काठमाडौं । पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको तीन वर्ष पुगेको छ । २०७२ फागुन २४ गते सभापतिमा निर्वाचित देउवाले तीन वर्षमा पार्टीलाई विधि र विधानअनुसार अघि बढाउन त सकेनन् नै असन्तुष्ट पक्षलाई साथ लिएर संगठन सञ्चालन गर्न पनि असफल देखिए । महाधिवेशन भएको दुई महिनाभित्र गठन […]
काठमाडौँ । सरकारले २५ अर्ब रुपैयाँमाथिका आयोजनामा निर्णयको सबै अधिकार प्रधानमन्त्रीलाई सुम्पिने व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ । ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ले प्रधानमन्त्रीलाई अयोजना कार्यान्वयनको सबै जिम्मेवारी दिएको छ । उर्जा, सडक जस्ता मुख्य भौतिक पूर्वाधार आयोजनाका अधिकांश परियोजना प्रधानमन्त्रीको मातहतमा जाने भएका छन् […]
काठमाडौँ। प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिमाथि निगरानी बढाउने र शान्तिपूर्ण भेला वा कार्यक्रम भए पनि पक्राउ गर्ने नीति लिएको छ । सरकारले चन्द समूहलाई प्रतिबन्ध लगाएपछि उसका सबै गतिविधि निस्तेज बनाउन प्रहरीले कारबाही अगाडि बढाउने भएको हो । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले शान्तिपूर्ण भेला हुन पाउने नागरिकको संवैधानिक हक भए पनि सरकारको नीतिअनुसार […]
काठमाडौं। नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठन नेपाल विद्यार्थी संघ यतिखेर केन्द्रीय समितिविहीन अवस्थामा छ । पटक पटक म्याद थप गर्दा समेत महाधिवेशन गर्न नसकेर देउवा निकट मानिएका अध्यक्ष नैनसिंह महरले गत महिना राजीनामा दिएपछि नेविसंघ झगडा प्रकरण पार्टी शीर्ष तहमा पुगेको हो । अब बन्ने तदर्थ समिति कस्तो र कसको पक्षकोे बनाउने भन्ने विवादले पार्टी […]
बोइङ ७३७ म्याक्सलाई भारत सरकारले प्रतिबन्ध लगाएको छ। भारत सरकारको नगर विमान मन्त्रालयले भारतीय हवाइ क्षेत्रमा बोइङ ७३७ लाई प्रवेशमा प्रतिबन्ध लगाएको हो। नगर विमान मन्त्रालयले सामाजिक संजाल ट्विटरमा लेखेको छ, आज साँझ ४ बजेपछि भारतीय हवाइ क्षेत्रमा कुनै पनि बोइङ ७३७ म्याक्स विमानलाई प्रवेश गर्न अनुमती दिइने छैन। भारतमा यसअघि नै यात्रुको सुरक्षाको लागि […]
काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । टिकापुर घटनाका सम्बन्धमा गिरिशचन्द्र लाल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो । बैठकलाई सम्बोधन गर्दै राजपा सांसद राजकिशोर यादवले टिकापुर घटनाको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने चेतावनी दिए । सभामुखको रुलिङपछि गृहमन्त्रीले […]
सप्तरी । सप्तरीमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ । उदयपुरबाट जनकपुर तिर्थयात्रामा आएको बस र झापाबाट सप्तरी तर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । को १ ख ४९३४ नम्बरको बसमा को ३४ प ६७२५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा झापाको […]
बलिउडका सबैभन्दा लोभलाग्दो जोडी मानिन्थ्यो, ऐश्वर्य राय र सलमान खानलाई । रुपरंगको कोणले होस् वा ‘नेम र फेम’को, दुबै पर्फेक्ट थिए । उनीहरुको प्रेम र रोमान्सले बलिउडलाई रोमान्टिक बनाइरह्यो । तर, समय बद्लियो । ऐश्वर्यले अभिषेक बच्चनलाई आफ्नो जीवनसाथी बनाइन् । उनीहरुको एक छोरी पनि छिन्, आराध्य । भनौं, ऐश्वर्य राय बच्चन कसैकी श्रीमती र […]
काठमाडौं । महानगरीय अपराध महाशाखाले नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले थापामगर र चेमजोङबीच विगत दुई–तीन वर्षदेखि चिनजान […]
चितवन।भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए । जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ […]