Sajhamanch Archive

विद्यार्थीको रहस्यमय मृत्यु, ब्रिटिस कलेजद्वारा अभिभावकमाथि दुर्व्यहार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विद्यार्थीको रहस्यमय मृत्यु, ब्रिटिस कलेजद्वारा अभिभावकमाथि दुर्व्यहार.

काठमाडौं। सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने बताएका छन् । उनले कलेजको लापरबाहीकै कारण छोराको निधन भएकाले कलेजले नै जिम्मेवारी लिनुपर्ने बताए । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले द ब्रिटिस कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत आफ्नो छोरा गौरव श्रेष्ठको यही फागुन […]

पानीजहाजमा ह्वेल माछासँग ठोक्कियो, ८० जना घाइते

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on पानीजहाजमा ह्वेल माछासँग ठोक्कियो, ८० जना घाइते.

काठमाडौं । जापानको एउटा पानीजहाज ह्वेल माछासँग ठोक्किँदा ८० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जापानको सादो आइसल्याण्डबट निकाटा जाँदै गरेको पानीजहाज ह्वेलसँग ठोकिएको हो । घटनाका कारण पानीजहाजको अघिल्लो भाग चर्किएको छ । उक्त पानीजहाजमा ४ जना चालक दलका सदस्यसहित १ सय २१ जना यात्रु रहेको बताइएको छ । घाइतेमध्ये १३ जनाको अवस्था […]

राष्ट्रपति भण्डारी आज न्यूयोर्क प्रस्थान गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति भण्डारी आज न्यूयोर्क प्रस्थान गर्दै.

काठमाडौं । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यु) को ६३ औं बैठकमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आज साँझ त्यसतर्फ जान लागेकी हुन् । राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फर्नान्डा इस्पिनोसा ग्रेससले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयकको उच्चस्तरीय बैठकलाई राष्ट्रपति […]

सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशनः चन्दलाई राजनीतिक व्यवहार नगर्नु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशनः चन्दलाई राजनीतिक व्यवहार नगर्नु.

सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन् । गोष्ठीमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार गृहमन्त्री थापाले संविधान र कानुन नमान्ने व्यक्ति वा समूहलाई राजनीतिक शक्तिका रुपमा […]

भयावह राजधानीः बासिन्दा प्रदूषणले निम्त्याएका घातक परिणामको सिकार बन्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भयावह राजधानीः बासिन्दा प्रदूषणले निम्त्याएका घातक परिणामको सिकार बन्दै.

काठमाडौं । घाम लागे धुलो, पानी परे हिलो १ राजधानीको सडकको अवस्था हो यो । काठमाडौं उपत्यकाको समग्र वातावरणको व्याख्या जति लामो छ उति भयावह पनि । संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर राजधानी वायु प्रदूषणले आक्रान्त बन्दै गइरहेको छ । यहाँका बासिन्दा त्यही प्रदूषणले निम्त्याएका घातक परिणामको सिकार […]

बिहार सरकारको विरोधपछि मोदीले बुझेनन् इपिजी प्रतिवेदन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बिहार सरकारको विरोधपछि मोदीले बुझेनन् इपिजी प्रतिवेदन.

नयाँ दिल्ली । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले तयार गरेको प्रतिवेदनमा भारतको बिहार राज्य सरकारले केन्द्र सरकारसँग असहमति राखेको छ । इपिजी प्रतिवेदनमा उल्लेख खुला सिमाना कायम गर्ने, तर सीमा वारपार गर्दा दुवै देशका जनताले परिचयपत्र देखाउनुपर्ने व्यवस्थाप्रति बिहारले आपत्ति जनाएको हो । दिल्लीस्थित उच्च कूटनीतिक स्रोतका अनुसार बिहारको यही असन्तुष्टिले आसन्न चुनावमा प्रभाव पार्ने […]

१४ करोडका कारगेड बाइक किन्दै सरकारः राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on १४ करोडका कारगेड बाइक किन्दै सरकारः राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड.

काठमाडौं ।सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो । त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन् । राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब […]

‘आश्चर्यजनक’ राजनीतिक सहमतिः अब के गर्लान् सीके ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘आश्चर्यजनक’ राजनीतिक सहमतिः अब के गर्लान् सीके ?.

काठमाडौँ । सरकारसँग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मधेसतर्फ लागेका छन् । सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिना जेल बसाइबाट रिहा भएका थिए । सरकारले शुक्रबार उनीसँग ‘आश्चर्यजनक’ रुपमा राजनीतिक सहमति गरेको थियो । सहमतिको भोलिपल्टै उनी आफ्नो मागमा सरकार सहमत भएको भन्दै मधेस […]

समितिमा नयाँ नजिरः अन्सारी स्वतः अनुमोदित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on समितिमा नयाँ नजिरः अन्सारी स्वतः अनुमोदित.

काठमाडौँ । संसदीय सुनुवाइ समिति अनिर्णित हुँदा राष्ट्रिय मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारी स्वतः अनुमोदित हुनुभएको छ । सुनुवाइका लागि समितिमा पत्राचार भएको ४५ दिनभित्र कुनै निर्णय हुन नसके नियुक्तिमा बाधा नपर्ने सङ्घीय संसद्को संयुक्त बैठक र समिति सञ्चालन नियमावलीको व्यवस्था अनुसार अन्सारीबारे अब समितिले कुनै निर्णय गर्ने छैन । समितिमा पत्राचार भएको […]

दुई व्यक्तिलाई एउटै भनी ‘रहस्यमय’ आदेश जारीः महिलाको आधा अंश खोसियो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on दुई व्यक्तिलाई एउटै भनी ‘रहस्यमय’ आदेश जारीः महिलाको आधा अंश खोसियो.

काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दुई फरक व्यक्तिलाई एउटै व्यक्ति भनी आदेश गरेको भेटिएको छ । न्यायाधीशहरू कुमारप्रसाद पोखरेल र गोकर्ण डाँगीको इजलासले फरक–फरक व्यक्ति रहेका नन्दकुमारी थापा र रनकुमारी थापालाई एउटै व्यक्ति भनी किटानी गरिदिएको हो । अंशसम्बन्धी विवादको मुद्दामा गरिएको आदेशका कारण पतिबाट अंश नपाएर पीडित बनेकी एक महिलाको आधा अंश […]