झापा । गएको निर्वाचनताका केपी शर्मा ओलीले शिलान्यास गरेका दमकको हाइवे सेतुमारी सडक कालोपत्रेका लागि बजेट नुहदाँ निर्माण कार्य अलपत्र बनेको छ । दमक १० स्थित संगम चोकदेखि सेतुमारीको मावा खोला पुलसम्मको साढे ६ किलोमिटर लामो सडकको कालोपत्रे गर्ने काम बजेट नुहदाँ निर्माण अलपत्र परेको हो । डिभिजन सडक कार्यालय दमक झापा अन्र्तगत दमक हाईवे-सेतुमारी सडकको कालोपत्रेका […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाको बढुवासँगै सरुवा पनि भएको छ । बितेको १९ महिनादेखि अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका खतिवडाको पदोन्नति पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सरुवा भएको हो । स्थानीय तह निर्वाचनभन्दा अघिदेखि जिम्मेवारीमा रहेका खतिवडाले नगरपालिकाको प्रशासनिक काममा आफ्नो कुशलता प्रस्तुत गरेका थिए । यसैबीच, खतिवडाले प्राप्त जिम्मेवारी […]
कचनकवल । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका असोज २४ गते बुधबार खुल्ला दिसामुक्त घोषणा हुँदैछ । सोको पूर्वसन्ध्यामा मंगलबार साँझ दीपावली गरिएको छ । कचनकवलका मुख्य स्थान र केन्द्र रहेको बनियानी बजारमा दीपावली गरिएको हो । कचनकवल खुल्ला दिसामुक्त अभियानका क्रममा झापा जिल्लामा सबैभन्दा धेरै घरधुरीमा चर्पी बनाउने स्थानीय तह पनि हो । […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केरखास्थित श्री शहीद धर्मभक्त माध्यमिक विध्यालयले आफ्नो स्वर्ण महोत्सव समारोह भब्य बनाउने तयारी शुरु भइसकेको जनाएको छ । स्वर्ण महोत्सव समारोह मनाउन विध्यालयले गठन गरेका विभिन्न उपसमितिले आगामी २०७५ साल माघ १६ देखि सप्ताहव्यापीरुपमा स्वर्ण महोत्सव आयोजना गर्न तीब्र तयारी भइरहेको जनाएका छन् । विभिन्न कार्यक्रम गरी […]
झापा । देशभर शृङ्खलाबद्व रुपमा बलात्कारका घटना भइरहेको बेला झापा पनि त्यसबाट अछुतो रहेको छैन । झापामा वर्षेनि सयको हाराहारीमा बलात्कारका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय र कारागारको पछिल्लो तथ्याङ्कले पुष्टि गरेको छ । दुई महिना अघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भयो । यो घटना कसले गरायो ? आजका दिनसम्म […]
बिर्तामोड । बिर्तामोडमा भइरहेको १६ वर्षमुनिको नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा सताक्षीधाम स्पोर्टिङ क्लब झिलझिले विजयी भएको छ । सताक्षीधामले काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ० का विरुद्ध ३ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । आजकोे खेलमा सताक्षीधामका तर्फबाट सञ्जिब बुढाथोकीले २ तथा सिम्सन मोतेले १ गोल गरे । बुढाथोकीले […]
हङकङको सुन्दर प्राकृतिक दृश्य र आधुनिकतालाई पृष्ठभूमि बनाएर निर्माण गरिएको म्यूजिक भिडियो सार्वजनिक भएको छ । एचके ट्युव नेपाल अनलाइन टिभीको प्रोडक्सनमा तयार भएको भिडियोलाई मज्जाको राईले निर्देशन, छायाङ्कन र सम्पादन गरेका छन् । भिडियोमा बिनोद बस्नेत र शान्ति नेपालीको रोमान्स देख्न पाइन्छ । ‘छाल बनी सागरले’ बोलको गीत सुमित खड्काले गाएका हुन् । उक्त […]
बुधबारे । आदर्श नमूना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति ३ ले ११५ जना ज्येष्ठ नागरिकहरुलाई सोमबार सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भ पारेर आयोजना गरिएको सो कार्यक्रममा सामुदायिक वन उपभोक्ता परिवारका ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । संस्थाका अध्यक्ष तिलनारायण (तिलक) रिजालको अध्यक्षतामा उनले नै ज्येष्ठ नागरिकको सम्माको औचित्यमाथि […]
गौरादह । झापाको गौरादह नगरपालिका आजदेखि खुल्ला दिसामुक्त घोषणा भएको छ । जिल्ला समन्वय समिति झापाका उपप्रमुख मिना पराजुलीले नगरपालिकालाई खुल्ला दिसामुक्त भएको घोषणा गरेकी छन् । गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहाले नगरलाई खुल्ला दिसामुक्त घोषणा भएपछि प्रतिवद्धता वाचन गर्दै नगरबासीको साथ र सहयोगमा नगरलाई खुल्ला दिसामुक्त गर्न सफल भएको धारणा राखेका छन् । आगामी […]
बिर्तामोड । दशैँको अवसर पारेर बिर्तामोडमा आइतबारदेखि १६ वर्षमुनिको नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । २८ असोजसम्म सञ्चालन हुने प्रथम बिर्तामोड ‘अण्डर सिक्स्टीन’ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको आयोजना हाम्रो एकता युवा समाज नेपालले गरेको हो । प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले गरेका थिए । प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा जलथल एफसी हल्दिबारी […]