Sajhamanch Archive

रेलमार्ग अध्ययनका लागि १७ अर्ब माग

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on रेलमार्ग अध्ययनका लागि १७ अर्ब माग.

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट निकासा गर्न सरकारसँग माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले चीन सरकारको सहयोगमा प्रि फिजिबिलिटी अध्ययन सम्पन्न गरेको सो रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट आवश्यक रहेको बताए । सोमबार संघीय संसदको […]

चैत ९–१० गते अलैंची व्यवसायीले चिसो हिले तताउने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on चैत ९–१० गते अलैंची व्यवसायीले चिसो हिले तताउने.

झापा । नेपाल अलैंची व्यवसायी महासंघको छैटौँ साधारणसभा तथा तेस्रो महाधिवेशन यही चैत ९ र १० गते धनकुटाको हिलेमा आयोजना गरिने भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा उद्घाटन गरिने महाधिवेशनमा केन्द्र तथा जिल्लाका २०० जनाभन्दा बढी अलैंची व्यवसायीहरुको सहभागिता रहने छ । महाधिवेशनको तयारी बारे जानकारी गराउन आज बिर्तामोडमा आयाजित […]

केर्खाको सुदिन ट्रेडर्समा आगजनी, अढाई लाखको क्षति

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on केर्खाको सुदिन ट्रेडर्समा आगजनी, अढाई लाखको क्षति.

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खा बजारमा रहेको सुदिन ट्रेडर्स एण्ड सप्लायर्समा गएराति आगजनी भएको छ । सो पसलले बिक्रीका लागि स्टोर गरेको पोलिथिन निर्मित ट्याङ्कीमा आगजनी गरिँदा लाखौं मूल्य बराबरको क्षति भएको हो । आगलागीबाट हजार लिटर क्षमताका १५ वटा र ५०० लिटर क्षमताका ३ वटा टेंक नष्ट भएको जनाइएको छ […]

बोइङ–७३७ म्याक्स अब विश्वभर नउड्ने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on बोइङ–७३७ म्याक्स अब विश्वभर नउड्ने.

काठमाडौं । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलको सबै जहाजको उडानमा रोक लगाएको छ । अब अर्को निर्णय नभएसम्म ३७१ वटा बोइङ ७३७ म्याक्स विमान उड्ने छैनन् । आइतबार इथियोपियनको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स विमान दुर्घटना भएको थियो, जसमा १५७ जनाको मृत्यु भएको छ । […]

अवैध काठसहित पिकअप र मोटरसाइकल प्रहरी नियन्त्रणमा

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अवैध काठसहित पिकअप र मोटरसाइकल प्रहरी नियन्त्रणमा.

बुद्धशान्ति । अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सीमानामा पर्ने बिरिङ खोलाबाट गएराति इलाका प्रहरी कार्यालय बुधबारेको गस्ती टोलीले करिब २९ दशमलव ९२ क्यूविक फिट सखुवा जातको गोलिया काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी नायव निरीक्षक कृष्ण हुमागाईको नेतृत्वमा गएको गस्ती टोलीले राति १२ बजेतिर उक्त गोलिया काठसहित प्रयोगमा रहेको बा १३ […]

बिर्तामोडमा भोलिदेखि ब्रदरको निःशुल्क सर्भिस क्याम्प

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोडमा भोलिदेखि ब्रदरको निःशुल्क सर्भिस क्याम्प.

बिर्तामोड । यहाँस्थित क्वालिटी कम्प्युटरको प्राङ्गणमा फागुन २४ र २५ गते ब्रदर कम्पनीका प्रिन्टर, फोटोकपी, स्क्यानर, फ्याक्स, लेवलिङ मेसिनहरुको निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरिने भएको छ । ब्रदर कम्पनीको रिजनल डिस्ट्रीब्युटर बिर्तामोडको क्वालिटी कम्प्युटरले नेपालका लागि ब्रदर कम्पनीको एकमात्र आधिकारिक बिक्रेता सागर डिस्ट्रीब्युसन प्रालिसँगको सहकार्यमा निःशुल्क सेवा प्रदान गर्न लागेको हो । क्वालिटी कम्प्युटरका तर्फबाट […]

माथिल्लो चमेलियाको पिपिए गरियो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on माथिल्लो चमेलियाको पिपिए गरियो.

झापा । नेपाल विद्युत प्राधिकरण र अपिपावर कम्पनी लिमिटेडबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गरेका छन् । प्रदेश ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका अपर […]

कृषिमा निर्भर जनसंख्या घटाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

Published: in अर्थतन्त्र, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कृषिमा निर्भर जनसंख्या घटाउनुपर्नेमा प्रधानमन्त्रीको जोड.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने आवश्यकता औंल्याएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज आयोजना गरेको वर्तमान अवस्था र भावी सोच विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले देशको दुई तिहाई जनसंख्या कृषि कर्ममा भए पनि त्यस अनुसारको […]

सहकारी अभियानमा खुशीको खबरः ऐनअनुसार बल्ल घट्यो आयकर

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारी अभियानमा खुशीको खबरः ऐनअनुसार बल्ल घट्यो आयकर.

काठमाडौं । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसदका दुवै सदनबाट पारित भएपछि सहकारीलाई लाग्दै आएको आयकर घटेको छ । पारित विधेयकले आयकर ऐन, २०५८ मा संशोधन गरी सहकारी संघ–संस्थाले तिर्नुपर्ने आयकरमा छुटको व्यवस्था गरेको हो । ऐनको अनुसूची १ को दफा २ को (क) को ३ लाई संशोधन गरी सहकारी संघ–संस्थालाई साविकमा […]

दुवईको प्रदर्शनीः नेपाली स्टलमा आकर्षण

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on दुवईको प्रदर्शनीः नेपाली स्टलमा आकर्षण.

युएई । दुवईमा भइरहेको गल्फ फुड प्रर्दशनी (खाडी खाद्य ।। खाना प्रर्दशनी)मा नेपाली उत्पादनप्रति विभिन्न मुलुकका अवलोकनकर्ता आकषिर्त भएका छन् । नेपालमा उत्पादन हुने मध्येका पाँच सामग्री चिया, अलैँची, अदुवा, कफी र खानेपानी प्रदर्शनीमा राखिएको छ । ती नेपाली सामग्रीमा विभिन्न मुलुकका अवलोकनकर्ता आकषिर्त देखिएका हुन् । साउदी अरब, वहराइन, ओमन, भियतनामलगायतका राष्ट्रका अवलोकनकर्ताले नेपाली […]