बिर्तामोड । लक डाउनका बीच व्यापार व्यवसाय सहज बनाउने विषयमा बिर्तामोड नगरपालिकाले गठन गरेको कार्यदलले सोमबार प्रतिवेदन बुझाएको छ । नगरपालिका कार्यालय पुगेर कार्यदलले उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई प्रतिवेदन बुझाएको हो । बिर्तामोड नगरपालिकाले उद्योग व्यवसाय सञ्चालन गर्दा हुने समस्या तथा कठिनाई र समाधानका उपाय पहिल्याउने गरी वडा नम्वर ५ का अध्यक्ष राजेन्द्रकुमार लिङदेनको संयोजकत्वमा […]
शिवसताक्षी । यहाँस्थित सतासी महिला मौरीपालन सहकारी संस्थाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत प्राप्त मौरी ब्लक अनुदान र संस्थाको समान सहभागितामा करिब ५० लाख रुपैयाँको सामग्री आज वितरण गरिएको छ । प्रदेश १ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मागरले विशेष समारोहका बीच संस्थाका ७ जना मौरीपालक युवा महिला किसानलाई हस्तान्तरण गरिदिएका […]
झापा । जारी लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएपछि झापाका सबै बजार खुलाउन कोरोना भाइरस संक्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति, उद्योग वाणिज्य संघका प्रतिनिधि र व्यवसायीबीच आज भद्रपुरमा छलफल भएको छ । जिल्ला समन्वय समिति झापाको सभाहलमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, जिल्लाका उद्योग वाणिज्य […]
झापा । झापाको मेचीनगर–१२ धाइजनमा उद्योग रहेको ऋतिका डेरी उद्योगबाट उत्पादित पञ्चामृत दूधमा कैफियत देखिएको छ । झापा लगायत मोरङ र सुनसरी जिल्लाका उपभोक्ता सम्म पुग्ने दूधमा कैफियत देखिएको उपभोक्ताले बताएका छन् । उपभोक्ताको गुनासो आएपछि जिल्लाको शिवसताक्षी नगरमा शुक्रबार गरिएको अनुगमनमा उक्त उद्योगबाट उत्पादित पञ्चामृत नामको दूधमा समस्यै समस्या देखिएको हो । उद्योगबाट उत्पादित […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको मेयर पकेट प्याकेज ग्रामीण बंगुरपालन कार्यक्रम अन्तरगत आज वडा नं. २ का किसानलाई बंगुरका पाठा प्रदान गरिएको छ । सन्देश महिला बंगुरपालन समूह वडा नं ६ बाट प्राप्त बंगुरका पाठा वडा नं २ स्थित सोमबारे अगुवा बंगुरपालन समूहलाई प्रदान गरिएको हो । २०७५ सालमा नगरपालिकाले सन्देश महिला बंगुरपालन समूहका […]
झापा । होटल ब्यवसायी संघ झापाले राहतको व्याकेज घोषणा गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई जिल्ला प्रशासन कार्यालय झापामार्फत ज्ञापनपत्र बुझाएको छ । संघले होटल व्यसायमा लकडाउनका कारण ठूलो असर परेको अवगत गराउँदै प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरमार्फत मुख्यमन्त्री राईलाई मंगलबार राहत प्याकेज घोषणा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । संघका […]
काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । असार अन्तिम सातासम्ममा सार्वजनिक गर्ने गरी मौद्रिक नीति ल्याउन राष्ट्रबैंकले तयारी गरेको हो । सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको गृहकार्य शुरु गरिएको राष्ट्र बैंकका प्रवक्ता तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टले बताए । […]
अर्घाखाँची । अर्घाखाँचीमा आइतबार छिमेकी जिल्ला कपिलवस्तुबाट लगिएको हरियो तरकारी नष्ट गरिएको छ । कोरोनाबाट अति प्रभावित जिल्ला कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा न. १ बाट अर्घाखाँचीका किशोर बाँनियाले आलू र प्याजसँगै करिव ५० हजार बराबरको हरियो तरकारी सन्धिखर्क लगेका थिए । अर्घाखाँचीमा जिल्ला प्रशासनले सर्वदलीय बैठकबाट हरियो तरकारी अन्य जिल्लाबाट नलैजाने निति अनुसार प्रहरीले फोहोर […]
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यमान परिस्थितिलाई ध्यानमा राखेर नै बजेटको आकार घटाइएको बताएका छन् । बजेटबारे जानकारी दिन आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले अहिले जनताको जीवनरक्षा नै प्राथमिक विषय रहेकको भन्दै यो बजेटले आगामी वर्षका लागि शक्ति सञ्चयको काम गर्ने बताए । ‘दुई फड्को अघि मार्न दुई पाइला पछि हट्नुपर्छ,’ अर्थमन्त्री […]
काठमाडौं । सत्तारुढ र विपक्षी दलले सरकारको आगामी आर्थिक वर्षको बजेट सकारात्मक तर, लक्ष्य पूरा गर्नु चुनौतीपूर्ण भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला आएको बजेट उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘आवश्यकतालाई […]