र भारतका आँखा रोगीले सहज उपचार पाउन सकुन् भन्ने उद्देश्यले अस्पताल सञ्चालन गर्न भद्रपुरमा स्थापना गरिएको मेची आँखा अस्पताल संघले १८ वर्षपछि बल्ल उपचार केन्द्र खोलेको छ । संघलाई भद्रपुर नगरपालिका वडा नं. ५ स्थित देवीबस्तीमा दाताबाट प्राप्त जमिनमा दाताहरुकै सहयोगमा निर्मित भवनबाट आँखा उपचार सेवा सुरू भएको हो । यद्यपी आँखा […]
भद्रपुर । हुलाकी सडक अन्तर्गतको नेपाल–भारत सीमावर्ती भद्रपुर गलगलिया जोड्ने मेची नदीमा निर्माण भएको पूल निर्माण पूरा गरिएको ६ महिना बिते पनि यो अझै बेवारिसे अवस्थामा रहेको छ । सरकारको चासो तथा प्राथमिकतामा नपरेकोले यो पूलको निर्माण सम्पन्न भएको ६ महिना बितिसक्दा पनि प्रयोगविहीन भएको हो । सरकारले समयमै पूलसम्म पुग्ने सडक बनाउन चासो नदिएपछि […]
मेचीनगर। मेचीनगर १२ को कालीझोडामा आज बेलुका मोटरसाइकल र स्कुटर एक–आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोरसाइकल चालक बिर्तामोड नगरपालिका वडा नं. ५ का २७ वर्षीय मञ्जुल बराइली र मेचीनगर–१० का स्कुटर चालक २४ वर्षीय युवराज अधिकारी रहेको जिल्ला ट्राफिक कार्यालय […]
पोखरा । गण्डकी प्रदेशले चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा चालू र पूँजीगत बजेटमध्ये जम्मा डेढ प्रतिशत मात्रै खर्च गरेको छ । खर्च बजेटमध्ये चालूभन्दा पूँजीगत निकै कम रहेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कूल बजेटमध्ये पहिलो चौमासिकका लागि चालूतर्फ २ अर्ब ४९ करोड २९ लाख ३२ हजार ४४ रुपैयाँ र पूँजीगततर्फ ८९ […]
बिर्तामोड । सातौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहक अन्तरगत आज बिर्तामोडमा कर तथा सुरक्षा सम्बन्धी अन्तरक्रिया गरिएको छ । ‘कर समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आन्तरिक राजस्व कार्यलय भद्रपुरको आयोजना र झापा जिल्ला सहकारी संघ लिमिटेडको सहआयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा […]
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकोे १७औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका केन्द्रीय अध्यक्ष टोरुप प्रसाईको प्रमुख अथित्यमा साधारणसभा उद्घाटन गरिएको हो । साधारणसभामा संस्थाका अध्यक्ष जलकुमार गुरुङले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको नीति तथा कार्यक्रमसहित बस्तुस्थिति जानकारी गराए । उनकाअनुसार […]
बिर्तामोड । बिर्तामोडस्थित आकाशगंगा बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभाको अवसरमा नेपाल पत्रकार महासंघ झापाको पत्रकार सहारा उपचार कोषलाई २१ हजार १११ रुपैया प्रदान गरिएको छ । संस्थाले सामाजिक उत्तरदायित्व बहन गरेको भन्दै उक्त रकम पत्रकार उपचार कोषमा जम्मा हुनेगरी प्रदान गरेको अध्यक्ष राजेन्द्रकुमार बस्नेतले बताए । यस्तै संस्थाका सदस्य यादवकुमार ओलीले पनि […]