Sajhamanch Archive

लकडाउन खुकुलो बनेपछि आयात दोब्बर, जेठसम्म १० खर्बको व्यापार घाटा

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on लकडाउन खुकुलो बनेपछि आयात दोब्बर, जेठसम्म १० खर्बको व्यापार घाटा.

काठमाडौं । नेपालको व्यापार घाटा १० खर्ब नाघेको छ । चालू आर्थिक वर्षको जेठ महिनासम्म नेपालको व्यापार घाटा १० खर्ब १२ अर्ब रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ ।यो व्यापार घाटा अघिल्लो वर्षको सोही समयमा १२ खर्ब ११ अर्ब रुपैयाँ थियो । यो वर्षको जेठसम्म व्यापार घाटा १६ प्रतिशतले घटेर सो सीमामा झरेको हो । […]

सुनको भाउ हालसम्मकै उच्च

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on सुनको भाउ हालसम्मकै उच्च.

काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सुन तोलाकै ९१ हजार ३ सय रुपैयाँ पर्ने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ३ सय कायम गरेको छ । यो हालसम्मकै उच्च मूल्य हो । गत शुक्रबारको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेको हो । […]

शिवसताक्षी नगरपालिकाद्वारा १ अर्ब १ करोड बढीको बजेट सार्वजनिक, कृषि र स्वास्थ्यलाई प्राथमिकता

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकाद्वारा १ अर्ब १ करोड बढीको बजेट सार्वजनिक, कृषि र स्वास्थ्यलाई प्राथमिकता.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आर्थिक बर्ष २०७७।७८ का लागी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार छैटौ नगरसभामा १ अर्ब १ करोड ७५ लाख ६५ हजारको बजेट सार्वजनिक गरेको हो । नगरले कृषि स्वास्थ्य क्षेत्रलाई प्राथमिक्तामा राख्दै आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नगरपालिकाको कार्यालय ब्याङ्डाँडामा आयोजित नगरसभामा उपप्रमुख भोजकुमारी […]

बिर्तामोडको बजेट एक अर्ब १५ करोड ४ लाख ८८ हजार

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on बिर्तामोडको बजेट एक अर्ब १५ करोड ४ लाख ८८ हजार.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को बजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख पबित्रा महतरा प्रसाईंले पाचौं नगरसभामा आज एक अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँको अनुमानित आय व्ययको बजेट सार्वजनिक गरेकी हुन् । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा सुरु भएको पाँचौं नगरसभामा शिक्षा, स्वास्थ, कृषि तथा मेयर पकेट […]

सुनको मूल्य ९० हजार नाघ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on सुनको मूल्य ९० हजार नाघ्यो.

काठमाडौं । सुनको मूल्य ९० हजारभन्दा माथि पुगेको छ । सुनचाँदी व्यवसायी महासंघले सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९१ हजारमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ५ […]

नेउवा महासंघको निर्वाचन साउन २५ र २६ मा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेउवा महासंघको निर्वाचन साउन २५ र २६ मा.

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा आगामी साउन २५ र २६ गते हुने भएको छ । पदाधिकारी बैठकले आइतबार उक्त निर्णय गरेको महासंघका अध्यक्ष भवानी राणाले जानकारी दिएकी हुन् । ‘यो निर्णयलाई कार्यसमिति बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘त्यसका लागि सोमबार बैठक राखिएको छ ।’ चैत २८ र २९ मा महासंघको साधारणसभा गर्ने […]

इलामका किसान हरियो चियापत्तीको मूल्य लिन आन्दोलन गर्दै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on इलामका किसान हरियो चियापत्तीको मूल्य लिन आन्दोलन गर्दै.

इलाम । यहाँस्थित सूर्योदय नगरपालिकाका चिया किसान यतिबेला आन्दोलित छन् । नगरपालिकाले निर्धारण गरेको हरियो पत्तीको न्यूनतम समर्थन मूल्य प्रति केजी ४० रुपैयाँलाई उद्योगीले नटेरेपछि चिया किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बहाना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्ड अनुसार पनि लागत नदिएको भन्दै किसान आन्दोलित बनेका हुन् । उद्योगले […]

मेची भन्सारलाई २ अर्बभन्दा बढी राजस्व घाटा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on मेची भन्सारलाई २ अर्बभन्दा बढी राजस्व घाटा.

झापा । लकडाउनका कारण मेची भन्सार कार्यालयलाई २ अर्बभन्दा बढी राजस्व नोक्सान भएको छ। लकडाउनमा भन्सार कार्यालयले करिब १ अर्ब राजस्व संकलन गरेको छ। चैत महिनामा ४७ करोड, वैशाखमा ७ करोड र जेठ महिनामा ४४ करोड राजस्व संकलन गरेको मेची भन्सार कार्यालयले जनाएको छ। चैतदेखि जेठसम्म मेची भन्सार कार्यालयले ३ अर्ब २४ करोड ४७ लाख […]

प्रदेश १ को आर्थिक विधेयक पारित

Published: in अर्थतन्त्र, प्रदेश तह by . Leave a Comment on प्रदेश १ को आर्थिक विधेयक पारित.

विराटनगर । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले संसदमा दर्ता गराएको आर्थिक विधेयक पारित भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयनका लागि ल्याएको विधयेक शुक्रबारको बैठकले पारित गरेको हो । विधयेकमाथि सांसदहरूले तीन दिनसम्म छलफल गरेका थिए । शुक्रबारको छलफलमा सांसद मोहन खड्काले संशोधन नै नहुने विधयेकमाथि छलफल गर्नुुको कुनै औचित्य […]

घर भाडा छुट दिन होटल व्यवसायी संघ झापाको माग

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on घर भाडा छुट दिन होटल व्यवसायी संघ झापाको माग.

बिर्तामोड । होटल व्यवसायी संघ झापाले कोरोना भाइरसको त्रासका कारण होटल व्यवसाय कमजोर र धरासायी भएको जनाएको छ । संघले लकडाउन अवधिभरको घर भाडा छुट दिने व्यवस्था मिलाई दिन झापाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ । ‘लकडाउन अवधिको भाडा पूर्ण छुट हुनु पर्ने र छ महिनासम्म ५० प्रतिशत भाडा मात्रै तिर्ने व्यवस्था मिलाइदिन स्थानीय सरकारलाई […]