Sajhamanch Archive

महिला हिंसाको विरोधमा सयौं महिला सडकमा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on महिला हिंसाको विरोधमा सयौं महिला सडकमा.

बिर्तामोड । पछिल्लो समय समाजमा बलात्कारका घटना बढेका कारण योसँगै महिला हिंसा अन्त्यको माग राख्दै झापाका महिला तथा मानव अधिकारकर्मीहरुले आज सडक तताएका छन् । एक महिनामा मात्र झापामा छ वटा बलात्कारका घटना दर्ता भएका छन् । बुधबार मात्रै अर्जुनधारा २ की चार वर्षीया बालिकालाई १५ वर्षे युवकले बलात्कार गरेपछि महिलाहरु थप आन्दोलित भएका हुन् […]

बाटो निर्माण ठप्प, जनप्रतिनिधिले गरे बेवास्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on बाटो निर्माण ठप्प, जनप्रतिनिधिले गरे बेवास्ता.

काँकरभिट्टा । मेचीनगरको काँकरभिट्टा जिरोमाइलदेखि बाहुनडाँगी रोडको भट्टराई चौकसम्मको बाटो निर्माण कार्य ठप्प भएको छ । एक महिना अघि गत असार महिनाको दोस्रो साताबाट निर्माण कार्य सुरु गरिएकोमा केही काम गरेर यतिबेला निर्माण कार्य ठप्पप्रायः छ । कामले निरन्तरता नपाउँदा बजेट सक्ने हतारोले मात्र असारमा काम सुरु गरिएको स्थानीयको बुझाई छ । उनीहरु भन्छन्, बाटो […]

वीरता जेसीजमा बन्यो दीर्घकालीन योजना समिति 

Published: in समाज by . Leave a Comment on वीरता जेसीजमा बन्यो दीर्घकालीन योजना समिति .

बिर्तामोड । वीरता जेसीजमा दीर्घकालिन योजना समितिको गठन भएको छ । जसको सभापतिमा संस्थाका पूर्व अध्यक्ष राजकुमार पोखरेल चयन भएका छन् । जेसीजको परिमार्जित विधान अनुसार पोखरेललाई दीर्घकालिन योजना सभापतिमा वीरता जेसीजको कार्यसमितिले चयन गरेको हो । वीरता जेसीजको नेतृत्व हरेक वर्ष परिवर्तन भए पनि पोखरेल सभापति रहेको संस्थाको दीर्घकालिन योजना समितिको कार्यवधि भने तीन […]

कोहलपुर एक्सप्रेस हेर्न केकी र रीमा कतारमा

Published: in टिप्स/जानकारी, परदेश (प्रवास) by . Leave a Comment on कोहलपुर एक्सप्रेस हेर्न केकी र रीमा कतारमा.

कतार । नेपाली चलचित्रलाई निरन्तर कतारसम्म पुर्याएर नेपाली दर्शकहरुको पहुँच सहज बनाएका कल्याण घिमिरेले कोहलपुर एक्प्रेसलाई पनि कतार प्रवेश गराउने भएका छन् । चलचित्र कोहलपुर एक्सप्रेससँगै नायिका केकी अधिकारी र रीमा विश्वकर्मासमेत कतार आउने तथा दर्शकहरुसँै बसेर फिल्म हेर्नेछन् । कोहलपुर एक्सप्रेसको मुख्य भूमिकामा प्रियंका, ऋचा, बुद्धी तामाङ लगायत छन् । राजनराज सिवाकोटी, कालीप्रसाद रिजाल […]

नेपाल–भारत मैत्री संघको पाँचौं मैत्रीसभा भदौ ९ गते हुने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल–भारत मैत्री संघको पाँचौं मैत्रीसभा भदौ ९ गते हुने.

भद्रपुर । नेपाल–भारत मैत्री संघ झापाको पाँचौं मैत्रीसभा आगामी भदौ ९ गते शनिबार हुने भएको छ । संघको मंगलबार बसेको बैठकले भद्रपुरमा भदौं ९ गते शनिबार नयाँ जिल्ला कार्यसमिति चयन गर्ने गरी मैत्रीसभा गर्ने निर्णय गरेको हो । संघका झापा अध्यक्ष हुलासचन्द्र सरियाको अध्यक्षतामा बसेको बैठकले हालसम्म संघले गरेको कार्यक्रमहरुको आय–व्यय विवरणसमेत पास गरेको छ […]

धरौटी बुझाउन इन्कार गर्दा भद्रपुरका व्यापारी घोष जेल चलान

Published: in अर्थतन्त्र, मुख्य समाचार, by . Leave a Comment on धरौटी बुझाउन इन्कार गर्दा भद्रपुरका व्यापारी घोष जेल चलान.

भद्रपुर । राजश्व छलेको आरोप लागेका भद्रपुरका व्यापारी सञ्जीव घोष धरौटी रकम तिर्न नमान्दा कारागार चलान भएका छन् । घोषलाई राजश्व छल्न नक्कली भ्याट बिल (मूल्य अभिबृद्धि कर विजक) प्रयोग गरी अवैध कारोबारको आरोपमा पक्राउ गरी राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले प्रारम्भिक अनुसन्धानको क्रममा एक करोड ५७ लाख धरौटी रकम बुझाउन माग गरेपछि नतिर्दा […]

राइजिङ टिमले सरसफाई र वृक्षरोपण गर्ने

Published: in समाज by . Leave a Comment on राइजिङ टिमले सरसफाई र वृक्षरोपण गर्ने.

मेचीनगर । स्टुडेन्ट्स राइजिङ टिम मेचीनगरले आगामी साउन २६ गते मेचीनगरका केही सार्वजानिक स्थलहरु सरसफाई तथा वृक्षारोपण गर्ने भएको छ । स्टुडेन्ट्स राइजिङ टिम मेचीनगरमा क्रियाशील सदस्य अभिषेक दाहालका अनुसार स्टुडेन्ट्स राइजिङ टिमले विगत २ वर्षदेखि विद्यँलय र विद्यँर्थीको क्षेत्रमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । विद्यार्थी विशेष अतिरिक्त क्रियाकलाप कार्यक्रम, विद्यार्थीका लागि विभिन्न […]

लेवल परिवर्तन गरी औषधी बेच्ने पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on लेवल परिवर्तन गरी औषधी बेच्ने पक्राउ.

कमल । औषधीको लेभल परिवर्तन गरी बिक्री गर्ने एक व्यावसायीलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही सुरु गरेको छ । औषधीको लेवल परिवर्तन गरी मूल्य बढाएर विभिन्न अस्पताल र क्लिनिकमा बिक्री गर्दै आएका विराटनगरका जीवन अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि औषधी व्यवस्था विभाग विराटनगर शाखामा बुझाएको प्रहरीले जनाएको छ । अग्रवालले विभिन्न प्रकारका औषधीको लेवल परिवर्तन […]

टेलिफोनको पोलमा प्वालै प्वाल

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on टेलिफोनको पोलमा प्वालै प्वाल.

काँकरभिट्टा । नेपाल टेलिकम कार्यालयले काँकरभिट्टामा जडान गरेको टेलिफोनको तार कुदाउँने पोलमा प्वाल पर्न थालेको भेटिएको छ । मेचीनगर—६, काँकरभिट्टा स्थित शान्तिपथ सडकमा जडान गरिएको ल्याण्डलाइन टेलिफोनको तारको पोलमा प्वाल पर्न थालेको हो । ‘५—६ वर्ष भयो टेलिकमले यो पोल यहाँ गाडेको’, किसान कपडा पसलका सञ्चालक नवराज उप्रेतीले भने — ‘अहिले त हेर्दा हेर्दै पोलमा […]

गौरादहका सबै घरमा अब टिनको छानोः नगरप्रमुख साहाको प्रतिवद्धता

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on गौरादहका सबै घरमा अब टिनको छानोः नगरप्रमुख साहाको प्रतिवद्धता.

गौरादह । झापाको गौरादह नगरपालिकाले आगामी ४ वर्ष भित्रमा नगर भित्रका फुसको छाना भएका घर विस्थापित गर्ने भएको छ । नगरपालिकाले यसै आर्थिक वर्षमा नगरभित्रका २०० घर परिवारको फुसको छाना हटाएर जस्ता पाता खरिद गर्न बजेट विनियोजन गरेको नगरप्रमुख रोहितकुमार साहाले जानकारी दिएका हुन् । चालू आर्थिक वर्षमा नगरभित्रका विपन्न समुदायका घरमा जस्ता पाता लगाउन […]