Sajhamanch Archive

सहकारी संघ–संस्थाहरुलाई बिर्तामोड नगरपालिकाको अत्यन्त जरुरी सूचना

Published: in विज्ञापन by . Leave a Comment on सहकारी संघ–संस्थाहरुलाई बिर्तामोड नगरपालिकाको अत्यन्त जरुरी सूचना.

सहकारी संघ–संस्थाहरुलाई बिर्तामोड नगरपालिकाको अत्यन्त जरुरी सूचना साविकको अनारमनी, गरामनी र चारपाने गाउँ विकास समिति ठेगाना राखेर दर्ता भएका वा अन्य गाउँपालिका वा नगरपालिका ठेगााना राखेर दार्ता भई यस बिर्तामोड नगरपालिकामा सेवा केन्द्र खोलेर वा नखोली कारोबार गरिरहेका सहकारी संघ–संस्थाहरुलाई यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र तपशील बमोजिमका कागजातसहित यस नगरपालिकामा सूचिकृत हुन यो […]

सडक बिस्तार भएसँगै सर्वसाधारणलाई राहत

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सडक बिस्तार भएसँगै सर्वसाधारणलाई राहत.

इलाम । इलाम माई नगरपालिकास्थित वडा नं. ३ दानाबारी र वडा नं. ९ गुनमुने जोड्ने पर्यापर्यटन सडक खण्डमा सडक बिस्तार तथा स्तरोन्नतिको कार्य भइरहको छ । कूल १० किलोमिटर सडकमध्ये हाल गुनमुने हिले खोल्सीदेखि नारायण खोल्सीसम्म ६ किलोमिटर सडकको काम भइरहेको छ । गुनमुने उपभोक्ता समूहका अध्यक्ष नरबहादुर मगरका अनुसार उक्त योजनाको लागि आर्थिक वर्ष […]

साधारणसभाका लागि प्रतिनिधि छनोट कार्यक्रम बारे सूचना

Published: (Updated: ) in विज्ञापन by . Leave a Comment on साधारणसभाका लागि प्रतिनिधि छनोट कार्यक्रम बारे सूचना.

श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोड श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोड झापाको १५औं वार्षिक साधारणसभाको लागि तपशिलका क्षेत्रहरुमा १० जना सदस्य बराबर १ जनाको अनुपातमा प्रतिनिधि छनोट कार्यक्रम रहेको संस्थाका सम्पूर्ण शेयर सदस्यहरुमा सूचित गरिन्छ । कार्यक्रमहरु १. मिति २०७५/५/४ गते हल्दिबारी रेडक्रस भवनमा समय ११ बजे  २ मिति २०७५/५/६ गते मेचीनगर […]

सहकारीको कालोसूचिवालालाई मेनपाले कुनै सेवा सुविधा नदिने

Published: in सहकारी, by . Leave a Comment on सहकारीको कालोसूचिवालालाई मेनपाले कुनै सेवा सुविधा नदिने.

मेचीनगर । मेचीनगरस्थित मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाले वितेको आर्थिक वर्ष २०७४/०७५ मा निक्षेप मौज्दात ३ करोड ३४ लाख २ हजार ६७५ रुपैयाँ पुर्याएको छ । जुन रकम अघिल्लो आर्थिक वर्षको तुलनमा १ करोड १४ लाख ६८ हजार ४१८ रुपैयाँले बृद्धि भएको हो । संस्थाको शनिबार सम्पन्न ११औँ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष भगिरथ […]

‘कसैले विभेदको महसुस गरेमा संविधान संशोधन’ : प्रधानमन्त्री ओली

Published: in राजनीति by . Leave a Comment on ‘कसैले विभेदको महसुस गरेमा संविधान संशोधन’ : प्रधानमन्त्री ओली.

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानमा कुनै क्षेत्र र समुदायले विभेदको महसुस गरे संविधान संशोधन गर्न सकिने विचार राखेका छन् । आज शनिबार २ नम्बर प्रदेशसभा बैठकलाई जनकपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आश्वासन दिएका हुन् । प्रदेशको विकासका लागि संघीय सरकारले विशेष नीति बनाएको पनि उनले जानकारी दिएका छन् । जनताको आधारभूत […]

दुर्गापुरमा बालबालिकाको लागि आँँखा शिविर

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on दुर्गापुरमा बालबालिकाको लागि आँँखा शिविर.

कनकाई । कनकाई नगरपालिका वडा नं. १ मा हरेक शनिबार सञ्चालन गरिँदै आएको ‘रचनात्मक अभियानमा बालबालिका’ कार्यक्रम आज अझ रचनात्मक तरिकाले अघि बढाइएको छ । अक्सफोर्ड एकेडेमिक सेन्टर प्रालिको व्यवस्थापनमा गत जेठ १९ गतेदेखि सञ्चालित अभियान अन्तरगत आज बालबालिका तथा तिनका अभिभावकको आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन […]

भदौ २७ गते बिर्तामोडमा ‘अनमोल इभ’

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भदौ २७ गते बिर्तामोडमा ‘अनमोल इभ’.

बिर्तामोड । दृष्टिविहीन महिलाहरुको सहयोगार्थ झापामा भदौ २७ गते अनमोल साँझ गरिने भएको छ । एउटा चलचित्रमा अभिनय गरेको ५० लाख रुपैयाँसम्म पारिश्रमिक लिने अनमोल केसीले दृष्टिविहीन महिलाहरुको सहयोगार्थ गरिने अनमोल साँझ बिना पारिश्रमिक ‘स्टेज पर्फमेन्स’ गरिदिने आयोजकले बताएका छन् । झापाको बिर्तामोडमा आयोजना हुन लागेको ‘अनमोल इभ’ मा उनी नाच्ने छन् अनि गाउनेछन् । […]

साविक सिनाम गाविस पूर्ण खोपयुक्त

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on साविक सिनाम गाविस पूर्ण खोपयुक्त.

ताप्लेजुङ । जिल्लाको सिरिजङ्गा गाउँपालिका वाड नं १ साविक सिनाम गाविस पूर्ण खोपयुक्त घोषणा भएको छ । ताप्लेजुङ्ग जिल्लाकै ५१औं वडा र साविक ३९औं गाविसको रुपमा सिनाम एक नम्बर वडालाई पूर्ण खोपयुक्त घोषण गरिएको हो । गाउँपालिकामा रहेको ८ वटा वडामध्ये पाँचौ वडाको रुपमा सो वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका […]

सरकारले देवानी संहिताको दुरुपयोग गर्नसक्ने सिटौलाको आशंका

Published: in राजनीति by . Leave a Comment on सरकारले देवानी संहिताको दुरुपयोग गर्नसक्ने सिटौलाको आशंका.

भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले परिवर्तित मुलुकी ऐनको देवानी संहिताको दुरूपयोग गरी विपक्षी आवाज नियन्त्रण गर्न सक्ने आशंका व्यक्त गरेका छन् । भद्रपुरमा प्राध्यापक, वकिल, पत्रकारलगायत स्थानीय बुद्धिजीविसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकी ऐन सामान्य कानुन भए पनि संशोधित संहितामा बेलगाम सरकार कठोर बन्न चाहँदा विपक्षीको आवाज दविन सक्ने शंका व्यक्त […]

राजश्व उठाउनभन्दा खाजा स्वाहामा होडबाजी !

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on राजश्व उठाउनभन्दा खाजा स्वाहामा होडबाजी !.

भद्रपुर । भद्रपुरस्थित छोटी भन्सारको स्तरीकरण गरी भन्सार विभागले मूल भन्सार कै मान्यता दिए पनि छोटी भन्सार कै रूपमा काम चलाउँदा कर्मचारीले राजश्व भन्दा खाजश्वमा बढी जोड दिन थालेका छन् । मूल भन्सारको मान्यता गत आर्थिक वर्षको अन्त्यतिर प्रदान गरिएको सो भन्सारमा विभागले दरबन्दीसहित कर्मचारी पठाउन नसकेपछि मेची भन्सारबाट आलोपालोमा आउने कर्मचारीले ठूला व्यापारीसित साँठगाठ […]