Sajhamanch Archive

मालपोतका अधिकृतसहित ६ जना घुससहित पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मालपोतका अधिकृतसहित ६ जना घुससहित पक्राउ.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले घुससहित मालपोत कार्यालयका कर्मचारीहरुलाई पक्राउ गरेको छ । मंगलबार राति आयोगको टोलीले गरेको विशेष अपरेशनमा घुससहित मालपोत अधिकृत रघुवंश कणेलसहित ६ जना पक्राउ परेका हुन् । यसबारे अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले पनि पुष्टि गरेका छन् । उनले भने, ‘केही पक्राउ परेका छन् तर, विस्तृत विवरण आइसकेको छैन ।’ […]

पाँचथरमा कुवेतबाट आएकी युवतीमा कोरोना पोजेटिभ

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पाँचथरमा कुवेतबाट आएकी युवतीमा कोरोना पोजेटिभ.

पाँचथर । पाँचथरको फिदिममा क्वारेन्टिनमा बसेकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । पाँचथर बहुमुखी […]

सर्वोच्चले भन्यो – विदेशमा अलपत्र कामदारलाई सरकारी कोषकै रकमले फर्काऊ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सर्वोच्चले भन्यो – विदेशमा अलपत्र कामदारलाई सरकारी कोषकै रकमले फर्काऊ.

काठमाडौं । सर्वोच्च अदालतले रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न आदेश दिएको छ । न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगारी कल्याणकारी कोषमा रकम योगदान गरेको हुनाले उनीहरुलाई अप्ठेरो परेका बेला सोही कोषको रकम खर्च गरेर उद्धार गर्न आदेश दिएको […]

टेम्पो चालकको कोरोना बिमा

Published: in समाज by . Leave a Comment on टेम्पो चालकको कोरोना बिमा.

असार २ । बिर्तामोड । पूर्वेली मजदुर यातायात झापाले आफ्ना सदस्यहरुको कोरोना बिमा गरिदिएको छ । बिर्तामोडमा रहेका ५८ जना टेम्पो चालकको निः शुल्क बिमा गरिएको सचिव गणेश कोइरालाले बताए । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जोखिमलाई न्युनीकरण गर्न बिमा गरिएको हो । लकडाउन भएपश्चात रिक्सा, टेम्पो लगायतका सवारी साधन थन्किएका छन । मजदुरहरु समस्यामा […]

काम गर्ने क्रममा खुट्टा नकमाउन मन्त्री अर्यालको आग्रह

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on काम गर्ने क्रममा खुट्टा नकमाउन मन्त्री अर्यालको आग्रह.

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका  पदाधिकारीसँग छलफल गरेकी छन् । आज भएको छलफलमा मन्त्री अर्यालले आयोगका पदाधिकारीहरुलाई काम गर्ने क्रममा खुट्टा नकमाउन आग्रह गर्दै निश्चिन्त भएर काम गर्न आग्रह गरिन् । उनले समयको महत्व बुझेर काम गर्न आग्रह गर्दै बढी […]

रक्सी नपाएर मान्छेलाई टोक्ने बाँदरलाई आजीवन जेल सजाय

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on रक्सी नपाएर मान्छेलाई टोक्ने बाँदरलाई आजीवन जेल सजाय.

एजेन्सी । बाँदरलाई जन्मकैद दिइएको कहिल्यै सुन्नुभएको छ ? हो, छिमेकी भारतमा यस्तै भएको छ । कानपुर चिढियाघरमा त्यस्तो बाँदर छ, जो आजीवन जेलमा बस्नेछ । कालुवा नामको यस बाँदर मिर्जापुर जिल्लाको रैथाने हो । उसले मिर्जापुरमा टोकेका २ सय ५० व्यक्तिमध्ये एकजनाको मृत्यु भइसकेको छ । रिपोर्टअनुसार स्थानीय एक जड्याहाले यो बाँदरलाई पालेका थिए […]

थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो.

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। मंगलबार ३८० थपिएसँगै संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३८० संक्रमित थपिएको जानकारी दिए। हालसम्म कोरोना संक्रमण देखिएका १९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ […]

धानको समर्थन मूल्य मन्त्रिपरिषद‍्मा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धानको समर्थन मूल्य मन्त्रिपरिषद‍्मा.

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले धानको न्यूनतम मूल्य मन्त्रिपरिषद्‍मा पेश गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा धानको सर्मथन मूल्य मन्त्रिपरिषद‍्मा पेश गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष ०७७/७८ का लागि मोटा धान प्रतिक्विन्टल २७ सय ३५ र मध्यम २८ सय ८५ रुपैयाँ मूल्य मन्त्रिपरिषद‍्मा पेस […]

मोरङमा जबरजस्ती करणीको आरोपमा एक पक्राउ, स्थानीयद्धारा प्रर्दशन

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मोरङमा जबरजस्ती करणीको आरोपमा एक पक्राउ, स्थानीयद्धारा प्रर्दशन.

मोरङ । मोरङको बेलबारी ३ का एक ब्यत्ति जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन । बेलबारी ३ का ३९ वर्षिय मिलन भनिने बलबहादुर राइलार्ई स्थानीय एक युवतीलाई करणी गरेको आरोपमा पक्राउ गरेको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर ऋषिराज ढकालले जानकारी दिएका छन । सोमबार स्थानीय २५ बर्षिया युवतीले जाहेरी दिएपछि ती ब्यत्तिलाइ पक्राउ गरिएको र […]

बजेटको विरोधमा सांसदले गरे संसदमै १० सेकेण्ड मौनधारण

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बजेटको विरोधमा सांसदले गरे संसदमै १० सेकेण्ड मौनधारण.

काठमाडौं । राष्ट्रिय जनता पार्टीका राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुलाई पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने भन्दै सिंहले विरोध स्वरुप दश सेकेन्ड मौनधारण गरेका हुन् । बैठक सञ्चालन गरिरहेकी राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले […]