ललितपुर । आज साउन १७ गते, नेपालको कम्युनिस्ट आन्दोलनका पुराना एक योद्धा तुलसीलाल अमात्यको २१औं स्मृति दिवस । वाम आन्दोलनका यी पुराना नेताको नाममा स्थापित प्रतिष्ठानले आज विशेष कार्यक्रम गरेर उनलाई सम्झेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सो कार्यक्रममा सहभागी भएर उनको स्मरण गर्दै नेकपा आजको अवस्थामा आइपुग्न तुलसीलाल अमात्यको पनि महत्वपूर्ण योगदान रहेको […]
पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कमल गाउँपालिका वडा नं. २ झापा प्रथम पटक सूचना प्रकाशन मितिः २०७५/४/१६ पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कमल गाउँपालिका वडा नं. २ क्यापालाई निम्न पदमा कर्मचारी आवश्यक परेको हुँदा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले सात दिन भित्रमा निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । […]
जिल्ला सहकारी संघ झापाले स्थानीय तहलाई सहकारी ऐन हस्तान्तरण गरेर ऐन बनाउन सहजीकरण गरिरहेको छ । यस्तो सहजीकरणलाई स्थानीय तहका जनप्रतिनिधिले कसरी लिएका छन् ? सहकारीको प्रवद्र्धन, व्यवस्थापन र नियमनका लागि नेपालका तीन तहकै सरकारको साझा अधिकार क्षेत्र भित्र सहकारी परेको छ । स्थानीय तहमा सहकारी संस्था हस्तान्तरण भैसकेको तर आफ्नो अधिकार क्षेत्रमा परेका सहकारी […]
भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह भद्रपुर ९ ले आफ्नो हाताभित्र पुस्तकालय निर्माण गरी सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले सो पुस्तकालयको उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । समूहका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णु शिवाकोटी र नवराज घिमिरेलाई सम्मान समेत गरिएको थियो । यसैगरी प्रमुख अतिथि प्रश्रितको […]
हल्दिबारी । हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि अनुमानित वार्षिक बजेट ४४ करोड ४८ लाख ८५ हजार प्रस्तावित गरेको छ । दोश्रो गाउँसभाबाट पारित गरिएको तथा आ.व. २०७४/०७५ मा प्रस्तावित सो बजेट संशोधनसहित आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजन गरिएको हो । ‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि’ मूल नारा लिएर एकीकृत गाउँ […]
बिस्तारै बिस्तारै सहरीकरण हुँदै गएको झापाको लक्ष्मीपुर चोकबाट उत्तर तथा अर्जुनधारा जलेश्वर धाम दक्षिण क्षेत्रमा फैलिएको अर्जुनधारा वडा नं. ५ धार्मिक तथा सांस्कृतिक हिसाबले अग्रणी वडा हो । पौराणिक कालमा पाँच पाण्डवहरुले खेलेको पाण्डवपुर तथा अर्जुनधाराधामको नजिकै रहेकाले यो वडालाई धार्मिकरुपमा बढी चिनाउँछ । सहरीकरण हुँदै गरेको यो वडामा थुप्रै सम्भावना र उत्तिकै चुनौति एवम् […]
काठमाडौं । सरकारले कृषि तथा वनविज्ञान विश्वविद्यालयले दिएको आठवटा कलेजको सम्बन्धन खारेज गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले मन्त्रिपरिषद् बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको आठवटा कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सम्बन्धन दिने कार्य स्थगन गर्न पनि सबै विश्वविद्यालयलाई निर्देशन दिएको […]
बिर्तामोड । झापाको मेचीनगर ६ काँकरभिट्टामा मुख्य कार्यालय रही जिल्लाभर कार्यक्षेत्रको स्वीकृति प्राप्त गरेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आजदेखि आफ्नो २४औं कार्यालय गरामनीमा सञ्चालन गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ७ गरामनी बजारमा स्थापित सम्पर्क कार्यालयको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीले रिवन काटेर उद्घाटन गरिदिएका हुन् । कार्यालय उद्घाटन पछि मन्तब्य राख्ने […]
भद्रपुर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारको विरोध गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीलाई निशाना साँधेको छ । दुई तिहाई बहुमतप्राप्त सरकार र दुई शक्तिशाली कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर गठन भएको नेकपाको समेत नेतृत्व गरेका प्रधानमन्त्री ओली मङ्गलबार सदरमुकाम चन्द्रगढीमा काङ्ग्रेसले आयोजना गरेको विरोध सभामा आलोचनाको केन्द्र बनेका हुन् । विपक्षी काङ्ग्रेसको शीर्ष तहका […]
झापा । नेपाल निजामति कर्मचारी संगठन झापाले स्वर्गीय प्रमोद तामाङ उत्कृष्ट सुशासन पत्रकारिता पुरस्कार यो वर्ष साझामञ्च डट कमका सम्पादक गोपाल काफ्लेलाई प्रदान गर्ने घोषणा गरेको छ । संगठनको मंगलबार बसेको कार्यसमितिको बैठकले सुशासन राष्ट्रसेवक पुरस्कार र सुशासन पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनोट गरेको हो । संगठनका अध्यक्ष केदार पोखरेलका अनुसार यसवर्ष उत्कृष्ट कर्मचारीका रुपमा […]