Sajhamanch Archive

संघीयता असफल पार्ने षड्यन्त्र सुरु भयो : मुख्यमन्त्री शाही

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संघीयता असफल पार्ने षड्यन्त्र सुरु भयो : मुख्यमन्त्री शाही.

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही शक्तिहरु नेपालमा संघीयता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । बिहीबार संवाद चौतारीले काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री शाहीले संघीयता नरुचाउने केही शक्तिहरु केन्द्र, प्रदेश र स्थानीय सरकारबवीच अधिकारको विवाद सल्काएर संघीयतालाई बदनाम बनाउँदै संघीयतानै असफल बनाउने दाउमा लागेको बताए । कम्युनिष्ट पार्टीलाई दुई तिहाई […]

गौरादहमा सम्झिइए शहीद सुवेदी र प्रधान

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गौरादहमा सम्झिइए शहीद सुवेदी र प्रधान.

गौरादह । तत्कालिन राज्य पक्षबाट गोली हानेर हत्या गरिएका अखिल क्रान्तिकारीका तत्कालिन झापा जिल्ला अध्यक्ष रमेश सुवेदी र उपाध्यक्ष विष्णु प्रधानको सम्झनामा आज गौरादहमा रक्तदान कार्यक्रमसहित श्रद्धाञ्जली सभा गरिएको छ । २०६१ साल मंसीर ६ गते साँझ ७ बजे सरकार पक्षले गोली दागेर गौरादहमा उनीहरुको हत्या गरेको थियो । तत्कालीन माओवादी जनयुद्धमा क्रियाशील सुवेदी र […]

बिर्तामोड नगरपालिका कार्यालय बिर्तामोड झापाको

Published: (Updated: ) in मुख्य समाचार, विज्ञापन, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिका कार्यालय बिर्तामोड झापाको.

विद्युतीय हाजिरी उपकरण (E-Attendance Device) र अन्य सामग्री खरिद सम्बन्धी शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना बिर्तामोड नगरपालिका अन्तर्गतका निम्न बमोजिमका सामग्री आवश्यक परेकोले इच्छुक व्यवसायी फर्म वा संस्थाले आफूले उपलब्ध गराउन सक्ने दरको न्यूनतम मूल्य निर्धारण गरी यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र तपशील बमोजिमका कागजातसहित यस बिर्तामोड नगरपालिका कार्यालयमा कार्यालय […]

बिर्ताबजारका १० जना कराँते खेलाडीहरुलाई निशुल्क गी प्रदान

Published: in खेलकुद, समाज by . Leave a Comment on बिर्ताबजारका १० जना कराँते खेलाडीहरुलाई निशुल्क गी प्रदान.

बिर्तामोड । नेपाल करातेँ महासंघ, महेन्द्र रत्न डोजो बिर्ताबजारमा अभ्यासरत अतिविपन्न परिवारका १० जना खेलाडीहरुलाई आज स्थानीय एक सामाजिक व्यक्तिले करातेँ ड्रेस (गी) प्रदान गरेका छन् । बिर्तामोड नगरपालिका वडा नं. ३ निवासी समाजसेवी, व्यवसायी तथा खेलप्र्रेमी वीरबहादुर तामाङ (बीरु)ले कराँते खेलाडीहरुका लागि प्रोत्साहनस्वरुप १० थान गी प्रदान गरेको प्रशिक्षक दुर्गाराज निरैलाले जानकारी दिएका हुन् […]

श्रीमानसँग झगडापछि आफ्नै घरमा आगजनी

Published: in समाज by . Leave a Comment on श्रीमानसँग झगडापछि आफ्नै घरमा आगजनी.

खोटाङ । खोटाङको रुपाकोट–मझुवागढी नगरपालिका–१० माखाममा एक महिलाले आफ्नै घरमा आगजनी गरेकी छन् । आगलागीबाट अन्दाजी १२ लाख ९१ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । दिउँसो करिब १ बजेको समयमा स्थानीय जितबहादुर तामाङकी पत्नी ३९ वर्षीया फुलमाया तामाङले श्रीमानसँग सामान्य वादविवाद हुँदा आगजनी गरेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको समयमा मादक […]

बिहीबार विदेशी मुद्राको भाउ स्थिर

Published: in अर्थतन्त्र by . Leave a Comment on बिहीबार विदेशी मुद्राको भाउ स्थिर.

काठमाडौं । बिहीबार रियाल, रिंगिट, दिर्हाम, कोरियन वन लगायतका विदेशी मुद्रा बुधबारकै मूल्यमा साट्न सकिनेछ । बिहीबार विदेशी मुद्राको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ […]

३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको सुरुङ निर्माणको काम सकियो

Published: in अर्थतन्त्र by . Leave a Comment on ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको सुरुङ निर्माणको काम सकियो.

लमजुङ  ।  ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको सुरुङ निर्माणको काम सकियो  लमजुङको मर्स्याङ्दी गाउँपालिका–६, बाहनुडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माणको काम सकिएको छ । काम सुरु भएको १६ महिनामा आयोजनाको झण्डै ४ किलोमिटर लामो सुरुङ निर्माणको काम सकिएको हो । यो आयोजना न्यादी हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित आयोजना […]

द्वन्द्व पीडितको पीडा घटेको छ : प्रचण्ड

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on द्वन्द्व पीडितको पीडा घटेको छ : प्रचण्ड.

चितवन । नेपाल कम्युनिष्ट पार्टी ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले बुधबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको बताउनुभयो । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितको अवस्था जस्ताको त्यस्तै रह्यो भन्ने प्रश्नमा […]

आफ्नै डेब्यु नायकसँग जुध्ने भयो ‘ए मेरो हजुर ३’

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on आफ्नै डेब्यु नायकसँग जुध्ने भयो ‘ए मेरो हजुर ३’.

काठमाडौं । नायिका झरना थापा यतिबेला चलचित्र ‘ए मेरो हजुर ३’ निर्माणमा व्यस्त छिन् । चलचित्रमा अभिनेता अनमोल केसी र झरनाकै छोरीसमेत रहेकी नायिका सुहाना थापाको जोडी बाँधिएको छ । सुहानाले यसै चलचित्रबाट चलचित्र नगरीमा प्रवेश गर्दैछिन् । चलचित्र चैत्र २९ गतेबाट नेपालभर प्रदर्शनमा आउने पक्का भइसकेको छ । चलचित्र ‘ए मेरो हजुर ३’ ले […]

श्रीमान मेरो भित्री पहिरन लगाएर यौनसम्बन्ध राख्न रुचाउनुहुन्छ

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on श्रीमान मेरो भित्री पहिरन लगाएर यौनसम्बन्ध राख्न रुचाउनुहुन्छ.

म २७ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको ५ वर्ष भयो । हाम्रो यौनसम्बन्ध सन्तोषजनक छ, । तर उहाँको व्यवहार अनौठो छ । महिलाको भित्री पहिरन लगाउन रुचाउनुहुन्छ । यसो किन गरेको भन्ने प्रश्नमा सजिलो लागेर भन्नुहुन्छ र हिजोआज यौनसम्पर्कका बेला पनि मेरा पहिरन लगाउनुहुन्छ । आजसम्म यो समस्या कसैलाई पनि भन्न सकेकी […]